भूपध्वज थोमरोस्
अहिले राई शब्द विवादले राईहरूबीच उच्चरूप लिएको छ । राई जाति बोधक शब्द हो वा होइन ? यो प्रश्न राई समुदायमा स्वाभाविक रूपमा उठेको छ । राई जात नभएर पदवी हो भनेर एउटा समूह राईलाई जातिबाट हटाउन आन्दोलनमा उत्रिएको छ भने अर्को समूह राई जाति नै हो भनेर राईको बिँडो थाम्न प्रयासरत छ । वास्तवमा राई के हो ? राई शब्दको नामकरण कसरी भयो भन्ने विषयमा पुग्न वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ ।
वैदिक कालमा राय शब्द पदबोधक भएको इतिहासले देखाउँछ । विभिन्न कालखण्ड पार हुँदै जाँदा राय शब्द रूपान्तरण भएर राई हुनपुग्यो । मकवानपुरको सेन वंशदेखि रणबहादुर शाहको कार्यकालसम्म राय शब्द प्रयोग भएको देखिन्छ ।
पृथ्वीनारायण शाहको कार्यकाल अन्त्य भएपछि प्रान्तीय राजा नियुक्त गर्दा राई पदवी सिर्जना गरिएकोे देखिन्छ । विभिन्न जातिलाई प्रान्तीय राजास्वरूप नियुक्त गर्दा सुनुवारलाई मुखिया, थारूलाई चौधरी, याक्खालाई देवान र अरूलाई राई पदमा नियुक्ति गरिएको थियो भन्ने सुन्नमा आएको छ । प्रान्तीय राजाले केन्द्रीय राजालाई प्रत्येक वर्ष रु. ५/१६ पैसा कर तिर्नुपर्दथ्यो ।
प्रान्तीय राजाको रूपमाब शासन गर्ने राईको मृत्यु भएपछि केन्द्रीय राजालाई जानकारी दिनुपर्दथ्यो । मृतकको रिक्त स्थानमा उनका छोरा जेठालाई राई पदमा नियुक्ति गरिन्थ्यो । राईको मातहतमा द्वारे, गौरुङ, माथा, कारबारी र तहले पद पनि राखिएका थिए । विक्रम संवत् १९९९ सालसम्म प्रान्तीय राजाको अधिकारप्राप्त व्यक्तिलाई मात्र राई भनिन्थ्यो ।
प्रान्तीय राजाका सन्तानहरूमध्ये नियुक्ति पाएकालाई राई र अरूलाई खम्बू, जिमदार वा जिमि भनिन्थ्यो । बोलचालमा जिमि भनिन्थे भने लिखितमा ज्मी लेखिएको पाइन्छ । कसैले राई हुँ भनेको खण्डमा कसरी नपाएको राई पाइस् भनेर ३ महिना कैद र जरिवाना गरिन्थ्यो ।
सन् १९०८ सालमा प्रकाशित 'जी.ए. गि्रयर्सनको लिङ्गुस्टिक सर्भे अफ इण्डिया -भाग-३) नामक पुस्तकको पृष्ठ ३१६ मा 'द खम्बुस लिभ टु द नर्थ इस्ट अफ द साउदर्न स्पर्स अफ हिमालयाज' उल्लेख छ । यस वाक्यले शासित जनताको रूपमा रहेका खम्बू, जिमदार र याखा सन् १९०८ सालसम्म राईमा परिणत भई नसकेको देखाउँछ ।
किपटलाई प्रान्तीय राज्यसरह अधिकार थियो । अधिकारसम्पन्न किपटिया राजाका पदहरूमध्ये राई एक थियो । किपटिया राज्य प्रथा रहिञ्जेल दसैँमा नवमीको दिन राईको घरमा जनता भेला भएर मालश्री मन्त्र पढेर मार हान्नुपर्दथ्यो । मार हानेर मालश्रीको पुस्तकको छेउ आलो रगतमा चोब्नुपर्दथ्यो । बलि दिएको आलो रगतमा हत्केला र पैताला डुबाएर घरको सँघारमाथि रगतको छाप लगाउने चलन थियो । टीकाको दिन राईको हातको टीका थाप्न जानुपर्दथ्यो । टीका थाप्न जाँदा जात अनुसारको कोसेली लिएर जानुपर्दथ्यो । टीका थाप्न जाँदा लगिने कोसेलीलाई सिक्सार भनिन्थ्यो । राईलाई अधिकारविहीन बनाइएपछि खम्बू, जिमदार र याखा सबैले राई भन्न थालेका हुन् ।
राईलाई तालुकदार, जिम्मावाल, मुखिया, जमिनदार र पगरी पनि भन्ने गरिन्थ्यो । आठ पगरी र एक पगरी गरी दुई प्रकारका राई थिए । धनकुटा मौजा चलाउने राईले आठ पगरी पाएका थिए । आठ पगरी पाउने राईलाई पछि आठपहरिया भन्न थालियो । एक पगरीलाई प्रान्तीय अधिकार र आठ पगरीलाई विशेष अधिकार प्राप्त थियो । विक्रम संवत् १९९९ सालको बिजन दर्ता पछाडि किपटिया प्रथा अन्त्य भयो । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र आएपछि सबैले राई लेख्दै आएको देखिन्छ । राईलाई एकैचोटी पदच्युत गरिएन । राईको अधिकार अलि अलि कटौती गर्दै लगेर भूमिसुधार ऐन- २०२१ अनुसार गरिएको नापीले पूर्णरूपमा अन्त्य गरिदियो ।
'राई' शब्दसम्बन्धी विभिन्न शोधकर्ताले निम्नानुसार लेखेका छन्-
á सन् १३३७ मा जुम्लाका अपाडराजा पुण्य मल्लदेवको कनकपत्रमा राईको आदेश भन्ने वाक्य उल्लेख गरिएको छ -दुर्गा याक्खा राईः किराँत हिजो र आज, पृष्ठ ४२ र २३५) ।
á वैदिक राय शब्द पछि राई हुनपुगेको हो । त्रिपुराको 'राजमाला'मा पनि राई शब्द उल्लेख छ -स्वामी प्रपन्नाचार्य -काले राईः), प्राचीन किराँत इतिहास, पृष्ठ ३६९, ४३७) ।
á 'राय' पछि 'राई' भएको सुनिश्चित छ -स्वामी प्रपन्नाचार्य -काले राई)ः प्राचीन किराँत इतिहास, पृष्ठ ४३८) ।
गढ्वालको के. शूरवीरसिंह पवारको निजी पुस्तकालयमा रहेको हर्कबली रायको काशिका वृत्तिको टिप्पणी र काव्य सुधानिधिको अन्तिम पुष्पिकामा इति श्री नेपालस्य पूर्वाञ्चल खोटाङ ... चामलिङ्राय ... हर्कबलीना राय ... चामलिङ्राय कुलतिलकेन ... हर्कबलीराय ... भन्ने वाक्य उल्लेख छ -स्वामी प्रपन्नाचार्य -काले राई), प्राचीन किराँत इतिहास, पृष्ठ ३३१) ।
á संवत् १८३१ सालमा पृथ्वीनारायण शाहका पालाको ताम्रपत्रमा सुन राय, कुम राय, जङ्ग राय र अरू गैर लिम्बू राय भनेर उल्लेख छ । -हर्कराज चोङवाङः मंगोल किराँतहरूको उत्पत्ति, पृष्ठ ६४) ।
á संवत् १८४१ सालमा रणबहादुर शाहका पालाको ताम्रपत्रमा पनि भर्तदाश्विन राय, शभन्त लिवाङ राय, समो चेमजोङ राय, जसकर्ण वनेम्बा फागो राय लेखिएको छ । -हर्कराज चोङवाङ,ः मंगोल किराँतहरूको उत्पत्ति, पृष्ठ ६६) ।
á 'राई' राजा शब्दको पर्यायवाची शब्द हो । जमिनदारलाई राई, लिम्बूलाई सुब्बा र याक्खालाई देवान भनिएका हुन् । -नगेन्द्र शर्माः नेपाली जनजीवन, पृष्ठ १०० र १०१)
á 'राई' शब्द जमिन्दारलाई दिइएको पदवीको नाम हो । पृथ्वीनारायण शाहले किराँत क्षेत्रलाई हराएपछि 'राई' शब्द व्यापकरूपमा प्रयोग हुनथालेको हो । त्यस क्षेत्रमा स्थानीय प्रशासक नियुक्ति गर्दा 'राई' पदवी दिइएको हो र पछि यो बेग्लै समुदाय बुझाउन प्रयोग हुन थाल्यो
-राजेश गौतम र के. थापा मगरद्वारा सम्पादित ट्राभल इत्थ्नोग्राफिक अफ नेपाल, पृष्ठ १५५ र १५६) ।
á राय शब्द राजा शब्दको अपभ्रंश हो । -शिवकुमार श्रेष्ठः लिम्बूवानको ऐतिहासिक अध्ययन, पृष्ठ ९१) ।
प्रान्तीय राजाका रूपमा राई पदबाट शासन चलाइएको समयमा जिमि भनिएको हुनाले वर्तमान अवस्थामा पनि मेवाहाङ/नेवाहाङ, लोहोरुङ, याम्फू र याक्खाहरूले जिमि राई भन्ने गर्दछन् । सोलुखुम्बु जिल्लाका राईहरूले आफूलाई जिमि भन्ने गर्दैनन् तथापि उहिले जिमि भनिएको इतिहासलाई कायम गरेर कुलुङ, थुलुङ, खालिङ र बाहिङ राईहरूले जिमि राई सङ्घ खोलेका छन् । जिमि शब्द पनि जातिबोधक नभएर जमिनदार हुनसक्छ ।
राई अधिकारविहीन भएपछि जिमिको रूपमा परिचित समुदायले जिमि भन्न छाडेर राई भन्न उचित ठानेका थिए । राई शब्द पदवी भए पनि जातिमा परिणत भयो । खम्बू वा जिमि रहँदाको अवस्था होस् वा राईमा परिणत भएको अवस्थामा होस् यी समुदाय विविध भाषामा विभाजित छन् । विगतमा खम्बु वा जिमि भए पनि वर्तमान अवस्थामा राईको रूपमा परिचित यी जाति एउटैका हुन् वा बेग्ला-बेग्लै पुर्खाका सन्तानहरू विकास हुने क्रममा राई शब्दले मात्र एकताको गाँठोमा कसिएका हुन् ?
भाषिक रूपमा भिन्नता भए पनि राईहरूबीच परापूर्वकालदेखि आपसमा विवाह चल्दै आएको छ । खम्बू, जिमि र राई शब्द फरक भए पनि अर्थमा भिन्नता देखिँदैन । जिमि भन्न छाडेर राईर्मा परिणत भएको मात्र हो । जिमि भए पनि, राई भए पनि एउटै पुर्खाका सन्तान हुन् भन्ने भावना आपसमा पाइन्छ । तथापि राईको स्वतन्त्र भाषा र संस्कृति छैन । मानव सृष्टिकालदेखि नै राई जातिमा भाषिक भिन्नता रहिआएको हो वा अलग अलग स्थानमा बसोबास गरेर विकसित रूप लिंदै जाँदा भाषा अपभ्रंश भएर भिन्नता देखिन आएको हो ? यो अनुसन्धानको विषय बन्न गएको छ ।
भाषा र संस्कृतिको प्रकृति नियालेर हेर्दा सृष्टिमा राईको पुर्खा एउटै भएको देखिन्छ । एउटा पुर्खाको सन्तान फैलिएर धेरै भएपछि दाजुभाइ छुट्टएिर विभिन्न स्थानमा छरिएर बसोबास गर्न पुगेेे । दाजुभाइ छुट्टएिर भिन्ना भिन्नै स्थानमा सन्तान फैलँदै जाँदा भौगोेलिक प्रभावले उनीहरूका भाषा र संस्कृतिलाई अपभ्रंश पारेर वर्तमान अवस्थामा यस्तो देखिन गएको होला । राई जातिहरूका भाषा र संस्कृतिमा के कति भिन्नता छन् ? यस विषयमा तुलनात्मक रूपमा अध्ययन गर्नु आवश्यक छ । किनभने प्रत्येक जातिको सभ्यताको विकास भाषा, संस्कृति र लोककथामा आधारित रहेको पाइन्छ । á
-लेखक कुलुङ-नेपाली शब्दकोश, २०६२ सोत्तो कुलुचीम् सुक्तुम् -सोताङ कुलुङ वंशावली, २०६४ का सङ्कलक तथा सम्पादक हुनुहुन्छ)

No comments:
Post a Comment