सवाल्टर्न अध्ययन समुह नेपाल
हामीले आफ्नो घर बालेर वर्णभेदी साम्रज्यवादीहरुलाई न्यानो गरायौ ।
आफ्नो सन्तानहरुलाई पर पछारेर वर्णभेदीका सन्तानहरुलाई टाउकोमा चढायौं ।
हामीले आफ्नो गाँस काटेर बास दियौं ।
कालान्तरमा हामीलाई उठीबास लगायो ।
घर भित्रका यी वर्णभेदी साम्रज्यवादीहरुले आफु धनी बन्न र आफ्नो शासन बचाउन, त्यस्तै वर्णभेदी साम्रज्यवादी अंग्रेजहरुका शासन थाम्न हाम्रो पुर्खाहरुलाई विदेशी साम्रज्यवादीहरुलाई भाडाका सिपाहीको रुपमा बेचेर हाम्रो आदिम भूमिमा एक छत्र शासन गरे । राज्य शक्तिको सम्पूर्ण बागडोर आपूm र आफ्नो सन्तान अनुकुल बनाए (राजनीतिक, शैक्षिक, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक र प्रशासनीक) । किराती, मगर, गुरुङ तामाङहरुले सन् १९११–१९६२ सम्ममा बीस लाख उन्नाईस हजार पाँच सय पचहत्तरले रणभूमिमा प्राण दिनु प¥यो, बदलामा के पायौं ? – बदनाम, तिरस्कार, अशिक्षा, गरिबी, उजाड जीन्दगी, आफ्नै आदिम भूमिमा शरणार्थी, जातीय पहिचान, ऐतिहासिक भूगोल, धर्म, सँकृति, शैक्षिक, राजनीतिक, धार्मिक जास्ता अधिकारहरु गुमाउदै अध्यारो भविश्यमा धकेलियौं । अंग्रेजहरुले हाम्रो पुर्खाहरुको बगेको रगतको क्षेतिपुर्तिको रुपमा दिएको रोयलटी त्यस बेलाको मुन्सीखाना (मुन्सीखानाको काम हाल परराष्ट्र मन्त्रालयले गर्छ) मा कति जम्मा भयो ? कस्ले मोज ग¥यो ? अंग्रेजहरुबाट मात्र बर्षमा सत्तरी लाख स्टर्लीङ पाउण्ड बराबर रकम रोयलटीको रुपमा प्राप्त हुन्थ्यो –त्यसको लेखाजोखा खोई ? इतिहासको कुनै कालखण्डहरुमा हुँदै नभएको एउटै नश्लबिच दुस्मनी बनाई मानव संहार गर्न जापान, कोरीया र बर्माका सेनाहरुसंग भिडाइयो ।
यसबारे तिब्र खोज अनुसन्धान गरौं ।
1 comment:
ho yo chi sahi chha hai...
Post a Comment