असार २९ -
नेपाली युवाहरू दैनिक हजारभन्दा बढीको संख्यामा श्रमिकका रूपमा खाडी मुलुक अर्थात् मिडिल-इस्ट जाने गर्छन्् । आजभोलि हामी समाचारमा यस्तै पढ्छौं । उनीहरू काठमाडौंबाट हवाइजहाज चढेर सिधै पश्चिम हानिन्छन्् मिडिल-इस्ट अर्थात् मध्यपूर्व पुग्नका लागि । कसरी पश्चिमतिर हिँडेको मानिस पूर्व पुग्दछ र पश्चिमाहरू, युरोपेली र अमेरिकीहरूले जापान, चाइना आदि पर्ने भूगोललाई पूर्व र उनीहरूकोबाट आधा जतिमा पर्नेलाई मध्यपूर्व अर्थात् मिडिल-इस्ट भने । तर हामी भने आफूबाट पश्चिम पर्ने भूगोललाई पनि मध्यपूर्व नै भनिरह्यौं । शक्तिशालीको परिभाषा कसरी विश्व परिभाषा बन्दछ भन्ने यो सामान्य उदाहरण मात्र हो । अथवा यसो भनौं शक्तिले ज्ञानको निर्माण गर्छ भन्ने कुराको एउटा अति सामान्य दृष्टान्त मात्र ।
यस्ता दृष्टान्तहरू हाम्रो इतिहासका पानाहरूमा बग्रेल्ती पाइन्छन् । यदि त्यसो नहुँदो हो त बलभद्र कँुवरका बडेमानका तस्बिर 'वीर विभूति'का रूपमा आजसम्म सिंहदरबारमा झुन्ड्याइँदैनथे होलान् जहाँ भगौडाहरूमाथि कडा कारबाही गर्ने जनसेनाको आधारसमेतमा टेकेर प्राप्त प्रधानमन्त्रीका पदमा माओवादी नेता बिराजमान छन् । भगौडालाई अपराधसरह मानिने सैनिक मुख्यालयहरूमा उनका तस्बिर राखिएकै छन् । ऐतिहासिक तथ्य केलाउने हो भने अन्ततः बलभद्र कुँवरले युद्ध छोडेर हिँडेकै थिए भन्ने थाहा हुन्छ ।
सुनेपढेेकै कुरा हो सन् १८१४ को अग्रेंजसँगको युद्धमा नालापानीको मोर्चामा लडाइँको नेतृत्व गर्दै थिए बलभद्र कुँवर जो त्यस बेला २५ वर्षका पनि पुगेका थिएनन् । 'उनले बहादुरीका साथ लडे ।' उनका बहादुरीका बारेमा स्कुलमा जे पढाइयो हामीले त्यही जान्यौं । लडाइँ जितेर र्फकनु, पछि नहट्नु, बरु लड्दालड्दै मर्नु लडाइँको नियम हो सायद । त्यस्ता सैनिक वा सेनापतिलाई बहादुर भनिन्छ । पछि हट्नै परे पनि जुन देशले लड्न पठायो त्यही देशमा आफूलाई दाखिला गराउनु तर मैदान छोडेर अन्तै नभाग्नु । मैदान छाडेर भाग्नेलाई भगौडा भनिन्छ । तर ती कँुवर काजीले त लडाइँको मैदान मात्र छाडेर हिँडेनन् देशै छोडेर हिँडे । मुलुकबाट नै पलायन भए । पन्जाबका रणजित सिंहको सेनामा भर्ती भए र लडाइँकै क्रममा उतै कतै अफगानिस्ताको सिमानातिर अन्तिम श्वास फेरे । तर त्यो मुलुकका लागि थिएन । सैन्य बलका भरमा सिमाना विस्तार र जोगाउनुपर्ने त्यस समयमा मुलुकका लागि लडे पनि आखिरीमा उनी अर्काको फौजमा पुगेका थिए । इतिहास लेखनमा आलोचनात्मक चेतको अभावका कारण वा शक्तिशालीले निर्माण गरेको ज्ञान वा परिभाषा नै हाम्रो पनि परिभाषा बन्ने गरेको कारण होला बलभद्र हाम्रा विभूति बनेकै छन् ।
तीव्रतर हिसाबले साम्राज्य विस्तारमा रहेको बि्रटिसले उनलाई बहादुर भन्यो । आफूले बहादुर सेनापतिलाई हराउन सफल भएको गाथा लेख्यो । हुन त उसले अरू पनि पराजित वा हराइएकाहरुलाई पनि बहादुर भन्यो नै । तर त्यसैबखतको लडाइँमा पाल्पासम्म चढाइ गरिसकेको अंग्रेज फौजलाई खेदेर सीमा कटाउने सेनापतिलाई उनीहरूले बहादुर ठानेनन् । देसको सीमा रक्षा गर्ने ती सेनापतिका बारेमा हामीलाई स्कुलमा पनि पढाइएन । र उजिर -वजिर ?) सिं थापा -मगर) गुमनाम रहे ।
कुनै लडाइँ नै नलडी जनरल भएका भीमसेन थापाले १८१६ मा सुगौली सन्धि सकारेपछि सकिएको त्यस अंग्रेज-नेपाल युद्धको वृत्तान्त वा अपवृत्तान्त हामीले बेलायतीहरूको लेखोटबाट पायौं । आफ्ना शत्रु सेनाका मुखियाहरूले लेखेको औपनिवेषिक वृत्तान्तहरूमा हामीले आफ्नो इतिहासको अनुहार खोज्यौं ।
यसरी सुगौली सन्धिभन्दा पहिले नै लाहोर -पन्जाब) मा गएर भाडाका सेनाका रूपमा अरूका देसका सीमा रक्षा वा साम्राज्य विस्तारका लागि मर्ने परम्परा अर्थात् लाहुरे परम्परा उनै हाम्रा 'विभूति' काजी बलभद्रले सुरु गरेका थिए । र त्यस यता हाम्रा 'वीर'गोर्खालीहरू मूलतः अंग्रेजका लागि लडी नै रहे, आजपर्यन्त । दुई महासमरमा तिनै अंगेजका तर्फबाट आफूलाई होमे । अंग्रेजका लागि अनेक युद्ध जितिदिए र आफू भने सधैं हारिरहे ।
शासकहरू, जित्नेहरू र ठूला मान्छेहरूको वृत्तान्तलाई मात्र हामीले इतिहास ठानिरह्यौं सायद । आम तथा साधारण मानिसको इतिहास पनि हुन्छ भन्ने कुराको हेक्का नै नभएझैं एकाध अपवादबाहेक हाम्रा अधिकांश इतिहासकारहरू तिनै वृत्तान्तहरूको पुनर्मुद्रण गरी नै रहे ।
एउटा संयोग । तिनै गोर्खा भर्तीका निवृत्तहरूलाई एउटा पीडा बल्भिmएछ कि गोर्खालीहरूको इतिहास सधैं अंग्रेजले लेखेको मात्र किन पढिन्छ, पढाइन्छ ? उनीहरूलाई आफू जस्तैले लेखेका आफूजस्तै मान्छेको इतिहास पढ्न नपाउँदा आफ्नो विगत र वर्तमानबीचको कडी स्थापना गर्न नसक्नुको पीडा भएछ । आफ्नाबारेमा भएका भ्रमपूर्ण अफवाहहरू चिर्न नपाउँदाको पीडा भएछ । बि्रटिस साम्राज्यले 'मान्छेको मासु खाने रक्तपिपासु हत्यारा मेसिन' को रूपमा प्रचार गरिरहँदा पनि टुलुटुलु हेरी बस्नुको पीडा असह्य भएछ ।
त्यो पीडा दुई दशकदेखि भूतपूर्व गोर्खाहरूको अधिकारका लागि लडिरहेका भूपू गोर्खा पदमबहादुर मार्फत ब्यक्त भएछ । लेखन सारथि बनेछन् झलक सुवेदी, परिणामस्वरूप एउटा लोकरुचिको किताब 'बि्रटिस साम्राज्यका नेपाली मोहरा ः गोर्खा भर्तीको नालीबेली' प्रकाशित भएको छ । हिमाल किताबले छापेको उक्त किताब यसरी साम्राज्यवादीका उपनिवेष विस्तारमा 'मोहरा' बनाइएकाहरूको नै उत्तर औपनिवेषिक चिन्तनको उपज बनेको छ । लेखकको दाबी अनुसार यो पुस्तक 'लाहुरे, लाहुरेनी र तिनका सन्तानले बेहोरेका दुःख, तिरस्कार र अपमानका घाउहरू' को वृत्तान्त हो । यसर्थ पनि अनुमान गर्न सकिन्छ कि तिनै गोर्खाहरू, तिनका सन्तानहरू र तत्कालीन समय र समाजमा रुचि हुनेहरूले अब यो इतिहास एउटा उत्कण्ठासहित पढ्नेछन् ।
गोर्खा भर्तीको नालिबेली भनिएको यस किताब किन पनि रुचिकर लाग्दछ भने यो इतिहास लेखनको परम्परागत ढर्राबाट मुक्त छ । लेखकले विधा-भञ्जन गरेका छन् रे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला यसै भन्दै हुनुहुन्थ्यो पुस्तकको लोकापर्णको बेलामा । पदमबहादुर स्वयम् तथा अन्य केही भूपू गोर्खाहरू र लडाइँमा मरेका लोग्नेका पेन्सनमा आश्रति लाहुरेकी विधवाहरू मार्फत उनीहरूकै जीवन वृत्तान्त लेखेका छन् झलक सुवेदीले । थोरै भए पनि लाहुरेको सन्तानको मनोदशालाई पनि उधिन्न भ्याएका छन् उनले । समाजशास्त्रीहरूले भन्ने गरेको जस्तो ब्यक्ति फगत उसको जीवनमात्र बाँच्दैन बरु ऊ समाज र समय पनि बाँच्दछ । अर्थात् ब्यक्तिको जीवन अध्ययन मार्फत हामी ऊ बाँचेको समाज र समय पनि बुझ्न सक्दछौं । लेखकका रूपमा सुवेदी यस प्रयासमा केही हदसम्म सफल छन् । त्यसो भए यसलाई सामाजिक इतिहास लेखनको पृथक् शैली भन्न सकिएला कि ? यो लोकपि्रय इतिहास हो । इतिहासवेत्ता प्रत्युस वन्तको ठहर ।
खरो प्राज्ञिक लेखन शैलीको अभ्यासमा कमी भएका कारण सायद, अनि इतिहासप्रतिको दृष्टिकोण अपेक्षाकृत रूपमा परिस्कृत पारी नसकेका कारण सायद, वन्तले भनेझैं यसलाई लोकपि्रय इतिहासभन्दा माथि उठ्न नदिएको पो हो कि ! जे होस्, कुनै दिन पुस्तक समीक्षा गरिएछ भने यसका सवल र दुर्वल पक्षहरूको चर्चा विस्तारमा गरौंला । अरूहरूले अहिले पनि गरिरहेकै छन् । तर यस पुस्तक यतिबेला सन्दर्भमा आएको कारणचाहिँ जनताको पनि इतिहास सम्भव छ भन्ने कुरालाई सद्धोरहण छलफल गर्नका लागि हो ।
इतिहास भाटगिरी होइन, चाहे त्यो राजामहाराजाको होस् कि कुनै दल वा नेता/ब्यक्ति विशेषको होस् । इतिहासले आम मान्छेहरूको संघर्षको कथा बनोस्, तिनको ब्याख्या र विश्लेषण गरोस् र आजको उपलब्धिका लागि हिजो तिनले गरेका योगदानका मूल्याङ्कन गरोस् । तिनका उपयुक्त अध्ययनले नै हामी बाँचेको जगत्मा परिवर्तन सम्भव थियो, छ र हुनेछ भन्ने सिकाओस् । तर विडम्बना हाम्रा सन्दर्भमा र त्यसो हुन सकिरहेको छैन । प्रयासहरू सुषुप्त अवस्थामा मात्र छन् । आफ्ना नागरिकलाई इतिहासको शिक्षा किन र कस्तो दिने भन्ने राज्यले महत्त्वकासाथ निर्णय गर्नुपर्ने कुरा हो । हाम्रो राज्य यस प्रश्नमा निकै बोधो छ ।
पञ्चायतकालका शासकहरू यस मामिलामा केही सिपालु थिए । त्यतिबेला सामाजिक शिक्षा पढेकाहरू आज पनि त्यो महसुस गर्लान् सायद । त्यतिबेला शासकको विचारलाई राज्यको विचारका रूपमा स्थापित गर्न सामाजिक शिक्षामा खास ध्यान दिएका थिए जुन आज अभाव छ । हाम्रोजस्तो लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने चुनौती अझै विद्यमान रहेको मुलुकका लागि त यो झन् अपरिहार्य जस्तै हुन आउँछ ।
वंशावली, तिथि मिति र घट्नाक्रम कण्ठ पारेर र तिनका पुनरावृत्त र अपब्याख्याका भरमा इतिहासकार भइरहन सकिँदैन भन्ने कुरा अब भनिरहनुपर्ने विषय त रहेन नै । समाजशास्त्री र इतिहासकारहरूको नयाँ पुस्तासँग आग्रह र अपेक्षा गरौं कि उनीहरू 'अग्रज'को बिँडो थामेर मात्र नबसुन्, आलोचनात्मक चेतसहित समाज बुझ्ने र व्याख्या गर्नेतिर लागुन् ।
अन्त्यमा झलक सुवेदीको उपरोक्त गोर्खा भर्तीको नालिबेलीमा एउटा निष्कर्ष निकालिएको छ कि गोर्खा भर्ती नेपाली निधारमा एउटा 'कलङ्क' हो एउटा 'कालो धब्बा' हो र प्रत्यक्ष-अप्रत्यक्ष सिफारिस गरिएको छ कि यो परम्परा बन्द हुनुपर्दछ । एउटी लाहुरेकी सन्तान कला कोयुले भूपू गोर्खाहरूको आन्दोलनको संक्षिप्त समीक्षा गर्दै लेखेकी थिइन, '...कतिपयले हचुवाका भरमा गोर्खा सैनिक भर्ती रोक्नुपर्दछ भनेर आवाज निकाल्ने गरेका छन् । तर गज्जबको विडम्बना के छ
भने सरकारको नीतिले नै वैदेशिक रोजगारीमा जोड दिने गरेको छ । युवाहरूलाई सुलभ ऋण भन्दै बोझ बोकाएर खाडी मुलुकको बालुवामा पसिना बगाउन पठाउने नीति देशकै योजनाभित्र पर्दछ । तर तुलनात्मक रूपले सुलभ र सुरक्षित बेलायती-भारती सरकारको सुविधा पाउने भर्ती केन्द्र बन्द गराउने विचार राष्ट्रको आन्तरिक सत्यसँग मेल नखाने तथा खोक्रो आदर्शद्वारा निर्देशित काँचो विचार मात्र हो ।' छलफल अझै जारी छ ।
प्रकाशित मिति: २०६९ असार ३० ०९:४७ (The Kantipur National Daily)

No comments:
Post a Comment