www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

किरातीहरु किन दशै मनाउन छोड्दैछन् ?

Bagman Kulung

बि.सं. १८३१ पुर्व नेपालको पूर्वी किराती क्षेत्रहरुमा शेनबंशीहरुले शासन गर्दथे । त्यसबेला शासकहरुले आfना दरबारमा घोषणा गरेको नीति र बडापत्रहरु जनता कहाँ पुग्ने कुनै उपयुक्त माध्यम नभएको र आदिवासी किरातीहरुको आfना छुट्टै परम्परागत संस्था र कानून भएकोले उनीहरु त्यस्ता सरकारी वडापत्रहरुबाट पुर्ण बेखबर हुन्थे । यो अवस्थाबाट चिन्तित शेन शासकहरुले दरबारको वडापत्र लागु गराउने र जनताबाट कर उठाएर दरबारमा बुझाउने प्रशासक हरेक किराती गाँउहरुमा नियुक्ती गर्ने नीति लिए । यसरी नियुक्ती गरिएको पदको नाम 'राय' थियो । रायको शाब्दिक अर्थ वकालत भन्ने भए पनि उक्त पदको अर्थ सही वकालत गर्ने ओजस्वी भन्ने थियो (राई को हुन् ? सि.एम.खम्बु)। यसरी पद पाएकाहरुले जनताबाट उठाएको आधा कर आफुले खान पाउने आर्थिक अधिकार पनि थियो । बि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि यस पदमा ब्यापक परिमार्जन गरी माझ किरातका किरातीहरुलाई रायबाट राई, वल्लो किरातका सुनुवारलाई रायबाट मुखिया, याक्खालाई रायबाट देवान र पल्लो किरातका लिम्बुलाई रायबाट सुब्बा बनाएको हो (नेपाली जनजीवन दार्जिलिङ भारत अचला भगवती प्रकाशन जनवरी १९७६ को पृष्ठ १०० र १०१ नगेन्द्र शर्मा) । पछि यो पदलाई राणाहरुले पनि निरन्तरता दिए । वि.सं.१९१० को भदौ १ मा कुलुङ जातिका बदिसिङ कुलुङलाई राई पदको लागि दिइएको लालमोहरमा जमिन भएका जनतालाई जिमी वा जिम्दार, सामान्य अन्य नागरिकलाई रैती भनी सम्बोधन गरिएको छ भने भारी बोक्ने भरिया र गोठालाहरुलाई ढाक्रे भनिएको छ । लालमोहरमा दशैबारे भनिएको छ "कुनै दशै वा माघे संक्रान्ति चाडपर्व मनाउन ढाकरेको गोठमा राँगा भएमा १ पैसा बगल छोडाउनी तिरि काम्मा चलाउनु । चाडपर्व मनाउदा धार्केहरुले कोदालो चलाएबापत उनीहरुबाट राईले प्रत्येक गाँउको थरीको रुपैया २ लिनु भनि आदेश दिईएको छ । लालमोहरको अन्तमा अमाली (त्यसबेलाको न्ययाधिश) लाई ढाक्रे चाहेमा गाउको राई मुखियाले पठाईदिनु अमालीले ढाक्रेलाई पैसा नदिनु भनिएको छ । त्यसबेला आदेशमा भनिएबमोजिम राईको घरमा दशैमा जिम्दार वा रैतीहरु भेला भएर टिका लगाई राँगाको बली चढाउनु पर्ने अनिवार्य निर्देशन थियो । टिका चलाएको र राँगा दशैमा काटेको छ कि छैन भनि जाँच गर्न दशै लगतै शासकहरु राईको घरघरमा आउदथे । राँगा मार काटेको भए त्यसको प्रमाणस्वरुप मार काट्न आएका रैतीहरुले राँगाको आलो रगतमा हात चोपी मुल दैलोको माथि त्यसको पाnजाले छाप लगाउथे । जब दशै लगतै राईको घरमा शासकहरु आउथे त्यो मार काटेको रगतको छाप देखे भने उनीहरुको राई पद बच्थे होइन भने उनीहरुलाई सदासदाका लागि राई पदबाट निष्कासन गर्दथे । यसबाट के स्पष्ट हुन्छ भने त्यसबेला दशै मनाउनको लागि १ पैसामा ल्याईएको जनताको राँगालाई २०० गुणा बढी रकम असुल्ने आर्थिक शोसनको अधिकारको प्रलोभन एकातिर थियो भने अर्कोतिर दशै नमनाएमा राई पदबाट निस्कासन गरिदिने कानूनी प्रावधान पनि दिईएको थियो । हालैको सरकारी नीतिको विश्लेशन गर्दा पनि सरकारले त्यसबेलाको जस्तो धम्की र आर्थिक शोसनको अधिकार नदिए पनि दशैको बेला सार्वजानिक विदा दिएर दशै मनाउने वातावरण एकातिर सृजना गरेको छ भने अर्कोतिर दशै मनाउन सकोस् भनेर आfना निजामती कर्मचारीहरुलाई दशै भत्ता दिईएको छ । दशै प्रति विगत र वर्तमान सरकारको नीति यो भन्दा अर्को हुन सक्दैन ।
तर जे जसरी बानी गराईए वा सिकिए पनि समयको कालखण्डमा आदिवासीहरुले पनि दशै धुमधामले मनाउन थालेको र यसलाई सहजरुपमा आदिवासीहरुले लिन थालेको भने पक्का नै थियो । तर बिचमा प्रजातन्त्रको लहरसंगै चेतनाको कारणले हाल धेरै किरातीहरुले दशै बहिष्कार गर्ने र यस्तो वहिष्कार कही कतै बढी दबाबमुलक र जर्बजस्ती पनि हुने गरेको पाईन्छ ।
तर आजको एकाइशौं शताब्दीका सचेत र जिम्मेवार हामी आदिवासी किरातीहरुले दशै मान्ने र बहिष्कार गर्ने निर्णय लिँदा विगतमा हाम्रो पुर्खालाई दशै कसरी मान्न लगाईयो र मलाई आज बानी पर्यौ भन्ने कुराको एकातिर चेतना हुन जरुरी छ भने अर्कोतिर त्यसको बदला लिन बहिष्कारको कदम चाल्दा त्यसले तत्काल र भविष्यमा पार्ने सामाजिक सद्भाव र अर्काको दशै मान्ने आत्मनिर्णयको अधिकारको पनि उत्तिकै ख्याल राख्न जरुरी छ । यो बिचमा बसेर दशै मनाउने वा बिताउने काम हामी सबैले गरौं । दशै मनाउने र बिताउने सबैलाई मेरो शुभकामना छ ।

No comments: