![]() |
विश्वास लाम्सोङ लोहरुङ कला तथा साहित्य संयोजक सबाल्टर्नअध्ययन समुह नेपाल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर loklunghang@gmail.com |
हामी नेपालीहरु विश्वको जुन सुकै कुनामा जे–जसरी रहेपनि नेपाल र नेपालीत्व कहिल्यै भुल्दैनौं । नेपभल भाषा, कला, साहित्य, इतिहास र मातृभभमिको सधै उच्च सम्मान गर्ने नेपालीहरुको संस्कार भनौं परम्परा छ । प्रवासमा रहेर पनि नेपभल कला साहित्यमा अनुपम योगदान पु¥याउने थुप्रै स्रष्टा छन् । जसको योगदानले नेपभल साहित्यले फड्को मार्न सफल भएको देखिन्छ । भुमिराज राई, विश्वासदिप तिगेला, काङमाङ नरेश, प्रकाश परदेशी जस्ता लाहुरे स्रष्टाहरु एक हातमा बन्दुक र अर्को हातमा कलम लिएर साहित्य सृजनामा लागेका छन् । नेपभल साहित्यप्रतिको अनुरागको एउटा उत्कृष्ट दृष्टान्त हो यो ।
यस्तै प्रवासमा जीवनको चर्खामा प्रयोगको धागो कात्दै गर्दा स्रष्टा मनु लोहोरुङ ‘लुङमारी मिथक’ शिर्षकको बजोड कविताहरुको संग्रह लिएर उदाउनु भएको छ । लुङमारी मिथक पुस्ताकारमा आउनु भन्दा अघि उहाँका रचनाहरु विभिन्न पत्रपत्रिका र विद्युतिय सञ्चार माध्यममा देखिन्थ्यो । पहिलो चोटी स्रष्टा मनु लोहोरुङको कविता फेसबुकमा पढेको थिएँ, मैले । जुन कविताको शिर्षक थियो – ‘हिटलरी आँट लिएर जन्मिनेछु’
भोक र सोकको सन्तापमा
कहिलेसम्म उभ्याउँछौ ?
मलाई उभ्याऊ
आकाश खस्दासम्म
धर्ति फट्दासम्म
किनकि,
मेरो पूर्खाले हिम्मत हार्न जानेनन्
निधारमा हरेसका धर्सा गनेनन्
नारीवादको नाराले ढाँट,
सारीवादको पाराले थिच,
म बेत्ताल भएर यो ब्रह्मान्डमा उत्रिनेछु ।
........................
त्यसैले चाहे मलाई
फेरि भोकले मार÷शोक, रोगले मार
तर म एक दिन अवश्य
हरेकको आत्माबाट हिटलरी आँट बोकेर जन्मनेछु !
(हिटलरी आँट बोकेर जन्मनेछु, पेज–७१)
‘लुङमारी मिथक’ कविता संग्रह पढिसकेपछि मैले कमेन्ट गरेको थिएँ ‘यस्तै कविताहरुको संग्रह स्रष्टा मनु लोहोरुङको पढ्न पाए हुन्थ्यो ।’ यद्यपी फेसबुकमा कमेन्ट गरेको केही दिनमै ‘अन्नपुर्ण पोष्ट’ दैनिकको वि.स. २०६८ साउन ७ गतेको अङ्कमा स्रष्टा मनु लोहोरुङ र उहाँको कृति ‘लुङमारी मिथक’को छोटो परिचय हेर्न पाइयो । जब कृति नै हात लाग्यो त्यसपछि कृतिभित्र डुबुल्किदा म यो निष्कर्शमा पुगें ‘लुङमारी मिथक आधुनिक नेपालका नेपालीहरुको दुःख, कष्ट, पीडा, दर्द, विकृति, विसङ्गति, असमान्ता लगायत तमाम् बेथितिको शिल्प काब्यिक मिथक झै लाग्यो ।’
यो अत्याधुनिक युगमा पनि नारीहरुप्रति विभिन्न बाहना अझ बोक्सी–डैनिको आरोपमा नेपाली समाजमा हुने हिंस्रक नारीदमन विरुद्ध यसरी तिब्र प्रहार गर्छिन् स्रष्टा ः
तिम्रो मुस्कान
धर्मशास्त्रको
अध्यायभित्र
अझै कैद छँदैछ ।
सोकेसभित्रको नारी खुसी !
....................................
विश्वतिर फर्किए
र नारी इतिहास हेर्न,
तिम्रा आँखाहरुमा,
गान्धारी पट्टी बाँधिएकै छ,
किनकि,
यो जगतको तिम्रो धृतराष्ट्र
स्वयम् अझै अन्धो छ !
(आधा आकाशको गीत, पेज – ३८)
स्रष्टाको यो कृतिमा नेपालमा विगत लामो समयदेखि नेपाली जनताको परिवर्तनको चाहनालाई समेत मुखरित गरिएको छ । तथापि ६० बर्ष देखिको संविधानसभाबाटै जनताको संविधान घोषण गर्न एउटा प्रयत्न सन्तुष्टहिन स्खलित भएको छ । देश संकटपुर्ण अवस्थामा गुज्रिरहेको बेला नेताहरुको बेइमानी प्रतिको ब्याङ्ग्य र आक्रोस यस्तो छ ः
आज म आफै लज्जित छु
मैले एउटा बालक जन्माउन सकिन
देशको जनस्वास्थ्यले
मेरो पेटका शल्यक्रिय गर्न सकेन
अप्रिय नीति
र...................त्यो संस्कारको
शल्यक्रिय गर्न सकेन
थुइक्क............................!
(म अचेल गर्भवती छु, पेज – ३८)
स्रष्टा मनु लोहोरुङको मातृभाषा प्रेम पनि उत्तिकै मोहक र तारिफ योग्य छ । कविताहरुको वीच–वीचमा नेपभल भाषामा पाउन गाह्रो लोहोरुङ भाषाको शब्दहरुको कलात्मक प्रयोगले असाध्यै मिठास थपेको छ । ‘मिस्रेङमा, नुन्नेसी’ जस्ता लोपन्मुख लोहोरुङ भाषाको शब्द प्रयोगले रङगबादी अन्दोलनलाई समेत सघाएको छ । सबै भन्दा ठूलो र कृतिकै महत्वपुर्ण कुरा त कविता संग्रहकै नाम सवाल्र्टन लोहोरुङ भाषामा छ । ‘लुङमारी’ शब्दको अर्थ लोहोरुङ भाषामा ‘प्रेमिलो’ भन्ने हुन्छ । ‘लुङमारी’ लोहोरुङ भाषाको निकै प्रिय शब्द हो ।
कृतिभित्रका सबै कविताहरु अत्यन्तै प्रभाबशाली छन् । स्वा.कवि भूपि शेरचन र बरिष्ठ कवि श्रवण मुकारुङको काब्यिक शैलीमा रहेका यी ३४ वटा कविता पढिरहँदा नयाँ भूपि शेरचन पढे झै लाग्छ । मेरो मात्रै होइन धेरै पाठक बृदको टिप्पणी हो । यसर्थ प्रवासी मनु लोहोरुङ पहिलो काब्यिक यात्राबाटै पाठक माझ अमिट छाप छोड्न सफल भएकी छिन् ।
कृतिभित्र केही टापिङ मेष्टेक बाहेक आवरण रमेश पौडेलको कलात्मक संयोजनले आकर्षक छ साथै कागजको गुण पनि राम्रो छ । अन्त्यमा, प्रवासी स्रष्टा कवि मनु लोहोरुङको कृति ‘लुङमारी मिथक’ को पूर्ण सफलताको कामना सहित उहाँको साहित्यिक यात्रा अझ चोमोलुङमा झै उँचो बनोस् शुभकामना ।
कृति: लुङमारी मिथक
लेखक : मनु लोहोरुङ
विधा: कविता
प्रकाशक: नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत÷बु्रनाई
पेज: ९६
मुल्य: रु.१००/-
1 comment:
comment everybody yar
Post a Comment