www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

मौलिक ज्ञानको प्रयोग र यसको महत्व (Use of the Indigenous Knowledge and Its Importance)

प्रेमचन्द्र किराती
            सभ्यताको विकाससँगै परम्परादेखि प्रयोग हुदै, विश्वास गरिदै आइएको ज्ञान तथा सिपलाई मौलिक ज्ञान भनिन्छ । यसले ज्ञानका सबै क्षेत्रहरुलाई समेट्दछ – बौदिक ज्ञान, प्रविधिक ज्ञान, पर्यावरणीय ज्ञान र स्वास्थ्य सम्बन्धि ज्ञान आदि । कुनैपनि समुदायलाई दिगो जीवनयापन गर्ने वातावरण सृजना गर्न मौलिक ज्ञानले निकै ठूलो महत्व राख्दछ । यो मानिसको मस्तिष्क र क्रियाकलापमा संग्रहित भएर रहेको हुन्छ । कथा, गीत, दन्त्य कथा, कथन, नृत्य, किम्बदन्ति, सांस्कृतिक मुल्य–मान्यता, संस्कार, प्रथा, सामुदायिक कानुन, स्थानीय भाषा, कृषि प्रणाली र औजार, विरुवाका प्रजातिहरु तथा जिवात्मा अनुवंश मार्फत मौलिक ज्ञान ब्यक्त भइरहेको हुन्छ । यो मौखिक रुपमा एक पुस्तादेखि अर्काे पुस्तामा हस्तान्तरण हुदै आइरहेको हुन्छ ।

मौलिक ज्ञानमा आधारित प्रविधिहरु
           खनजोतगरि मौसम अनुसारको अन्नबालि लगाउनु । राम्रा फसलका लागि त्यसलाई उपयुक्त पानी, मलजल, गोडमेल गर्नु । फसल पाकेपछि सुरक्षित ठाउँमा भिœयाउनु । त्यसलाई उचित तरिकाले प्रशोधन गरि आवश्यकता अनुसार प्रयोग गर्नु आदि ज्ञान तथा सिपहरु हामीले हाम्रा पुर्वजबाट सिकेका मौलिक ज्ञानहरु हुन् । धान र कोदो भकारीमा, मकैलाई थाक्रा र आलुलाई हावासिलो कोठा वा कुनामा राख्ने । मुलाको सिन्की, सागको गुन्द्रुक, भटमासको मस्यौरा र किनामा र स्कुसको भुजुरी बनाउने ज्ञान–प्रविधिहरु आज पनि कम महत्वको छैन । बाँझो जमिनलाई उर्बर बनाउने हलो, त्यसमा जुवा, जोतारो, हलुड, हरिस, सैला, फालि, ठेंडि जस्ता आदिम प्रविधि अहिलेसम्म पनि उतिकै प्रभावकारी मानिन्छन् । कुटो, कोदालो, दाँते, प्mयाउरी आदि त झनै कृषि प्रधान देशको मुख्य कृषि औजार नै बनेको छ ।
           अन्नबालीलाई चराचुरु∙ी तथा जिवजन्तुबाट जोगाउन विभिन्न आकारको त्रास देखाउने विम्बहरुको प्रयोग । ति अन्नहरुलाई मुसाबाट जोगाइ राख्न प्रयोग गरिने विभिन्न प्रविधि । दुम्सि, श्याँल, बाघ, भालु जस्ता जनावरहरुलाई थापिने पासो तथा धराप । चरा समात्न प्रयोग गरिने लिसो तथा पासो । घर, गोठ तथा बालीनाली सुरक्षार्थ बारिने बार, बार बार्न निकालिने लहरा र लोक्ताको पहिचान आदि प्राविधिक ज्ञान अहिलेको अत्यधुनिक प्रविधि भन्दा कम प्रभावकारी छैन । माछा मार्न प्रयोग हुने प्रविधिहरु – ढडिया, जाल, बल्छि, थकौली, फन्दा, विष, दुवाली फर्काउनु जस्ता ज्ञान–सिपहरु । माछा पाउने कुरको पहिचान, मौसम अनुसारको माछा मार्ने प्रविधिको निर्माण गर्ने ज्ञान । डुङ्गा निर्माण गर्ने, खियाउने ज्ञान–सिपहरु । पानी बोक्न र संचय गर्न बाँसको ढुङ्ग्रो, चिण्डो, माटोको भाडा, काठको सामग्री, अहल आदि त्यही मौलिक ज्ञान कै प्रतिरुप हो ।
            अल्लो (सिस्नोको प्रजाती) र सनपातका कपडा उत्पादन गर्ने ज्ञान–सिप । डांठमा रेशा तयार भएको समयको पहिचान वा पूmलबाट भुवा निस्कने समयको पहिचान, डांठबाट लोक्ता निकाल्ने सिप, निकालिएको लोक्ता प्रशोधन गर्ने सिप, प्रशोधित लोक्ताबाट धागो कात्ने सिप वा भुवाबाट धागो कात्ने सिप, धागोलाई विभिन्न र∙ लगाउने, धागोबाट विभिन्न सामग्रीहरु बनाउने ज्ञान–सिपहरु । तान बनाउने, बुन्ने, धागो मिलाउने अनि आवश्यकता अनुसारका कपडाहरु तयार पार्ने प्राविधिक ज्ञान–सिपहरु अहिले पनि उतिकै महत्वपूर्ण छन् ।
            विभिन्न प्रजातिका बाँस तथा मालिंगोबाट चोया काड्ने ज्ञान–सिप । चोयाबाट महुला, डोको, दाम्लो, डोरी, थुन्छे, भकारी, घुम, खकन बुन्ने ज्ञान–सिप । लोक्ताबाट हाते कागज बनाउने ज्ञान–सिप । तोरी, फिलु∙े, घाराघुरी तथा अन्य बनस्पतिको तेल निकाल्ने प्रविधिक ज्ञान–सिप । उक्त बस्तुहरु बनाउन÷उत्पादन गर्न आवश्यक प्रविधि निर्माण गर्ने मौलिक ज्ञान–सिप हाम्रो जनजीवनमा निकै ठूलो महत्व राख्दछ ।
             विभिन्न प्रकारका काठहरु फरक फरक उद्धेश्यका लागि प्रयोग हुने ज्ञान । कडा काठको घोचा, दलिन, डाँडाभाटा, थाक्रो, लिस्नो, ढिकी, ओख्लि, मुस्लि, हलो, जुवा, हरिस, तोक्मा, मदानी आदि बनाउने । कमसल, नफुट्ने काठहरुको ठेकी, हर्पे, कठुवा आदि बनाउने ज्ञान–सिप । रातो माटो घर लिप्न, र∙ाउनमा प्रयोग, कमिरे र कालो माटो घर र∙ाउन, पांगो लस्सादार माटोको हाँडी, भाँडा साथै विभिन्न प्रकारका सामग्रीहरु बनाउन प्रयोग हुने ज्ञान–सिप तथा प्रविधिहरु महत्वपूर्ण मौलिक ज्ञान–सिप र प्रविधिहरु हुन् ।
आदिवासी समुदायमा विभिन्न मौलिक विश्वास पद्धतिहरु रहिआएको पाइन्छन् । समाजशास्त्रीय दृष्टिले ति विश्वास पद्धतिहरु निकै महत्वपूर्ण रहेको पाइन्छन् । उदाहरणको लागि – आदिवासी किराती समुदायमा कुसेऔसी भन्दा अगाडि पिडालु खान मिल्दैन, खायो भने मस्तिष्कले राम्ररी काम नगर्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिसँग दुई वैज्ञानिक कारण लुकेको सहजै देखिन्छ । एउटा कारण कुसेऔसी भन्दा अगाडि पिडालु परिपक्क भएको हुदैन, अपरिपक्क पिडालु खादा छिट्टै सकिने सम्भावना हुन्छ । र दोस्रो कारण अपरिपक्क पिडालुमा शरीरलाई आवश्यक सबै भिटामिनहरु विकास भैसकेको हुदैन । जसको सेवनले मस्तिष्कमा असर पार्न सक्छ ।
             बैशाखे पुर्णिमापछि भटमास खान नहुने, खायो भने छालामा घाउ आउने विश्वास गरिन्छ । यसको वैज्ञानिक कारण – भटमास छर्ने मौसम बैशाखे पुर्णिमा पछि सुरु हुन्छ । भटमास खाइ नै रह्यो भने संचित विउ समेत रित्तिने सम्भावना हुन्छ र त्यसपछिको मौसममा भटमास खादा वातावरण प्रतिकुल भै छालामा घाउहरु आउने गर्दछ । न्वागी नगरी अन्नबाली खान नमिल्ने, खायो भने मुख बा∙िने विश्वास छ । न्वागी गर्नुको एउटा अर्थ हुन्छ अन्नवालीप्रतिको सम्मान, सदभाव, माया, प्रेमभाव प्रकट, जहाँ मानव प्राण जोगाइ राख्ने शक्ति हुन्छ । न्वागी नगरी अन्नबाली खादा त्यसबाट छाडापनले प्रस्रय पाउने र पुर्ण रुपमा अन्नबाली नपाकी नै रित्तिने सम्भावना साथै अपरिपक्व अन्नबालीमा आवश्यक भिटामिनको कमि हुन्छ नै, त्यसको सेवनले शरीरलाई असर पार्ने कुरा स्पष्ट छ । बंगुरको मासु पोलेर खान नमिल्ने, नभए शरीरभरि घाउ आउने विश्वास छ । बंगुरको मासुमा बढि बोसोको मात्र हुन्छ, पोल्दा बोसो पग्लिएर त्यसमा फोहोर टासिन गई खान अयोग्य हुन्छ । मासुसँगै ति फोहर समेत खान पुग्दा शरीरलाई असर पार्न सक्छ ।
               मध्य दिनमा अन्न भण्डारमा पस्न नहुने । केटाकेटि वा अन्य ब्यक्तिले अन्न भण्डारमा पस्न र निकाल्न नहुने, नभए कुलदेवता लाग्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिको पनि ब्यवहारिक महत्व देखिन्छ । आदिवासीहरुको मुख्य सम्पती भनेको नै उनिहरुले उत्पादन गरेको अन्नबाली हो । अन्न भण्डारण गर्ने ठाउँमा जो कोहि प्रवेश गर्दा त्यसको किफायति र सुरक्षासँग सोझै सम्बन्ध राख्दछ । त्यसैले घरमुलीको हातबाट मात्र आवश्यक अन्न निकाल्ने गर्दा त्यसको किफायति र सुरक्षामा ढुक्क हुन सकिन्छ । जथाभावी काटमार गर्न नहुने, अर्थात पुजा गरेरमात्र मासु सेवन गर्नु पर्ने । पशुवली ससम्मान हुने । जसले सवैलाई सम्मान पुर्वक आवश्यकता पुर्तिमा प्रयोग गरिएको देखाउछ । पुजा, धामी, झाक्री आदि उपचार पद्धती मनोवैज्ञानिक उपचार पद्धतिको प्रतिरुप हो । पानीका स्रोतहरु सफा राख्न कुवा, धारा वा पानीको स्रोतलाई पुजा गर्ने गरिन्छ । जसले सफा, स्वच्छ र स्वस्थकर पानीको आपुर्ती भई स्वाथ्य जीवन यापन गर्नमा टेवा पुग्ने स्पष्ट देखिन्छ ।
             नेपालमा यस्तै धेरै मौलिक ज्ञानहरु अभ्यासमा रहेको पाइन्छ । अहिले उचित ब्यख्या र विश्लेषणको कमिले गर्दा धेरै ज्ञानहरु लोप भै सकेका छन् र हुने अवस्थामा पुगिसकेका छन् । युवाहरु मौलिक ज्ञानलाई अन्धविश्वासको रुपमा मात्र लिने र सरकारी पक्षबाट यस्ता मौलिक ज्ञानको बारेमा खोज अनुसन्धानको पहल कदमी नहुनुले पनि आज मौलिक ज्ञानहरु मृत्युसैयामा छटपटाई रहेका छन् । यी ज्ञानहरुलाई सही ब्यख्या विश्लेषण तथा खोज अनुसन्धान गरि आधुनिक सभ्यताको विकासमा प्रयोग गर्नु आजको युवाहरुको दायित्व हुनेछ ।

राय = राई = राजा ?

भूपध्वज थोमरोस्

अहिले राई शब्द विवादले राईहरूबीच उच्चरूप लिएको छ । राई जाति बोधक शब्द हो वा होइन ? यो प्रश्न राई समुदायमा स्वाभाविक रूपमा उठेको छ । राई जात नभएर पदवी हो भनेर एउटा समूह राईलाई जातिबाट हटाउन आन्दोलनमा उत्रिएको छ भने अर्को समूह राई जाति नै हो भनेर राईको बिँडो थाम्न प्रयासरत छ । वास्तवमा राई के हो ? राई शब्दको नामकरण कसरी भयो भन्ने विषयमा पुग्न वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ ।

वैदिक कालमा राय शब्द पदबोधक भएको इतिहासले देखाउँछ । विभिन्न कालखण्ड पार हुँदै जाँदा राय शब्द रूपान्तरण भएर राई हुनपुग्यो । मकवानपुरको सेन वंशदेखि रणबहादुर शाहको कार्यकालसम्म राय शब्द प्रयोग भएको देखिन्छ ।

पृथ्वीनारायण शाहको कार्यकाल अन्त्य भएपछि प्रान्तीय राजा नियुक्त गर्दा राई पदवी सिर्जना गरिएकोे देखिन्छ । विभिन्न जातिलाई प्रान्तीय राजास्वरूप नियुक्त गर्दा सुनुवारलाई मुखिया, थारूलाई चौधरी, याक्खालाई देवान र अरूलाई राई पदमा नियुक्ति गरिएको थियो भन्ने सुन्नमा आएको छ । प्रान्तीय राजाले केन्द्रीय राजालाई प्रत्येक वर्ष रु. ५/१६ पैसा कर तिर्नुपर्दथ्यो ।

प्रान्तीय राजाको रूपमाब शासन गर्ने राईको मृत्यु भएपछि केन्द्रीय राजालाई जानकारी दिनुपर्दथ्यो । मृतकको रिक्त स्थानमा उनका छोरा जेठालाई राई पदमा नियुक्ति गरिन्थ्यो । राईको मातहतमा द्वारे, गौरुङ, माथा, कारबारी र तहले पद पनि राखिएका थिए । विक्रम संवत् १९९९ सालसम्म प्रान्तीय राजाको अधिकारप्राप्त व्यक्तिलाई मात्र राई भनिन्थ्यो ।

प्रान्तीय राजाका सन्तानहरूमध्ये नियुक्ति पाएकालाई राई र अरूलाई खम्बू, जिमदार वा जिमि भनिन्थ्यो । बोलचालमा जिमि भनिन्थे भने लिखितमा ज्मी लेखिएको पाइन्छ । कसैले राई हुँ भनेको खण्डमा कसरी नपाएको राई पाइस् भनेर ३ महिना कैद र जरिवाना गरिन्थ्यो ।

सन् १९०८ सालमा प्रकाशित 'जी.ए. गि्रयर्सनको लिङ्गुस्टिक सर्भे अफ इण्डिया -भाग-३) नामक पुस्तकको पृष्ठ ३१६ मा 'द खम्बुस लिभ टु द नर्थ इस्ट अफ द साउदर्न स्पर्स अफ हिमालयाज' उल्लेख छ । यस वाक्यले शासित जनताको रूपमा रहेका खम्बू, जिमदार र याखा सन् १९०८ सालसम्म राईमा परिणत भई नसकेको देखाउँछ ।

किपटलाई प्रान्तीय राज्यसरह अधिकार थियो । अधिकारसम्पन्न किपटिया राजाका पदहरूमध्ये राई एक थियो । किपटिया राज्य प्रथा रहिञ्जेल दसैँमा नवमीको दिन राईको घरमा जनता भेला भएर मालश्री मन्त्र पढेर मार हान्नुपर्दथ्यो । मार हानेर मालश्रीको पुस्तकको छेउ आलो रगतमा चोब्नुपर्दथ्यो । बलि दिएको आलो रगतमा हत्केला र पैताला डुबाएर घरको सँघारमाथि रगतको छाप लगाउने चलन थियो । टीकाको दिन राईको हातको टीका थाप्न जानुपर्दथ्यो । टीका थाप्न जाँदा जात अनुसारको कोसेली लिएर जानुपर्दथ्यो । टीका थाप्न जाँदा लगिने कोसेलीलाई सिक्सार भनिन्थ्यो । राईलाई अधिकारविहीन बनाइएपछि खम्बू, जिमदार र याखा सबैले राई भन्न थालेका हुन् ।

राईलाई तालुकदार, जिम्मावाल, मुखिया, जमिनदार र पगरी पनि भन्ने गरिन्थ्यो । आठ पगरी र एक पगरी गरी दुई प्रकारका राई थिए । धनकुटा मौजा चलाउने राईले आठ पगरी पाएका थिए । आठ पगरी पाउने राईलाई पछि आठपहरिया भन्न थालियो । एक पगरीलाई प्रान्तीय अधिकार र आठ पगरीलाई विशेष अधिकार प्राप्त थियो । विक्रम संवत् १९९९ सालको बिजन दर्ता पछाडि किपटिया प्रथा अन्त्य भयो । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र आएपछि सबैले राई लेख्दै आएको देखिन्छ । राईलाई एकैचोटी पदच्युत गरिएन । राईको अधिकार अलि अलि कटौती गर्दै लगेर भूमिसुधार ऐन- २०२१ अनुसार गरिएको नापीले पूर्णरूपमा अन्त्य गरिदियो ।

'राई' शब्दसम्बन्धी विभिन्न शोधकर्ताले निम्नानुसार लेखेका छन्-

á सन् १३३७ मा जुम्लाका अपाडराजा पुण्य मल्लदेवको कनकपत्रमा राईको आदेश भन्ने वाक्य उल्लेख गरिएको छ -दुर्गा याक्खा राईः किराँत हिजो र आज, पृष्ठ ४२ र २३५) ।

á वैदिक राय शब्द पछि राई हुनपुगेको हो । त्रिपुराको 'राजमाला'मा पनि राई शब्द उल्लेख छ -स्वामी प्रपन्नाचार्य -काले राईः), प्राचीन किराँत इतिहास, पृष्ठ ३६९, ४३७) ।

á 'राय' पछि 'राई' भएको सुनिश्चित छ -स्वामी प्रपन्नाचार्य -काले राई)ः प्राचीन किराँत इतिहास, पृष्ठ ४३८) ।

गढ्वालको के. शूरवीरसिंह पवारको निजी पुस्तकालयमा रहेको हर्कबली रायको काशिका वृत्तिको टिप्पणी र काव्य सुधानिधिको अन्तिम पुष्पिकामा इति श्री नेपालस्य पूर्वाञ्चल खोटाङ ... चामलिङ्राय ... हर्कबलीना राय ... चामलिङ्राय कुलतिलकेन ... हर्कबलीराय ... भन्ने वाक्य उल्लेख छ -स्वामी प्रपन्नाचार्य -काले राई), प्राचीन किराँत इतिहास, पृष्ठ ३३१) ।

á संवत् १८३१ सालमा पृथ्वीनारायण शाहका पालाको ताम्रपत्रमा सुन राय, कुम राय, जङ्ग राय र अरू गैर लिम्बू राय भनेर उल्लेख छ । -हर्कराज चोङवाङः मंगोल किराँतहरूको उत्पत्ति, पृष्ठ ६४) ।

á संवत् १८४१ सालमा रणबहादुर शाहका पालाको ताम्रपत्रमा पनि भर्तदाश्विन राय, शभन्त लिवाङ राय, समो चेमजोङ राय, जसकर्ण वनेम्बा फागो राय लेखिएको छ । -हर्कराज चोङवाङ,ः मंगोल किराँतहरूको उत्पत्ति, पृष्ठ ६६) ।

á 'राई' राजा शब्दको पर्यायवाची शब्द हो । जमिनदारलाई राई, लिम्बूलाई सुब्बा र याक्खालाई देवान भनिएका हुन् । -नगेन्द्र शर्माः नेपाली जनजीवन, पृष्ठ १०० र १०१)

á 'राई' शब्द जमिन्दारलाई दिइएको पदवीको नाम हो । पृथ्वीनारायण शाहले किराँत क्षेत्रलाई हराएपछि 'राई' शब्द व्यापकरूपमा प्रयोग हुनथालेको हो । त्यस क्षेत्रमा स्थानीय प्रशासक नियुक्ति गर्दा 'राई' पदवी दिइएको हो र पछि यो बेग्लै समुदाय बुझाउन प्रयोग हुन थाल्यो

-राजेश गौतम र के. थापा मगरद्वारा सम्पादित ट्राभल इत्थ्नोग्राफिक अफ नेपाल, पृष्ठ १५५ र १५६) ।

á राय शब्द राजा शब्दको अपभ्रंश हो । -शिवकुमार श्रेष्ठः लिम्बूवानको ऐतिहासिक अध्ययन, पृष्ठ ९१) ।

प्रान्तीय राजाका रूपमा राई पदबाट शासन चलाइएको समयमा जिमि भनिएको हुनाले वर्तमान अवस्थामा पनि मेवाहाङ/नेवाहाङ, लोहोरुङ, याम्फू र याक्खाहरूले जिमि राई भन्ने गर्दछन् । सोलुखुम्बु जिल्लाका राईहरूले आफूलाई जिमि भन्ने गर्दैनन् तथापि उहिले जिमि भनिएको इतिहासलाई कायम गरेर कुलुङ, थुलुङ, खालिङ र बाहिङ राईहरूले जिमि राई सङ्घ खोलेका छन् । जिमि शब्द पनि जातिबोधक नभएर जमिनदार हुनसक्छ ।

राई अधिकारविहीन भएपछि जिमिको रूपमा परिचित समुदायले जिमि भन्न छाडेर राई भन्न उचित ठानेका थिए । राई शब्द पदवी भए पनि जातिमा परिणत भयो । खम्बू वा जिमि रहँदाको अवस्था होस् वा राईमा परिणत भएको अवस्थामा होस् यी समुदाय विविध भाषामा विभाजित छन् । विगतमा खम्बु वा जिमि भए पनि वर्तमान अवस्थामा राईको रूपमा परिचित यी जाति एउटैका हुन् वा बेग्ला-बेग्लै पुर्खाका सन्तानहरू विकास हुने क्रममा राई शब्दले मात्र एकताको गाँठोमा कसिएका हुन् ?

भाषिक रूपमा भिन्नता भए पनि राईहरूबीच परापूर्वकालदेखि आपसमा विवाह चल्दै आएको छ । खम्बू, जिमि र राई शब्द फरक भए पनि अर्थमा भिन्नता देखिँदैन । जिमि भन्न छाडेर राईर्मा परिणत भएको मात्र हो । जिमि भए पनि, राई भए पनि एउटै पुर्खाका सन्तान हुन् भन्ने भावना आपसमा पाइन्छ । तथापि राईको स्वतन्त्र भाषा र संस्कृति छैन । मानव सृष्टिकालदेखि नै राई जातिमा भाषिक भिन्नता रहिआएको हो वा अलग अलग स्थानमा बसोबास गरेर विकसित रूप लिंदै जाँदा भाषा अपभ्रंश भएर भिन्नता देखिन आएको हो ? यो अनुसन्धानको विषय बन्न गएको छ ।

भाषा र संस्कृतिको प्रकृति नियालेर हेर्दा सृष्टिमा राईको पुर्खा एउटै भएको देखिन्छ । एउटा पुर्खाको सन्तान फैलिएर धेरै भएपछि दाजुभाइ छुट्टएिर विभिन्न स्थानमा छरिएर बसोबास गर्न पुगेेे । दाजुभाइ छुट्टएिर भिन्ना भिन्नै स्थानमा सन्तान फैलँदै जाँदा भौगोेलिक प्रभावले उनीहरूका भाषा र संस्कृतिलाई अपभ्रंश पारेर वर्तमान अवस्थामा यस्तो देखिन गएको होला । राई जातिहरूका भाषा र संस्कृतिमा के कति भिन्नता छन् ? यस विषयमा तुलनात्मक रूपमा अध्ययन गर्नु आवश्यक छ । किनभने प्रत्येक जातिको सभ्यताको विकास भाषा, संस्कृति र लोककथामा आधारित रहेको पाइन्छ । á

-लेखक कुलुङ-नेपाली शब्दकोश, २०६२ सोत्तो कुलुचीम् सुक्तुम् -सोताङ कुलुङ वंशावली, २०६४ का सङ्कलक तथा सम्पादक हुनुहुन्छ)

किरातीहरु किन दशै मनाउन छोड्दैछन् ?

Bagman Kulung

बि.सं. १८३१ पुर्व नेपालको पूर्वी किराती क्षेत्रहरुमा शेनबंशीहरुले शासन गर्दथे । त्यसबेला शासकहरुले आfना दरबारमा घोषणा गरेको नीति र बडापत्रहरु जनता कहाँ पुग्ने कुनै उपयुक्त माध्यम नभएको र आदिवासी किरातीहरुको आfना छुट्टै परम्परागत संस्था र कानून भएकोले उनीहरु त्यस्ता सरकारी वडापत्रहरुबाट पुर्ण बेखबर हुन्थे । यो अवस्थाबाट चिन्तित शेन शासकहरुले दरबारको वडापत्र लागु गराउने र जनताबाट कर उठाएर दरबारमा बुझाउने प्रशासक हरेक किराती गाँउहरुमा नियुक्ती गर्ने नीति लिए । यसरी नियुक्ती गरिएको पदको नाम 'राय' थियो । रायको शाब्दिक अर्थ वकालत भन्ने भए पनि उक्त पदको अर्थ सही वकालत गर्ने ओजस्वी भन्ने थियो (राई को हुन् ? सि.एम.खम्बु)। यसरी पद पाएकाहरुले जनताबाट उठाएको आधा कर आफुले खान पाउने आर्थिक अधिकार पनि थियो । बि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि यस पदमा ब्यापक परिमार्जन गरी माझ किरातका किरातीहरुलाई रायबाट राई, वल्लो किरातका सुनुवारलाई रायबाट मुखिया, याक्खालाई रायबाट देवान र पल्लो किरातका लिम्बुलाई रायबाट सुब्बा बनाएको हो (नेपाली जनजीवन दार्जिलिङ भारत अचला भगवती प्रकाशन जनवरी १९७६ को पृष्ठ १०० र १०१ नगेन्द्र शर्मा) । पछि यो पदलाई राणाहरुले पनि निरन्तरता दिए । वि.सं.१९१० को भदौ १ मा कुलुङ जातिका बदिसिङ कुलुङलाई राई पदको लागि दिइएको लालमोहरमा जमिन भएका जनतालाई जिमी वा जिम्दार, सामान्य अन्य नागरिकलाई रैती भनी सम्बोधन गरिएको छ भने भारी बोक्ने भरिया र गोठालाहरुलाई ढाक्रे भनिएको छ । लालमोहरमा दशैबारे भनिएको छ "कुनै दशै वा माघे संक्रान्ति चाडपर्व मनाउन ढाकरेको गोठमा राँगा भएमा १ पैसा बगल छोडाउनी तिरि काम्मा चलाउनु । चाडपर्व मनाउदा धार्केहरुले कोदालो चलाएबापत उनीहरुबाट राईले प्रत्येक गाँउको थरीको रुपैया २ लिनु भनि आदेश दिईएको छ । लालमोहरको अन्तमा अमाली (त्यसबेलाको न्ययाधिश) लाई ढाक्रे चाहेमा गाउको राई मुखियाले पठाईदिनु अमालीले ढाक्रेलाई पैसा नदिनु भनिएको छ । त्यसबेला आदेशमा भनिएबमोजिम राईको घरमा दशैमा जिम्दार वा रैतीहरु भेला भएर टिका लगाई राँगाको बली चढाउनु पर्ने अनिवार्य निर्देशन थियो । टिका चलाएको र राँगा दशैमा काटेको छ कि छैन भनि जाँच गर्न दशै लगतै शासकहरु राईको घरघरमा आउदथे । राँगा मार काटेको भए त्यसको प्रमाणस्वरुप मार काट्न आएका रैतीहरुले राँगाको आलो रगतमा हात चोपी मुल दैलोको माथि त्यसको पाnजाले छाप लगाउथे । जब दशै लगतै राईको घरमा शासकहरु आउथे त्यो मार काटेको रगतको छाप देखे भने उनीहरुको राई पद बच्थे होइन भने उनीहरुलाई सदासदाका लागि राई पदबाट निष्कासन गर्दथे । यसबाट के स्पष्ट हुन्छ भने त्यसबेला दशै मनाउनको लागि १ पैसामा ल्याईएको जनताको राँगालाई २०० गुणा बढी रकम असुल्ने आर्थिक शोसनको अधिकारको प्रलोभन एकातिर थियो भने अर्कोतिर दशै नमनाएमा राई पदबाट निस्कासन गरिदिने कानूनी प्रावधान पनि दिईएको थियो । हालैको सरकारी नीतिको विश्लेशन गर्दा पनि सरकारले त्यसबेलाको जस्तो धम्की र आर्थिक शोसनको अधिकार नदिए पनि दशैको बेला सार्वजानिक विदा दिएर दशै मनाउने वातावरण एकातिर सृजना गरेको छ भने अर्कोतिर दशै मनाउन सकोस् भनेर आfना निजामती कर्मचारीहरुलाई दशै भत्ता दिईएको छ । दशै प्रति विगत र वर्तमान सरकारको नीति यो भन्दा अर्को हुन सक्दैन ।
तर जे जसरी बानी गराईए वा सिकिए पनि समयको कालखण्डमा आदिवासीहरुले पनि दशै धुमधामले मनाउन थालेको र यसलाई सहजरुपमा आदिवासीहरुले लिन थालेको भने पक्का नै थियो । तर बिचमा प्रजातन्त्रको लहरसंगै चेतनाको कारणले हाल धेरै किरातीहरुले दशै बहिष्कार गर्ने र यस्तो वहिष्कार कही कतै बढी दबाबमुलक र जर्बजस्ती पनि हुने गरेको पाईन्छ ।
तर आजको एकाइशौं शताब्दीका सचेत र जिम्मेवार हामी आदिवासी किरातीहरुले दशै मान्ने र बहिष्कार गर्ने निर्णय लिँदा विगतमा हाम्रो पुर्खालाई दशै कसरी मान्न लगाईयो र मलाई आज बानी पर्यौ भन्ने कुराको एकातिर चेतना हुन जरुरी छ भने अर्कोतिर त्यसको बदला लिन बहिष्कारको कदम चाल्दा त्यसले तत्काल र भविष्यमा पार्ने सामाजिक सद्भाव र अर्काको दशै मान्ने आत्मनिर्णयको अधिकारको पनि उत्तिकै ख्याल राख्न जरुरी छ । यो बिचमा बसेर दशै मनाउने वा बिताउने काम हामी सबैले गरौं । दशै मनाउने र बिताउने सबैलाई मेरो शुभकामना छ ।

‘लुङमारी मिथक’: एक सवाल्र्टन आवाज


विश्वास लाम्सोङ लोहरुङ
कला तथा साहित्य संयोजक
सबाल्टर्नअध्ययन समुह नेपाल
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
loklunghang@gmail.com

हामी नेपालीहरु विश्वको जुन सुकै कुनामा जे–जसरी रहेपनि  नेपाल र नेपालीत्व कहिल्यै भुल्दैनौं । नेपभल भाषा, कला,  साहित्य, इतिहास र मातृभभमिको सधै उच्च सम्मान गर्ने नेपालीहरुको संस्कार भनौं परम्परा छ । प्रवासमा रहेर पनि नेपभल कला साहित्यमा अनुपम योगदान पु¥याउने थुप्रै स्रष्टा छन् । जसको योगदानले नेपभल साहित्यले फड्को मार्न सफल भएको देखिन्छ । भुमिराज राई, विश्वासदिप तिगेला, काङमाङ नरेश, प्रकाश परदेशी जस्ता लाहुरे स्रष्टाहरु एक हातमा बन्दुक र अर्को हातमा कलम लिएर साहित्य सृजनामा लागेका छन् । नेपभल साहित्यप्रतिको अनुरागको एउटा उत्कृष्ट दृष्टान्त हो यो ।

यस्तै प्रवासमा जीवनको चर्खामा प्रयोगको धागो कात्दै गर्दा स्रष्टा मनु लोहोरुङ ‘लुङमारी मिथक’ शिर्षकको बजोड कविताहरुको संग्रह लिएर उदाउनु भएको छ । लुङमारी मिथक पुस्ताकारमा आउनु भन्दा अघि उहाँका रचनाहरु विभिन्न पत्रपत्रिका र विद्युतिय सञ्चार माध्यममा देखिन्थ्यो । पहिलो चोटी स्रष्टा मनु लोहोरुङको कविता फेसबुकमा पढेको थिएँ, मैले । जुन कविताको शिर्षक थियो – ‘हिटलरी आँट लिएर जन्मिनेछु’
भोक र सोकको सन्तापमा
कहिलेसम्म उभ्याउँछौ ?
मलाई उभ्याऊ
आकाश खस्दासम्म
धर्ति फट्दासम्म
किनकि,
मेरो पूर्खाले हिम्मत हार्न जानेनन्
निधारमा हरेसका धर्सा गनेनन्
नारीवादको नाराले ढाँट,
सारीवादको पाराले थिच,
म बेत्ताल भएर यो ब्रह्मान्डमा उत्रिनेछु ।
........................
त्यसैले चाहे मलाई
फेरि भोकले मार÷शोक, रोगले मार
तर म एक दिन अवश्य
हरेकको आत्माबाट हिटलरी आँट बोकेर जन्मनेछु !
(हिटलरी आँट बोकेर जन्मनेछु, पेज–७१)

‘लुङमारी मिथक’ कविता संग्रह पढिसकेपछि मैले कमेन्ट गरेको थिएँ ‘यस्तै कविताहरुको संग्रह स्रष्टा मनु लोहोरुङको पढ्न पाए हुन्थ्यो ।’ यद्यपी फेसबुकमा कमेन्ट गरेको केही दिनमै ‘अन्नपुर्ण पोष्ट’ दैनिकको वि.स. २०६८ साउन ७ गतेको अङ्कमा स्रष्टा मनु लोहोरुङ र उहाँको कृति ‘लुङमारी मिथक’को  छोटो परिचय हेर्न पाइयो । जब कृति नै हात लाग्यो त्यसपछि कृतिभित्र डुबुल्किदा म यो निष्कर्शमा पुगें ‘लुङमारी मिथक आधुनिक नेपालका नेपालीहरुको दुःख, कष्ट, पीडा, दर्द, विकृति, विसङ्गति, असमान्ता लगायत तमाम् बेथितिको शिल्प काब्यिक मिथक झै लाग्यो ।’

यो अत्याधुनिक युगमा पनि नारीहरुप्रति विभिन्न बाहना अझ बोक्सी–डैनिको आरोपमा नेपाली समाजमा हुने हिंस्रक नारीदमन विरुद्ध यसरी तिब्र प्रहार गर्छिन् स्रष्टा ः
तिम्रो मुस्कान
धर्मशास्त्रको
अध्यायभित्र
अझै कैद छँदैछ ।
सोकेसभित्रको नारी खुसी !
....................................
विश्वतिर फर्किए
र नारी इतिहास हेर्न,
तिम्रा आँखाहरुमा,
गान्धारी पट्टी बाँधिएकै छ,
किनकि,
यो जगतको तिम्रो धृतराष्ट्र
स्वयम् अझै अन्धो छ !
(आधा आकाशको गीत, पेज – ३८)

स्रष्टाको यो कृतिमा नेपालमा विगत लामो समयदेखि नेपाली जनताको परिवर्तनको चाहनालाई समेत मुखरित गरिएको छ । तथापि ६० बर्ष देखिको संविधानसभाबाटै जनताको संविधान घोषण गर्न एउटा प्रयत्न सन्तुष्टहिन स्खलित भएको छ । देश संकटपुर्ण अवस्थामा गुज्रिरहेको बेला नेताहरुको बेइमानी प्रतिको ब्याङ्ग्य  र आक्रोस यस्तो छ ः
आज म आफै लज्जित छु
मैले  एउटा बालक जन्माउन सकिन
देशको जनस्वास्थ्यले
  मेरो पेटका शल्यक्रिय गर्न सकेन
  अप्रिय नीति
र...................त्यो संस्कारको
शल्यक्रिय गर्न सकेन
थुइक्क............................!
(म अचेल गर्भवती छु, पेज – ३८)

स्रष्टा मनु लोहोरुङको मातृभाषा प्रेम पनि उत्तिकै मोहक र तारिफ योग्य छ । कविताहरुको वीच–वीचमा नेपभल भाषामा पाउन गाह्रो लोहोरुङ भाषाको शब्दहरुको कलात्मक प्रयोगले असाध्यै मिठास थपेको छ । ‘मिस्रेङमा, नुन्नेसी’ जस्ता लोपन्मुख लोहोरुङ भाषाको शब्द प्रयोगले  रङगबादी अन्दोलनलाई समेत सघाएको छ । सबै भन्दा ठूलो र कृतिकै महत्वपुर्ण कुरा त कविता संग्रहकै नाम सवाल्र्टन लोहोरुङ भाषामा छ । ‘लुङमारी’ शब्दको अर्थ लोहोरुङ भाषामा ‘प्रेमिलो’ भन्ने हुन्छ । ‘लुङमारी’ लोहोरुङ भाषाको निकै प्रिय शब्द हो ।

कृतिभित्रका सबै कविताहरु अत्यन्तै प्रभाबशाली छन् । स्वा.कवि भूपि शेरचन र बरिष्ठ कवि श्रवण मुकारुङको काब्यिक शैलीमा रहेका यी ३४ वटा कविता पढिरहँदा नयाँ भूपि शेरचन पढे झै लाग्छ । मेरो मात्रै होइन धेरै पाठक बृदको टिप्पणी हो । यसर्थ प्रवासी मनु लोहोरुङ पहिलो काब्यिक यात्राबाटै पाठक माझ अमिट छाप छोड्न सफल भएकी छिन् ।

कृतिभित्र केही टापिङ मेष्टेक बाहेक आवरण रमेश पौडेलको कलात्मक संयोजनले आकर्षक छ साथै कागजको गुण पनि राम्रो छ । अन्त्यमा, प्रवासी स्रष्टा कवि मनु लोहोरुङको कृति ‘लुङमारी मिथक’ को पूर्ण सफलताको कामना सहित उहाँको साहित्यिक यात्रा अझ चोमोलुङमा झै उँचो बनोस् शुभकामना ।
कृति: लुङमारी मिथक
लेखक : मनु लोहोरुङ
विधा: कविता
प्रकाशक: नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत÷बु्रनाई
पेज: ९६
मुल्य:  रु.१००/-

शिक्षामा संघियता


विश्वास लाम्सोङ लोहरुङ
कला तथा साहित्य संयोजक
सबाल्टर्नअध्ययन समुह नेपाल
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
loklunghang@gmail.com
नेपालमा हुने खाने बर्ग र भए खाने बर्ग वीचको अन्तर निक्कै ठूलो छ । हुनेखाने बर्गको विद्यार्थीको लागि नेपालमै ब्यवहारिक, महङ्गो, ब्यवस्थित, आकर्षक शिक्षा प्रणाली छ । भने यही भएखाने वर्गका विद्यार्थीको लागि जिर्ण, शुष्क, अब्यवहारिक र विरुप शिक्षा मात्रै छ । नेपालको शिक्षा प्रणालीमा निजी क्षेत्रको प्रबेशसंगै एक किसिमको शैक्षिक विकृति पनि भित्रिएको छ । काठमाण्डौका कुनै नीजि विद्यालय यस्ता छन् जुन विद्यालयको बारेमय बुझ्न मात्रै पाँचसय शुल्क तिर्नु पर्छ ।  नेपालकै दुर्गम बस्तीका बालबालिकाले आफूले पढ्ने पुस्तक पाउँदैनन् । लेख्ने कापी, कलम किन्न सक्दैनन् तर राजधानी काठमाण्डौंमय खुलेआम विकृत शैक्षिक ब्यापर गरिन्छ । के हामीले भन्ने गरेको आधारभुत शिक्षा हुने खाने बर्गको लागि मात्रै हो ?  के राज्यको दायित्व छैन ? शिक्षा क्षेत्रको काम भनेको देश र जनताको लागि आवश्यक पर्ने दक्ष, सीपयुक्त, ब्यवहारिक असल नागरिक तयार पार्नु हो । तर नेपालमा एउटै नागरिकले पनि आफ्नो बर्ग अनुसारको शिक्षा प्राप्तीको ब्यवस्था भएको हुँदा तमाम् शैक्षिक बेथिति देखिन्छ ।
संघिय संरचनामा नेपाल गइसकेपछि प्रत्येक प्रान्तीय राज्यले आफ्नै प्रदेश सुहाउँदो शैक्षिक ब्यवस्था लागु गर्न पाउनु पर्छ । नेपालको अहिलेसम्मको एकात्मक ढाँचाको शैक्षिक स्वरुपले गर्दा पनि सरकारी शिक्षा क्षेत्र निजी क्षेत्रको तुलनामा कम्जोर भएको हो । जबसम्म संघिय शैक्षिक प्रणालीको रुपमा सरकारी क्षेत्रको शिक्षालाई ब्यवस्थित गरिदैन तब सम्म बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा मात्रै सरकारी क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरु कोरा ज्ञानले मात्र दिक्षित हुन्छन् । सीप हुँदैन । कोरा ज्ञानले मात्रै रोजगार पाउन गाह्रो हुन्छ । फलस्वरुप समाजमा शिक्षित बर्गबाटै अपराधको थालनी हुन्छ । उदाहरणको रुपमा बरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको छोरी अपहरणमा संलग्न अपहरणकारीहरुलाई लिन सकिन्छ । अपहरणमा संलग्न शिक्षित मान्छेहरुले आफ्नो योग्यता अनुसारको रोजगार पाएको भए सायद ब्यक्ति अपहरण जस्तो तुच्छ काम गर्दैन थिए होलान् । राज्यको विभिन्न मन्त्रालय मध्ये शिक्षा मन्त्रालयले दिमाग अथवा टाउको रुपमा काम गरिरहेको हुन्छ । त्यही दिमागले असल चिन्तन र सोचहरु प्रबाह सम्प्रेषण गर्न सक्दैन भने विकृति विसङ्गतिको घटना बाहेक अरु के दिन सक्छ ।
नेपालमा जति वटा संघिय राज्य बनाए पनि जल प¥र्याटनको उत्तिकै सम्भावना देखिन्छ । किनकि समग्र नेपालनै प्रकृतिक स्रोत र साधनले भरिपुर्ण देश रहेको छ । सबै संघिय राज्यमा नेपाली, गणित, अंग्रेजी, मातृभाषाशिक्षा लगायत अनिबार्यरुपमा कृषि, जल, प¥र्याटन, जडिबुट्टीसंग सम्बन्धीत ब्यवहारिक विषय लागु गरिनु पर्छ । यी चार वटा क्षेत्र भनेको समग्र नेपालको आर्थिक क्रान्तिको प्रस्थान विन्दु हो यीनै क्षेत्रको अद्भुत विकासले  नै नेपालले मनग्य आर्थिक उपलब्धी हाँसिल गर्दै एउटा नमुना देशको रुपमा परिचित गराउन सकिन्छ । यसकारण पनि संघ अनुसारको संघिय शिक्षा नेपालको आवश्यकता हो ।

नेपाली महिला आन्दोलन र आजका चुनौतिहरू

खुमा लिम्बु
महिला प्रबाृधिकरण संयोजक
सबाल्टर्नअध्ययन समुह नेपाल
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

नेपाली महिला आन्दोलनका इतिहासले शताब्दी टेक्दै छ । महिला अधिकारका लागि सामूहिक पहल सुरुवात
वि.सं. १९७० को दशकबाट भएको पाइन्छ । त्यस समयमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले तत्कालीन समाजमा धर्म र संस्कारका नाममा महिला विरुद्ध हुँदै आएका कुसंस्कार र कुसंस्कृतिका विरुद्धमा आवाज उठाएको मात्र होइन, अभियान नै सञ्चालन गर्दै धार्मिक यात्रा प्रवचन र साहित्यको माध्यमबाट समाज परिवर्तनको पहल गरेको इतिहासको बारेमा अहिले थप खोजी र चर्चाहरु हुन थालेका छन् । आधुनिक समाजमा आएर मात्र होइन महिलाहरूले राणा शासनको समयमा समेत समाज र सरकारको अगाडि ज्यानको कुनै परवाह नगरी आफ्नो अधिकारको लागि अभियान सञ्चालनमा क्रियाशील रहेको साहसिक कदमको रूपमा योगमायाद्वारा नेतृत्व गरिएको उक्त घटनालाई लिन सकिन्छ । धर्म, परम्परा र संस्कारको रूपमा महिला विरुद्ध हुँदै आएका अन्याय र अत्याचारको अन्त्यका लागि भोजपुरदेखि काठमाडौसम्म पैदल यात्रा गरी तत्कालीन राणा प्रधानमन्त्रीका सामू गएर सतीप्रथाको अन्त्य, बालविवाह र बहुविवाहको अन्त्य, विधुवा विवाहलाई मान्यता लगायतका मागपत्र बुझाउँदै महिलामाथि मानवीय व्यवहार गर्न गरिएको आग्रहलाई निश्चितै रूपमा साहसिक कदम मान्न सकिन्छ । यही पहलको परिमाणस्वरूप नै भन्नुपर्दछ १९७४ मा चन्द्रशमशेरले सतीप्रथाको अन्त्यको घोषणा गरेका थिए ।
त्यसपछिका दिनमा महिला शिक्षामा जोड दिदै सचेतना अभियान पनि चल्यो । वि. सं.१९९० को दशकमा कामांक्षादेवी लगायतका महिलाहरू महिला शिक्षालय सञ्चालन गरेर महिलावीच ज्ञान र चेतना बढाउने अभियानमा लागेका थिए । समयको क्रमसंगै महिलाका गतिविधि र सहभागितामा परिवर्तन हुँदै आयो । वि.सं. १९९७ मा धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथचन्द सहित चारजना युवाहरूलाई मृत्युदण्ड दिइएको घटनाले महिलाको मनमा अझै चोट पर्न गयो र अन्यायको विरुद्ध लड्ने संकल्प र दृढता थप्यो । वि.सं. २००३ सालमा पुग्दा रेवन्तकुमारी आचार्यको नेतृत्वमा महिला संघर्ष गठन भयो । यसले खासै ठुलो गति लिन सकेन । तर पनि यो पहलले संगठित रूपमा केही गर्नुपर्दछ भन्ने कुराको जग बसाल्ने काम ग¥यो । राजनीतिक आन्दोलनको रूपमा महिलाहरू पहिलो पटक २००४ मा नागरिक अधिकारको मागसहित सडकमा उत्रिए, जसमा चारजना महिला सहाना प्रधान, साधना, स्नेहलता र कनकलताहरू गिरफ्तार भए । प्रहरीका कस्टडीमा राखिएका उनीहरू रिहा भएपछि घरपरिवार र समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण केही समय असहज अवश्य बनायो । तर ती सबै असहजतालाई बेवास्ता गर्दै उनीहरू राजनीतिक रूपमा क्रियाशील भई नै रहे । फलस्वरुप त्यही बर्ष साउनमा नेपाल महिला संघको स्थापना भयो, जुन स्पष्ट राजनीतिक उद्देश्यसहित गठन भएको पहिलो महिला संगठन थियो । यसले महिला शिक्षा, मताधिकार, राज्यको कर्मचारीतन्त्रदेखि सबै क्षेत्रमा महिला सहभागिता हुनुपर्ने लगायतका माग अगाडि सारेको थियो ।
२००७ सालमा राणा शासनको अन्त्यसँगै नेपाली महिलाहरूले पनि अलि सहज र खुकुलो वातावरण आफूलाई राजनीतिक र सामाजिक गतिविधिमा सहभागी गराउने अवसर पाए । फलस्वरुप २०१० सालमा भएको नगरपालिकाको पहिलो निर्वाचनमा साधना अधिकारी पहिलो जनप्रतिनिधिका रूपमा निर्वाचन हुनुभयो । २०१५ सालको आम निर्वाचनपछि गठन भएको सरकारमा नेपालको पहिलो महिला मन्त्रीका रूपमा द्धारिकादेवी ठकुरानीलाई नियुक्त गरियो ।
२०१७ सालमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्थाको सुरुवात भएपछि महिलाहरूको संगठित पहल फेरि पनि केही समयको लागि दृश्यबाट पछाडि हट्नु पर्ने अवस्था आयो । तर भित्रभित्रै उनीहरूको क्रियाशीलतामा जारी थियो । शिक्षा क्षेत्रमा सहभागी हुन पाएका केही महिलाहरू जिद्यार्थी आन्दोलनमा क्रियाशील थिए, भने राजनीतिक गतिविधिमा लागेका परिवारका सदस्यहरू गोप्य रूपमा सहभागी बन्दै गए ।
२०२८ साल झापा आन्दोलन सुरू भयो । यसमा प्रत्यक्ष रूपमा महिलाहरू सहभागी भएको कुरा केही महिलाहरूको गिरफ्तारीले पनि पुष्टि ग¥यो । त्यसपछिका दिनमा महिला वीच गोप्य रूपमा गतिविधि हुँदै थिए । तर महिला आन्दोलनको छुट्टै स्वरुप भने लिन सकिरहेका थिएन । तर २०३६ सालको विद्यार्थी आन्दोलनले धेरै क्षेत्रमा रहेका उकुसमुकुसलाई तोड्ने काम ग¥यो । यहाँसम्म आइपुग्दा नेपाली महिलाको मुक्तिका लागि महिला संघ नै बनाएर जानुपर्छ भन्ने सोच बन्यो । त्यही सोचलाई कार्यान्वयन गर्ने क्रममा २०३७ फागुन १७ गते शान्त मानवीको संयोजकत्वमा अखिल नेपाल महिला संघको पूनर्गठन गरियो । र यही बर्षबाट मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला संगठनमा मात्र होइन विभिन्न जनसंगठनमा समेत संगठित भई आन्दोलित हुन थाले । जसकारण महिला अधिकारको विषय महिला आन्दोलनको मात्र नरहेर विद्यार्थी, किसान, श्रमिक, लगायतका आन्दोलन सम्बन्धित संगठनहरूमा समेत महिला समानताको विषयको उठान हुन थाल्यो । यसरी विभिन्न क्षेत्रमा सहेका महिलाहरू एक ठाउँमा संगठित गर्ने र फरक–फरक आन्दोलनका वीचमा समन्वय गरेर जाने काम भने महिला संगठनले गर्न थाल्यो ।
फलत ः २०४६ सालको आन्दोलनमा महिलाहरू अनुभूति गर्न सकिने रूपमा सडकमा आउने र प्रजातन्त्र प्राप्तिका लागि आन्दोलित हुने अवस्था रह्यो । यही सहभागिताको कारण राजनीतिक दलहरुले परिवर्तित राजनीतिक परिवेशमा महिलाहरुसँग शक्ति साझेदारीको कुरालाई अनुभूत गरी संसदको निर्वाचनमा कम्तिमा पाँच प्रतिशत महिला सहभागितालाई अनिवार्य गरियो । यो प्रावधान आवश्यकता, न्यायसँगत र उचित थियो वा थिएन भन्ने विषय दाउमा छ तर पनि महिला रहभाागिताको अनिवार्यताको लाथि कोशेढुँगाको रुपमा लिन सकिन्छ । यही जगमा उभिएर २०५४ मा भएको स्थानीय निकायमा कम्तिमा २० प्र्रतिशत महिला सहभागिता हुनु पर्ने व्यवस्था गरियो । जसले महिला आन्दोलनमा फट्को मार्ने काम गर्यो ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि महिला अधिकारको बारेमा थुप्रै अभियनहरु सञ्चालन भए । त्यसका लागि राजनीतिक दल र आवद्ध संघ संगठनका साथै गैह्र सरकारी संस्थाको क्रियाशिलता अत्यान्तै तिव्रताका साथ अगाडि बढ्यो । अन्ततः विचार, सिद्धान्त र सामाजिक मान्यताको दायरालाई फराकिलो पार्दै्र महिला अधिकार प्राप्ति, समस्या समाधान र सशक्तीकरणका लागि स्थानीय तहमा सरकारी वचत समूह, आमा समूह लगायतका नाममा वृहत र साझा सामुदायिक संगठनहरु समेत देखा पर्न थाले । यसले महिला माथि हुने हिंसाका विषयका साथै आर्थिक रुपमा समेत सशक्तताका साथै आत्मा निर्भरताका विकासका क्षेत्रमा योगदान गर्यो । साथमा राजनीतिक दल भित्र पनि महिला सहभागिता र जेन्डर विषयका बारेमा छलफल हुन थाल्यो ।
महिला आन्दोलनको निरन्तर विकास, विस्तार र गहिराईका कारण कतिपय विषयमा राजनीतिक मात्र नभएर सामाजिक र प्रशासनिक नेतृत्व समेत सकारात्मक नहुँदा पनि महिला समानताका विषयहरु औपचारिक रुपमा पारित हँुदै गए । यसको एउटा उदाहरणको रुपमा मुलुकी ऐनको ११ आंै संसोधनलाई लिन सकिन्छ । राजनीतिक दलका पुराना पुस्ताका नेताका त कुरै छाडौ आफूलाई प्रगतिशील भन्ने युवा पिडीका पनि कतिपय पुरुष नेताहरु सम्पत्तिमा छोरीलाई छोरा समान अधिकार दिँदा समाजमा विग्रह हुने तर्क प्रस्तुत गर्दै विपक्षमा देखा परेका थिए । तर महिला नेताहरुको निरन्तर पहल र क्रियाशीलताका कारण छलफल सुरु भएको झन्डै एक दशक पछि २०५८ सालको अन्तमा संसदबाट यो विधेयक सर्वसम्मत पारित भयो । यसले छोरीलाई मात्र होइन विधुवा महिला र सम्बन्ध विच्छेद गर्ने महिलाको समेत सम्पत्ति माथि अधिकारको थप व्यवस्था गर्यो । महिला आन्दोलनको इतिहासमा यो विधेयक एउटा नयाँ फट्कोको रुपमा रहेको छ ।
अर्का तर्फ महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकतालाई चुनौती दिँदै हजारौं महिलाहरु २०५२ सालबाट सुरु भएको सशस्त्र आन्दोलनमा सहभागी भए । राज्यको विरुद्ध धावा बोल्ने क्रममा बन्दुक बोक्ने विरुद्ध प्रयोग गर्नका लागि सरकारी सेना र सशस्त्र प्रहरीमा समेत महिला भर्ना गर्न थालियो । यसरी सरकारी र विद्रोही दुवै मोर्चामा रहेर महिलाहरुले निर्वाह गरेको यो भूमिकाले महिला कमजोर हुन्छन् भन्ने सामाजिक धारणा परिवर्तन हुन पुग्यो । अव नेपाली महिला आन्दोलनका आवाज ठूलो भयो कि बन्दुक बोकेर लड्न सक्ने महिलाहरु समाजको हरेक मोर्चामा त्यत्तिकै सक्षमताका साथ लाग्न सक्दछन् । त्यसैले हामीलाई समान अवसर देऊ, महिला समुदायको भागमा पर्ने आधा आकाश र धर्ती हाम्रा लागि छाडी देऊ भन्ने भावका नारा र मागहरु अगाडि आए ।
२०६२–६३ को जनआन्दोलनमा महिला सहभागिताले दुनियालाई नै चकित बनाइदियो । हरेक मोर्चामा पुरुषको हाराहारिमा देखा परेका महिलाले आन्दोलन पूर्व नै राज्याका हरेक निकायमा कम्तिमा एक तिहाइ महिला सहभागिता गराउने प्रतिवद्धता सबै राजनीतिक दलले गरेका थिए भने आन्दोलन पछि पुनस्र्थापित संस्सदबाट समेत २०६३ जेठ १६ गते यो विषय सर्वसम्मत परित भएको थियो । तर लोकतन्त्रको स्थापना पछि समय बित्दै जाँदा राजनीतिक नेतृत्वाले क्रमशः यो प्रतिवद्धता बोल्न थाल्यो । जसको पहिलो उदाहरण २०६३ असारमा बनेको अन्तरिम संविधान मस्यौदा समिति हो जसमा एकजना पनि महिला समावेश गरिएन । महिलाहरु एकीकृत रुपमा सडकमा आएपछि मात्र यस समितिमा चारजना महिला समावेश गरिएको थियो । विगतको यो इतिहासले फेरि पनि के कुरा स्पष्ट पारेको छ भने महिला अधिकार प्राप्त गर्ने हो भने राजनीतिक विचार र सिद्धान्तको दायारालाई फराकिलो पारेर महिलाहरु साझा विषयमा एकवद्ध हुनु पर्दछ र संयुक्त पहल गर्नु पर्दछ । साथै जसरी सरकारमा प्रतिवद्धता एक तिहाइ गर्ने र सहभागिता एकजना मात्र गराउने कुराको विरोधमा नेकपा एमालेका राधा ज्ञावाली र एनेकपा माओवादीका जैपुरी घर्तीले पद अस्वीकार गर्नु भयो यस किसिमको कदम र पहलमा महिलाहरुवीच अझै वृहत एकता हुनु जरुरी छ । प्रतिवद्धता वा दल वा संगठनको निर्णय वा विधानको उल्लंघन गर्ने अवस्था आएमा महिलाहरु अव यस किसिमको आन्दोलनमा समेत लाग्नु पर्ने कुरा समयको माग र परिस्थितिको आवश्यकता बनेको छ ।

वर्तमान चुनौतीहरुः

नेपाली महिला आन्दोलनले झन्डै शताब्दी पार गर्दैछ । सकारात्मक आँखाले मात्र हेर्ने हो भने यस वीचमा थुप्रै उपलब्धीहरु भएका छन् । विश्वको महिला आन्दोलनको इतिहास हेर्दा नेपाली महिलाहरुको उपलब्धीलाई कम भन्न मिल्दैन । तर पनि समयको गतिलाई पनि हामीले सँगै राखेर हेर्नु पर्दछ । यसरी समयको गति र हामीले प्राप्त गरेको उपलब्धीलाई एक ठाउँमा रखेर विश्लेषण गर्ने हो भने एक्काइशौं शताब्दीको पनि पहिलो दशक पार गरि सकेको दुनियाँमा नेपाली महिलाको कुनै अवस्थालाई हेदा सन्तोष गर्न सकिने र पर्ने अवस्था छैन । हाम्रा अगाडि अझै पनि थुप्रै चुनौतिहरु रहेका छन् । ती चुनौतिहरुको पहिचान गरी सतर्कतापूर्वक यसलाई सामना गर्ने रणनीति  र योजना सहित महिला आन्दोलन अगाडि बढ्न जरुरी छ । हाम्रा अगाडि रहेका प्रमुख चुनौतीलाई यस प्रकार उल्लेख गर्न सकिन्छ ।

कथनी र करणीमा रहेको भिन्नता

लामो र निरन्तर आन्दोलनको परिणामस्वरुप नेपाली महिलाले कानुनी समनता अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी, पारिश्रमिक, पैतृक सम्पत्ति, प्रजनन हक लगायतका अधिकार प्राप्त गरेका छौं । तर समस्य अहिले पनि कार्यन्वयनमा रहेको छ । हाम्रो राजनीति नेतृत्व अन्तराष्ट्रिय प्रतिवद्धताको कारणले होस वा आन्तरिक रुपा विकास भएको महिला आन्दोलनका दवावका कारण समानताको विषयलाई नकार्न सक्ने अवस्थामा छैन । जसका कारण नीतिगत रुपमा कागजमा धेरै कुराहरु प्राप्त भएका छन् । तर तिनै राजनीतिक नेतृत्व देखि राज्यको प्रशासन, सामाजिक व्यवहार र मानसिकतामा नीति र कानुन अनुसार अपेक्षित परिवर्तन हुन सकेको छैन । जसका कारण बनेका नीति र कानुनहरुले सही रुपमा व्याख्या र कार्यन्वयन नहुने अवस्थाले धेरै समस्य बल्झिएर रहेको छ । नागरिक अधिकार र जेनुर समानताकाके विषयमा राजनीतिक नेतादेखि समाजका विभिन्न तह र तप्कामा धरैको ज्ञान बढेको छ । कुनै पनि राजनीतिक वा प्रशासनिक वा सामाजिक आन्दोलन लगायत कुनै पनि क्षेत्रमका मानिस समानताका कुरा गर्न पर्यो भने घण्टौं व्याख्या गर्न सक्ने भएका छन् । यस अर्थमा समानताको बारेमा ज्ञान बढेको कुरा सहजै अनुमान  गर्न सकिन्छ । तर तिनै व्याख्या गरिएको कुराहरुलाई  व्यावहारमा लागू गर्ने काम एकदमै सानो संख्यामा मात्र पार्दछ । महिलालाई हेर्ने आफू समान नगरिकको  रुपा हेर्ने दृष्टिकोण, गरिने विश्वास र दिइने जिम्मेवारी लगायत उनी प्रति गरिने व्यवहारका क्षेत्रमा प्रवृत्तिगत परिवर्तन  सन्तोषजनक रुपमा हुन सकेको छैन । यसर्थ सोच्ने ज्ञानमा भएको परिवर्तन गर्ने हातसँग एकीकृत हुन नसक्नु सबैभन्दा हूलो चुनौति हो । यो चुनौति महिला आन्दोलनको एकल प्रयासले मात्र समाधान हुन सक्ने विष होइन । पुरुष व्यवहारमा परिवर्तन गर्ने सन्दर्भमा महिला बाह्य शक्ति हुन् जसले सहजीकरण वा दबाब गर्न सक्दछन. । तर आन्तरिक शक्तिका रुपमा परिवर्तन गर्नु पर्ने पक्ष्ँ पूरुषको जमात हो, जो हरेक ठाउमा निर्णयत्मक स्थान ओगटेर बसेका छन् । उनीहरुको बुद्धि र ज्ञानमा भएको परिवर्तन, प्रवृत्ति र व्यवहारमा प्रतिबिम्वित गर्न अझै तत्पर भएमा मात्र दिगो रुप दिन सक्दछ । यो कुरा परुष समुदायले बुझ्नु जरुरी छ ।
मुलतः राजनीतिक नृतृत्वको प्रवृत्तिमा परिवर्तन हुन सक्यो भने सम्वभत रुपमा स्वीकार गरिएको महिला सहभागिताको कुरा सबै क्षेत्रमा ागू हुन सक्नेछ । सार्वजनिक दुनियामा महिलाको सहभागितमा हुने बुद्धि र उनीहरु प्रतिको सामाजिक दृष्टिकोण मात्र होइन, परिवार भित्रको हैसियतमा समत परिवर्तन हुनेछ जसमा अलिकति मात्र पनि सहजीकरणले पारिवारिक दायित्वमा पुरुषको सहभागितामा वृद्धि हुनेछ र परम्परागत रुपमा रहँदै आएको जेन्डेर भूमिकामा समेत परिवर्तन हुनेछ । यसले महिला समानताका पक्षमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

महिला विरुद्धको हिंसा

महिला विरुद्ध हिंसा अन्तराष्ट्रिय रुपमा नै महिला आन्दोलमा रहेको सबैभन्दा प्रमुख समस्या हो । अध्ययन अनुसार महिला विरुद्ध हुने हिंसा मध्ये ८० प्रतिशत भन्दा बढी घरभित्र हुन्छ भने बाँकी कार्यथलो, सार्वजनिक थलो लगायत स्थानमा हुने गर्दछ । यसर्थ महिला विरुद्ध हिंसाको अन्त्यको लागि सबैभन्दा महत्वपूर्ण कुरा हामी प्रत्येकले आफ्नो दिसामुक्त क्षेत्र बनाउन गरेको खण्डमा महिला आन्दोलनको सबैभन्दा ठूलो विषय सम्बन्धित हुनेछ ।
घरपरिवारको सन्दर्भमा राजनीतिक दल, विभिन्न संघ संस्था संगठन र कार्यथलोमा हुने दिसाका लगि आचार संहिता र कानुुन बनाएर पनि कार्यन्वयन गर्न सकिन्छ । तर घर भित्रको सन्दर्भमा जबसम्म पीडित आफैले आँट गरेर घटनालाई बाहिर ल्याउँदैन , तबसम्म त्यो विषयले औपचारिक रुप पाउँदैन । समाजमा रहेको महिला र पुरुषवीचको असन्तुलित शान्ति सम्बन्धका कारण पनि यो विषयलाई बाहिर ल्याउन त्यति सहज छैन । तसर्थ, हाम्रा संघ, संगठन, सामाजिक आन्दोलन र राज्य संयन्त्रले यस विषयमा ज्ञान बढाउने मात्र होइन, प्रवृत्तिमा कसरी परिवर्तन ल्याउने भन्ने बारेमा सोच्न जरुरी छ । महिला हिंसामुक्त कार्यथलो र घरपरिवार बनाउन सके महिला आन्दोलनमा सर्वथा चुनौतिका रुपमा रहेको समस्या समाधान हन सक्नेछ ।

नयाँ संविधान र जेण्डर समानता

हामी अहिले नयाँ संविधान बनाउने सन्दर्भमा छौं । २०६७ जेठमै नेपाली जनताले पाउनु पर्ने संविधान अझै तयार भकएको छैन । यो एउटा विषय हो भने कतिपय जेण्डर समानताको विषया अझै पनि हाम्रा राजनीतिक नतृत्व सहमत भइनसकेको विष्य चुनौतिका रुपमा रहनु अर्काे पाटो हो ।
संविधान सभामा मूलतः नागरिक पहिचानको विषय अहिले एउटा जटिल विषय बनेको छ । नेपाली महिलाले समान वंशीय अधिकार र नेपाली आमाका सन्तानले वंशजको नाताले नेपाली नागरिक हुन पाउनु पर्छ भन्ने कुरामा अझै पनि हाम्रा पुरुष नेतृत्व भैसकेको अवस्था छैन । हाम्रो पहिलो सरोकारको विषय भनेको नेपाली नागरिकका कुनै पनि सन्तान गैह्र नेपाली हुने मान्य हुन सक्दैन र जेण्डर समानताका आधारमा आमा वा बाबुका सन्तानले निर्वाद रुपमा नागरिक पहिचन पाउनु पर्छ भन्ने हो भने दोस्रो नेपाली महिला वा पुरुषको आधारमा विदेशी दम्पत्तिले पाउने पहिचानको आधार समान हुनु पर्दछ भन्ने हो भने यस सन्दर्भमा चान्टे नागरिकत दिने कुरा होस वा अन्य अधिकार जन्मदा आफूले चयन गर्न नपाउने लिंगका आधारमा महिला विरुद्ध गरिने कुनै पनि किसिमको विभेद मान्य हुन सक्दैन । नयाँ संविधानको सन्दर्भमा जेण्डर समानताको सन्दभैमा रहेको यो पहिलो प्रमुख चुनौति हो ।
त्यसैगरी राज्यका विभिन्न निकायमा हुने सहभागिताको आधार हुनु पर्दछ । महिलाहरु आधा जनसंख्या मात्र होइनन् उनीहरु आधा जनशक्ति पनि हुन भन्ने कुरालाई आत्मसात गरी राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियनमा राज्यका हरेक निकायमा सबै समुदायको महिलाको समान सहभागिता हुनु पर्दछ भन्ने विषयमा पनि अझै सहमति बनि सकेको छैन । पुरुष मानसिकताले अझै पनि केन्द्रदेखि स्थानीय तहसम्म जननिर्वाचित संस्थाका एकतिहाइ महिला सहभागिताको मानसिकता बनाएर बसेका छन् भने महिलाहरु जननिर्वाचित संस्था मात्र होइन, राजनीतिक दल लगायत सरकार, संवैधानिक किाय, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका हरेक निकायमा समानुपातिक सहभागिता हुनुपर्ने अडान देखिएका छन् । समाजिक न्यायमा आधारित भएर यस विषयको निकास के हुन्छ भन्ने बारेमा सर्वपक्षले सोच्न जरुरी छ । तर अहिलेसम्मको अवस्था हेर्दा पुरुष नेतृत्व आफूले गरेको निर्णय सबैले मान्नुपर्दछ र मान्ने छन् भन्ने भ्रम बोकेर बसेका छन् । भन महिलाहरू न्यायपूर्ण व्यवस्था हुनुपर्ने पक्षमा छन् । यसको बारेमा समयमा सोचिएन भने स्थिति त्यति सहज बन्ने देखिदैन ।
नयाँ संविधानको निर्माण गरिरहँदा विषयवस्तु मात्र होइन, भाषिक संवेदनशीलतामा पनि ध्यान दिनु जरुरी छ । नेतृत्व अझै पनि अधिकारमा नभएर पुलिङ्गीय भाषमा शक्ति रहेको अनुभूत गर्दैछन्, थियो । त्यतिखेर हामीले भनेका थियौँ उत्त पदको नाम जेण्डर तटस्थ शब्द ‘राष्ट्रध्यक्ष’ राखौँ । संविधानसभाको अघिल्लो लहरमा बस्ने पुरुष नेताहरुलाई यस बारेमा कुरा गर्न जाँदा उनीहरुको जवाफ थियो,‘राष्ट्रपति’ भन्ने शब्द सुन्दै शक्तिशाली सुन्दै शक्तिशाी हुन्छ तर राष्ट्राध्यक्ष कमजोर सुनिन्छ । त्यसैले राष्ट्रपति नै राख्नु उचित हुन्छ । यसरी भाष समेत पुलिङ्गीय खालको हुँदा शक्ति अनुमानित गर्ने नेतृत्व  देख्दा टिठ लाग्नु स्वभाविकै हो । अहिले पनि कम्तिमा पनि भाष प्रयो गर्दा राष्ट्रपति, सभापति जस्ता ठाउमा राष्ट्राध्यक्ष, अध्यक्ष लगायतका जेण्टर तटष्थ शब्द राखौं र त्यसैगरी अन्य समुदयका सन्दर्भमा समेत जाति, क्षेत्र, र वर्ग सचेत भाषको प्रयोग गर्ने सन्दर्भमा ध्यान दिऔं भन्ने अभियान जारी छ । तर पनि नेतृत्व अझै तयार भएको अनुभूत भएको छैन ।
निर्वाचित प्रणालीका बारेमा पनि विवद कायमै छ । अहिलेसम्म सहमति भएर आएको दस्तावेजमा नतिजामा एक तिहाइ महिला सुनिश्चित हुने व्यावस्था रहेको छ , जसमा बहुमत ल्याउनेले जित्ने प्रणालीमा महिलाको संख्या उल्लेख्य छैन । जनतामा जाने र भूगोलमा नेतृत्वका रुपमा स्थापित हुने कुरामा महिलाहरु फेरि पनि पछाडि धकेलिने अवस्था कायम रहन सक्दछ, हामीले भनेका छौं—महिला लगायत सबै समुदायका यूवा समावेशी आधारमा सहभागिता सुनिश्चित गर्नको लागि पूर्ण समानुपातिक प्रणाली नै उचित हुन सक्दछ । तर यसमा सहमति हुने अवस्था कमजोर देखिएको छ । यदि यसो नहुने हो भने मिश्रित प्रणालीमा जाँदा समानुपातिक र बढी ल्याउनेले जित्ने दुवै प्रणालीमा महिलाको आधा–आधा सहभागिता सुनिश्चित गरिनु पर्दछ भन्ने कुरामा महिलाहरु एकमत रहेका छन् ।

महिलाको तत्परता

महिला आन्दोलनको नेतृत्वले पनि आफ्नो विगत र वर्तमानको आवधिक समीक्षा गर्दै कमी कमजोरीलाई हटाउँदै योजनावद्ध रुपमा अगाडि बढ््न तयार हुनु पर्दछ । हामी जुन पितृसतात्मक मूल्या, मान्यता व्यवहार र सोचका कुरा गरिरहेका छौं यसबाट महिलाहरु पनि पूर्णतः मुक्त हुन सकेको अवस्था छैन भने महिला मुक्तिका सम्बन्धमा उठान गरिएका विषयहरुमा महिलाहरु आफैले पनि व्यावहारिक रुपमा ध्यान दिनु पर्ने विषयहरु प्रशस्त छन् ।
विगतका दिनसँग तुलना गर्ने हो भने अहिले राजनीतिक दल, राज्य संयन्त्र र अन्य संधका संस्थामा महिला सहभागिता वृद्धि भएको छ । तथापि यो संख्या प्रतिवद्धता अनुसार एक तिहाइ पुगेको छैन, तर पनि जति सख्यामा महिलाहरु विभिन्न संरचनामा सहभागी भएका छन्, त्यो अवसरलाई महिलाको समानताका पक्षमा थप उपलब्धिका लागि भरपुर उपयोग गर्न सकिएको छैन । महिला सहभागिता वृद्धि र जेण्डर विषयलाई मूल प्रवाहीकरण गर्ने सन्दर्भमा यी महिलाहरु वीचमा समेत एक भएर उभिन सकेको अनुभूति छैन । यस सन्दर्भमा रणनीतिक र योजनावद्ध रुपमा महिलाहरुले आफू र सम्वद्ध संस्थालाई लगाउन सक्नु पर्दछ ।
कतिपय विषयहरु साझा हुँदा हुँदै पनि महिलाहरुको एउटा र सहयोग आवश्यक फराकिलो एउटाको विकास हुन सकेको छैन । फरक–फरक क्षेत्रमा काम गर्ने महिलाहरुवीच आ–आफ्नो क्षेत्रबाट साझा लक्ष्यको लागि हातेमालोको संकार अझै विकसित हुन सकेको छैन । जसका कारण एउटै विषयमा काम गर्दा समेत फराकिलो एउटा, सहकार्य र समन्वयको अभावका कारण लागानी भएको साधान स्रोत र समयको आधारमा उपलब्धी हात लाग्न सकेको छैन । साझा विषयमा संयुक्त पहलको संस्कार विका गर्ने तर्फ ध्यान दिन जरुरी छ ।
अर्काे महत्वपूर्ण विषय महिला नेतृत्व स्वीकार गर्ने विषय हो । जतिसुकै लामो समय आन्दोलनमा लागे पनि महिलाहरुलाई महिलाको मात्र नेता मान्ने र पुरुष स्वतः सम्बन्धित क्षेत्रको नेता गनिने संस्कार कायमै छ । यस किसिमको प्रवृत्तिबाट महिलाहरु समेत मुक्त भएको अवस्था छैन । यो प्रवृत्तिमा परिवर्तनका लागि महिलाले पनि महिलालाई नेता मान्ने र आम रुपमा समेत महिलाको नेतृत्व स्थापित गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।
पुरुष नेतृत्वले जे भन्छ त्यसलाई सहर्ष स्वीकार नगरी आफ्नो अडान राख्ने तथा पितृसतात्मक मूल्या र मान्यता माथि चुनौतीपूर्ण प्रस्तुत हुने महिला प्रति बढी टिकाटिप्पनी हुन पितृसत्ताको एउटा अभिन्न चरित्र हो । महिला नेतृत्वका बारेमा पुरुषहरुबाट हुने कुनै पनि टिकाटिप्पनीका सम्बन्धमा तथ्यको खजी विना नै साथ दिने र पत्याउने संस्कारका कारण अलि बढी तार्किक रुपमा पेश हुने र उनीहरुको हो मा हो नमिलाउने महिला नेतृत्व आन्दोलनमा टिक्न सहज छैन । यो कुरालाई मनन गर्दै आवश्यक सत्य तथ्यको परीक्षण गरेर मात्र प्रतिक्रिय जनाउने, महिला विरुद्ध सार्वजनिक रुपमा टिप्पनी नगर्ने र एक आपसमा समर्थन र सहयोगको संस्कारको विकास महिला आन्दोलनका अगाडि रहेको एउटा महत्वपूर्ण चुनौती बनेको छ ।
विषयगत स्पष्टता र सूचना प्रविधिको अत्यधिक प्रयोगले हरेक व्यक्तिलाई सशक्त बनाउँदछ । आजको दुनियामा शक्तिको महत्वपूर्ण स्रोत भनेको नै सूचना हो यसर्थ बढी भन्दा बढी सूचना प्रविधिको प्रयोग गर्ने सूचना माथि पहुँचको विकास गर्ने, त्यसको विश्लेषाण गर्ने र सही रुपमा प्रयोग गर्ने सन्दर्भमा महिलाहरुले थप सुदृढ हुनु पर्ने पक्ष आजको नेपाली महिला आन्दोलनको अगाडि रहेको अर्काे र साझा चुनौतीका रुपमा रहेको छ ।
यही चुनौतीहरुलाई सतर्कतापूर्ण सामना गर्दै आन्तरिक कमजोरीलाई हटाउदै र आफू सँग भएको शक्तिलाई थप सुदृढीकरण गर्दै अगाडि बढ्न सकेमा नेपाली महिला आन्दोलन विश्वका लागि प्रेरणा र उदाहरणीय बन्न सक्ने अवसर हाम्रो सामु छ भन्ने कुरालाई आत्मासात गर्न सके नेपाली महिला आन्दोलनले सुस्ताउन पर्ने अवस्था छैन । आवश्यक उच्च मानसिकताका साथै रणनीतिक योजना सहित एकतावद्ध रुपमा निरन्तर क्रियाशीलता र गतिशीलताको खाँचो छ ।

स्रोतः विन्दा पाण्डे, सभासद, प्राज्ञिक महिला मुखपत्र, २०६८






गजल




विमल बेकामे
भाषा संयोजक
सबाल्टर्नअध्ययन समुह नेपाल
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

९८४२१४८३७७
bimalbekame1@yahoo.com

                        १
कुरा   विदेशको     होइन   यो   देशको
बर्षौं देखि थिचिएका मान्छे  विशेषको ।

सयौं  थुङ्गा जपे     पनि  रङ्गभेद   किन ?
किन लेस बाँकी छैन पूख्र्यौली यहाँ भेषको

इतिहास कै गर्भभित्र कुँजिएको छ पहिचान
पत्र – पत्र  खोज्नुपछ्र्र   सबै देश र नरेशको

हामी सबै उठ्नु अनि उठाउनु छ आवाज
तल...तल  सधैं  तल  पारिएको  फेसको

बुझ पचाई षडयन्त्रले मन्द विष घोले भने
बुझी चाँडै   ढाल्नुपर्छ   शीर पनि  त्यसको ।।


                      २
कसैलाई रुवाई  कोही हाँस्नु हुन्न
कसैसँग स्वार्थी नाता  गाँस्नु हुन्न ।

कला, धर्म, संस्कार संस्कृति यो सबै
संरक्षणमा लागौं  कत्ति मास्नु  हुन्न

अरुसँगैं  आफू   पनि माथि  उठ्न
पहिचान जोगाऊँ कैल्यै नास्नु हुन्न

यो बुझी तिमीले आपूm को हो चिन
आपूm खस्ने खाल्डो आफैं तास्नु हुन्न

इतिहास छ साक्षी हामी किन पछि
पछौटे कै  बिल्ला  सधैं टाँस्नु हुन्न ।।

                            ३
देश हाँक्छु भन्नेहरुको  कुनै निको चाला छैन
निमुखाको पेटमा अन्न जीउ ढाक्ने टाला छैन ।

ढुकुटीमा   ब्रह्मलुट   गर्नलाई   खोज्नेहरुको
प्रतिकारमा जुट्नुपर्छ भोलिका दिन काला छैन

कुरी बस्दा बर्षौं बिते स्थिति झन विग्रँदो छ
दुःखका दिन त्यसैत्यसै यस्सै त खै जाला छैन

आशा  सबै  निचोरिए   निमोठिए  मुनाहरु
लुटे घरबार कत्तिको त हाँस्ने लालाबाला छैन

जाग  सबै  उठ  अब  तिमी आफैँ बोल्नुपर्छ
तिम्रा निम्ति कोही पनि यहाँ बोल्ने वाला छैन ।।

सबाल्टर्न शब्दावली र यसको इतिहास.........


सवाल्टर्न अध्ययन समुह नेपाल

सबाल्टर्न
शब्द हरेक हिसाबले ‘तल्लो’ दर्जाको व्यक्ति, समूह वा समुदायलाई जनाउँछ । सबाल्टर्नवादीहरुको अर्थमा सबाल्टर्नलाई हैकमवादी, औपनिवेशिक तथा सामन्ती शासनको लामो समयदेखिको थिचोमिचो र भेदभावबाट उत्पीडित शासित व्यक्ति वा निमुखा व्यक्तिलाई जनाउँदछ, जो शक्तिशाली भएर पनि शक्ति विहिन बनाइएका हुन्छन् । जतिसुकै योगदान भएपनि सबाल्टर्न वर्गमा आफ्ने इतिहास छैन, सम्भ्रान्त वर्गले सबाल्टर्न वर्गको इतिहास निर्माण गर्न दिँदैन र चाहँदैन । किनभने सबाल्टर्न इतिहास लेखनमा सम्भ्रान्तको पूर्वाग्रही रहन्छ । टुप्पाबाट लेखिने सम्भ्रान्त वर्गको पृष्ठपोषण गर्ने इतिहासमा सबाल्टर्न अटाउन पनि सक्दैन । तिनै इतिहास विहीन सबाल्टर्न वर्गको उत्थानको निम्ति सबाल्टर्न अध्ययनको थालनी गरेको सबाल्टर्नवादीहरुको दावी छ । यस अर्थमा सबाल्टर्नले जातजाति, वर्ग, धर्म, संस्कृति, लिंग, पेशा, शैक्षिक, भौगोलिक र राजनैतिक हिसाबले दमित, शोसित र उत्पीडित वर्गलाई मात्र जनाउँदैन, अधिनस्तका आधारमा आम समाज, जनता वा कुनै राष्ट्र समेत शक्तिशाली अर्काे पक्षबाट सबाल्टर्नीय अवस्थामा बाँच्न बाध्य परिएको अवस्थालाई जनाउँछ । नेपाली विशिष्ट भौगोलिका परिवेशमा जातजाति, धर्म, संस्कृति, वर्ग, भाषा र भौगोलिक विकटताका आधारमा सबाल्र्टको पहिचान र अध्ययन विश्लेषण गर्न सकिन्छ । कोही जातका आधारमा उपल्लो वर्गमा परे पनि आर्थिक रुपमा सबाल्टर्न वर्ग हुन सक्छ । राज्यले लेखेको वा लेख्न लगाइएको इतिहासको विश्वासनीयता माथि प्रश्न मात्र खडा भएनन् यसलाई चुनौति दिने मानसिकताको विकास पनि भयो । बेलायती सक्सेक्स विश्वविद्यालयमा पढाइ बसेका रन्जित गुवा र उनका आठ जना अरु मित्रहरुले सन १९८२ मा बनाएको एउटा अध्ययन समूहबाट यसको प्रारम्भ भयो । उनले सन् १९८८ मा अवकास लिए पछि यसमा निरन्तर लागि पर्नु भयो । विशाल इतिहास भित्र हराएका शक्तिशाली विद्रोहका स्वरहरु उजागर गर्न गायत्री स्पीभ्याक चक्रवर्तीले पनि उल्लेख्य योगदान दिए । संस्थागत इतिहास जुन रुपमा लेखिन्छ यसको जुन मानक हुन्छ, त्यसमा दमीत विद्रोहका बोलिहरु सुनिदैन । ती इतिहासहरुलाई हेर्नका लागि खण्डित प्रमाण प्रमयेभित्र जानुपर्छ भन्ने सबाल्टर्न अध्ययनमा जुटेका विद्वानहरुले ल्याएको वैचारिक तरङ्गले केही मूल मुद्दाहरु उजागर ग¥यो । दमीत, शुषुप्त, छरिएका भएका कारणले सबाल्टर्नको इतिहासलाई खण्डखण्डबाट उठाएर हेर्नु पर्छ भन्ने मान्यता र एक वृहत्तर चरित्र भएको, एउँटै सैद्धान्तिक आकास मुनि राखेर हेर्ने प्रवृत्ति आकास जमिनको फरक छ । हर्माेन्यूटिक्स, उत्तर आधुनिकवादी, उत्तर उपनिवेशवादी, विनिर्माणवादी र संरचनावादीहरुको नजिक सबाल्टर्न अध्ययन देखा पर्न पुग्यो । पछि गएर गायत्री, चक्रवर्ती स्पीभ्याक, होमि के. भावा र संरचनावादी मिसेल फुकोको विचारको सबाल्टर्न अध्ययनमा प्रभाव पर्न थालेको हुनाले समीक्षकहरुले यस्ता तर्क निकालेका हुन् । दिपेश चक्रवर्ती, ज्ञानेन्द्र पाण्डे, पार्थ चटर्जी र सहिद अमिनका लेखहरुबाट भारतीय सबाल्टर्नको उत्तर–आधुनिक, उत्तर–औपनिवेशिक र संरचनावादी विचारहरु सँगको सम्बन्ध भएको देखिन्छ । गायत्री स्पीभ्याक ‘सबाल्टर्न भनेको सबै प्रकारका सामाजिक गतिशिलताबाट अलग हुनुको अवस्था हो ।’ आज ल्याटिन अमेरिका देखि लिएर अफ्रिका, यूरोप, संयुक्तराज्य अमेरिका र अरवमुलुकहरुमा पनि सबाल्टर्न अध्ययनको व्यपकता भइरहेको छ । अप्रकटित इतिहासहरुको खोजी भइरहेको छ । सबाल्टर्न एलिट इतिहास, राजनीतिक सिद्धान्तका सबै कुरा एउँटै आकास मुनि समेटेर व्याख्या गर्ने अध्ययन पद्धति होइन । यो सबाल्टर्नका बोलिको खोजी हो । बोल्न नसक्ने वर्गका लागि बोलि दिनु पर्छ भन्ने अठारौं ब्रुमेरमा माक्र्सले उठाएको कुरा, स्पीभ्याकले व्याख्या गरेका कथा अनि रन्जित गुवा पछिल्ला व्याख्याता पार्थ चर्टजी, ज्ञानेन्द्र पाण्डे आदिका वहसले उठाएका आम होइन स–साना वृत्तभित्र काम गर्नु पर्छ भन्ने मान्यता राखेको छ । नेपला कहिल्यै कसैको उपनिवेश नरहेको उक्ती प्रविधिक रुपमा सत्य भएता पनि आन्तरिक औपनिवेशीकरणका त्रासदिहरुलाई सामान्तवाद रुपी गलैंचा भित्र लुकाउँन खोज्दा दुर्गन्ध मात्र बढ्छ । यथार्थ के हो भनी शाह, राणा शासकहरुको नियन्त्रणका कुनै पनि साम्राज्यवादी शक्तिहरु भन्दा कम बहुआयमिक थिएन । अफ्रिकामा गोराहरुले बाइबल दिए, जग्गा लिए । नेपालमा पनि सत्यनारायाण कथाको पुस्तक (पछि भानुभक्तीय रामयण) वाचन गरे, लोक चेतना ध्वस्त पारे । दक्षिण अमेरिकामा साम्राज्यवादीहरुले शासकलाई समाप्त पारे भने एसियमा तिनलाई हातमा लिएर शासन गरे । गोर्खाली सम्भ्रान्तहरु प्नि कम थिएनन् । तिनले पनि साम, दाम, दण्ड र भेदको सम्मिश्रणद्वारा आदिवासीहरुको पहिचानलाई अन्ययीकरण गरिदिए ।