सवाल्टर्न अध्ययन समुह नेपाल
सबाल्टर्न शब्द हरेक हिसाबले ‘तल्लो’ दर्जाको व्यक्ति, समूह वा समुदायलाई जनाउँछ । सबाल्टर्नवादीहरुको अर्थमा सबाल्टर्नलाई हैकमवादी, औपनिवेशिक तथा सामन्ती शासनको लामो समयदेखिको थिचोमिचो र भेदभावबाट उत्पीडित शासित व्यक्ति वा निमुखा व्यक्तिलाई जनाउँदछ, जो शक्तिशाली भएर पनि शक्ति विहिन बनाइएका हुन्छन् । जतिसुकै योगदान भएपनि सबाल्टर्न वर्गमा आफ्ने इतिहास छैन, सम्भ्रान्त वर्गले सबाल्टर्न वर्गको इतिहास निर्माण गर्न दिँदैन र चाहँदैन । किनभने सबाल्टर्न इतिहास लेखनमा सम्भ्रान्तको पूर्वाग्रही रहन्छ । टुप्पाबाट लेखिने सम्भ्रान्त वर्गको पृष्ठपोषण गर्ने इतिहासमा सबाल्टर्न अटाउन पनि सक्दैन । तिनै इतिहास विहीन सबाल्टर्न वर्गको उत्थानको निम्ति सबाल्टर्न अध्ययनको थालनी गरेको सबाल्टर्नवादीहरुको दावी छ । यस अर्थमा सबाल्टर्नले जातजाति, वर्ग, धर्म, संस्कृति, लिंग, पेशा, शैक्षिक, भौगोलिक र राजनैतिक हिसाबले दमित, शोसित र उत्पीडित वर्गलाई मात्र जनाउँदैन, अधिनस्तका आधारमा आम समाज, जनता वा कुनै राष्ट्र समेत शक्तिशाली अर्काे पक्षबाट सबाल्टर्नीय अवस्थामा बाँच्न बाध्य परिएको अवस्थालाई जनाउँछ । नेपाली विशिष्ट भौगोलिका परिवेशमा जातजाति, धर्म, संस्कृति, वर्ग, भाषा र भौगोलिक विकटताका आधारमा सबाल्र्टको पहिचान र अध्ययन विश्लेषण गर्न सकिन्छ । कोही जातका आधारमा उपल्लो वर्गमा परे पनि आर्थिक रुपमा सबाल्टर्न वर्ग हुन सक्छ । राज्यले लेखेको वा लेख्न लगाइएको इतिहासको विश्वासनीयता माथि प्रश्न मात्र खडा भएनन् यसलाई चुनौति दिने मानसिकताको विकास पनि भयो । बेलायती सक्सेक्स विश्वविद्यालयमा पढाइ बसेका रन्जित गुवा र उनका आठ जना अरु मित्रहरुले सन १९८२ मा बनाएको एउटा अध्ययन समूहबाट यसको प्रारम्भ भयो । उनले सन् १९८८ मा अवकास लिए पछि यसमा निरन्तर लागि पर्नु भयो । विशाल इतिहास भित्र हराएका शक्तिशाली विद्रोहका स्वरहरु उजागर गर्न गायत्री स्पीभ्याक चक्रवर्तीले पनि उल्लेख्य योगदान दिए । संस्थागत इतिहास जुन रुपमा लेखिन्छ यसको जुन मानक हुन्छ, त्यसमा दमीत विद्रोहका बोलिहरु सुनिदैन । ती इतिहासहरुलाई हेर्नका लागि खण्डित प्रमाण प्रमयेभित्र जानुपर्छ भन्ने सबाल्टर्न अध्ययनमा जुटेका विद्वानहरुले ल्याएको वैचारिक तरङ्गले केही मूल मुद्दाहरु उजागर ग¥यो । दमीत, शुषुप्त, छरिएका भएका कारणले सबाल्टर्नको इतिहासलाई खण्डखण्डबाट उठाएर हेर्नु पर्छ भन्ने मान्यता र एक वृहत्तर चरित्र भएको, एउँटै सैद्धान्तिक आकास मुनि राखेर हेर्ने प्रवृत्ति आकास जमिनको फरक छ । हर्माेन्यूटिक्स, उत्तर आधुनिकवादी, उत्तर उपनिवेशवादी, विनिर्माणवादी र संरचनावादीहरुको नजिक सबाल्टर्न अध्ययन देखा पर्न पुग्यो । पछि गएर गायत्री, चक्रवर्ती स्पीभ्याक, होमि के. भावा र संरचनावादी मिसेल फुकोको विचारको सबाल्टर्न अध्ययनमा प्रभाव पर्न थालेको हुनाले समीक्षकहरुले यस्ता तर्क निकालेका हुन् । दिपेश चक्रवर्ती, ज्ञानेन्द्र पाण्डे, पार्थ चटर्जी र सहिद अमिनका लेखहरुबाट भारतीय सबाल्टर्नको उत्तर–आधुनिक, उत्तर–औपनिवेशिक र संरचनावादी विचारहरु सँगको सम्बन्ध भएको देखिन्छ । गायत्री स्पीभ्याक ‘सबाल्टर्न भनेको सबै प्रकारका सामाजिक गतिशिलताबाट अलग हुनुको अवस्था हो ।’ आज ल्याटिन अमेरिका देखि लिएर अफ्रिका, यूरोप, संयुक्तराज्य अमेरिका र अरवमुलुकहरुमा पनि सबाल्टर्न अध्ययनको व्यपकता भइरहेको छ । अप्रकटित इतिहासहरुको खोजी भइरहेको छ । सबाल्टर्न एलिट इतिहास, राजनीतिक सिद्धान्तका सबै कुरा एउँटै आकास मुनि समेटेर व्याख्या गर्ने अध्ययन पद्धति होइन । यो सबाल्टर्नका बोलिको खोजी हो । बोल्न नसक्ने वर्गका लागि बोलि दिनु पर्छ भन्ने अठारौं ब्रुमेरमा माक्र्सले उठाएको कुरा, स्पीभ्याकले व्याख्या गरेका कथा अनि रन्जित गुवा पछिल्ला व्याख्याता पार्थ चर्टजी, ज्ञानेन्द्र पाण्डे आदिका वहसले उठाएका आम होइन स–साना
वृत्तभित्र काम गर्नु पर्छ भन्ने मान्यता राखेको छ । नेपला कहिल्यै कसैको उपनिवेश नरहेको उक्ती प्रविधिक रुपमा सत्य भएता पनि आन्तरिक औपनिवेशीकरणका त्रासदिहरुलाई सामान्तवाद रुपी गलैंचा भित्र लुकाउँन खोज्दा दुर्गन्ध मात्र बढ्छ । यथार्थ के हो भनी शाह, राणा शासकहरुको नियन्त्रणका कुनै पनि साम्राज्यवादी शक्तिहरु भन्दा कम बहुआयमिक थिएन । अफ्रिकामा गोराहरुले बाइबल दिए, जग्गा लिए । नेपालमा पनि सत्यनारायाण कथाको पुस्तक (पछि भानुभक्तीय रामयण) वाचन गरे, लोक चेतना ध्वस्त पारे । दक्षिण अमेरिकामा साम्राज्यवादीहरुले शासकलाई समाप्त पारे भने एसियमा तिनलाई हातमा लिएर शासन गरे । गोर्खाली सम्भ्रान्तहरु प्नि कम थिएनन् । तिनले पनि साम, दाम, दण्ड र भेदको सम्मिश्रणद्वारा आदिवासीहरुको पहिचानलाई अन्ययीकरण गरिदिए ।
No comments:
Post a Comment