www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

शिक्षामा संघियता


विश्वास लाम्सोङ लोहरुङ
कला तथा साहित्य संयोजक
सबाल्टर्नअध्ययन समुह नेपाल
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
loklunghang@gmail.com
नेपालमा हुने खाने बर्ग र भए खाने बर्ग वीचको अन्तर निक्कै ठूलो छ । हुनेखाने बर्गको विद्यार्थीको लागि नेपालमै ब्यवहारिक, महङ्गो, ब्यवस्थित, आकर्षक शिक्षा प्रणाली छ । भने यही भएखाने वर्गका विद्यार्थीको लागि जिर्ण, शुष्क, अब्यवहारिक र विरुप शिक्षा मात्रै छ । नेपालको शिक्षा प्रणालीमा निजी क्षेत्रको प्रबेशसंगै एक किसिमको शैक्षिक विकृति पनि भित्रिएको छ । काठमाण्डौका कुनै नीजि विद्यालय यस्ता छन् जुन विद्यालयको बारेमय बुझ्न मात्रै पाँचसय शुल्क तिर्नु पर्छ ।  नेपालकै दुर्गम बस्तीका बालबालिकाले आफूले पढ्ने पुस्तक पाउँदैनन् । लेख्ने कापी, कलम किन्न सक्दैनन् तर राजधानी काठमाण्डौंमय खुलेआम विकृत शैक्षिक ब्यापर गरिन्छ । के हामीले भन्ने गरेको आधारभुत शिक्षा हुने खाने बर्गको लागि मात्रै हो ?  के राज्यको दायित्व छैन ? शिक्षा क्षेत्रको काम भनेको देश र जनताको लागि आवश्यक पर्ने दक्ष, सीपयुक्त, ब्यवहारिक असल नागरिक तयार पार्नु हो । तर नेपालमा एउटै नागरिकले पनि आफ्नो बर्ग अनुसारको शिक्षा प्राप्तीको ब्यवस्था भएको हुँदा तमाम् शैक्षिक बेथिति देखिन्छ ।
संघिय संरचनामा नेपाल गइसकेपछि प्रत्येक प्रान्तीय राज्यले आफ्नै प्रदेश सुहाउँदो शैक्षिक ब्यवस्था लागु गर्न पाउनु पर्छ । नेपालको अहिलेसम्मको एकात्मक ढाँचाको शैक्षिक स्वरुपले गर्दा पनि सरकारी शिक्षा क्षेत्र निजी क्षेत्रको तुलनामा कम्जोर भएको हो । जबसम्म संघिय शैक्षिक प्रणालीको रुपमा सरकारी क्षेत्रको शिक्षालाई ब्यवस्थित गरिदैन तब सम्म बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा मात्रै सरकारी क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरु कोरा ज्ञानले मात्र दिक्षित हुन्छन् । सीप हुँदैन । कोरा ज्ञानले मात्रै रोजगार पाउन गाह्रो हुन्छ । फलस्वरुप समाजमा शिक्षित बर्गबाटै अपराधको थालनी हुन्छ । उदाहरणको रुपमा बरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको छोरी अपहरणमा संलग्न अपहरणकारीहरुलाई लिन सकिन्छ । अपहरणमा संलग्न शिक्षित मान्छेहरुले आफ्नो योग्यता अनुसारको रोजगार पाएको भए सायद ब्यक्ति अपहरण जस्तो तुच्छ काम गर्दैन थिए होलान् । राज्यको विभिन्न मन्त्रालय मध्ये शिक्षा मन्त्रालयले दिमाग अथवा टाउको रुपमा काम गरिरहेको हुन्छ । त्यही दिमागले असल चिन्तन र सोचहरु प्रबाह सम्प्रेषण गर्न सक्दैन भने विकृति विसङ्गतिको घटना बाहेक अरु के दिन सक्छ ।
नेपालमा जति वटा संघिय राज्य बनाए पनि जल प¥र्याटनको उत्तिकै सम्भावना देखिन्छ । किनकि समग्र नेपालनै प्रकृतिक स्रोत र साधनले भरिपुर्ण देश रहेको छ । सबै संघिय राज्यमा नेपाली, गणित, अंग्रेजी, मातृभाषाशिक्षा लगायत अनिबार्यरुपमा कृषि, जल, प¥र्याटन, जडिबुट्टीसंग सम्बन्धीत ब्यवहारिक विषय लागु गरिनु पर्छ । यी चार वटा क्षेत्र भनेको समग्र नेपालको आर्थिक क्रान्तिको प्रस्थान विन्दु हो यीनै क्षेत्रको अद्भुत विकासले  नै नेपालले मनग्य आर्थिक उपलब्धी हाँसिल गर्दै एउटा नमुना देशको रुपमा परिचित गराउन सकिन्छ । यसकारण पनि संघ अनुसारको संघिय शिक्षा नेपालको आवश्यकता हो ।

No comments: