www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

इतिहासः शक्तिले निर्माण गरेको ज्ञान

सुरेश ढकाल

नेपाली युवाहरू दैनिक हजारभन्दा बढीको संख्यामा श्रमिकका रूपमा खाडी मुलुक अर्थात् मिडिल-इस्ट जाने गर्छन्् आजभोलि हामी समाचारमा यस्तै पढ्छौं उनीहरू काठमाडौंबाट हवाइजहाज चढेर सिधै पश्चिम हानिन्छन्् मिडिल-इस्ट अर्थात् मध्यपूर्व पुग्नका लागि कसरी पश्चिमतिर हिँडेको मानिस पूर्व पुग्दछ पश्चिमाहरू, युरोपेली अमेरिकीहरूले जापान, चाइना आदि पर्ने भूगोललाई पूर्व उनीहरूकोबाट आधा जतिमा पर्नेलाई मध्यपूर्व अर्थात् मिडिल-इस्ट भने तर हामी भने आफूबाट पश्चिम पर्ने भूगोललाई पनि मध्यपूर्व नै भनिरह्यौं शक्तिशालीको परिभाषा कसरी विश्व परिभाषा बन्दछ भन्ने यो सामान्य उदाहरण मात्र हो अथवा यसो भनौं शक्तिले ज्ञानको निर्माण गर्छ भन्ने कुराको एउटा अति सामान्य दृष्टान्त मात्र  

यस्ता दृष्टान्तहरू हाम्रो इतिहासका पानाहरूमा बग्रेल्ती पाइन्छन् यदि त्यसो नहुँदो हो बलभद्र कँुवरका बडेमानका तस्बिर 'वीर विभूति'का रूपमा आजसम्म सिंहदरबारमा झुन्ड्याइँदैनथे होलान् जहाँ भगौडाहरूमाथि कडा कारबाही गर्ने जनसेनाको आधारसमेतमा टेकेर प्राप्त प्रधानमन्त्रीका पदमा माओवादी नेता बिराजमान छन् भगौडालाई अपराधसरह मानिने सैनिक मुख्यालयहरूमा उनका तस्बिर राखिएकै छन् ऐतिहासिक तथ्य केलाउने हो भने अन्ततः बलभद्र कुँवरले युद्ध छोडेर हिँडेकै थिए भन्ने थाहा हुन्छ

सुनेपढेेकै कुरा हो सन् १८१४ को अग्रेंजसँगको युद्धमा नालापानीको मोर्चामा लडाइँको नेतृत्व गर्दै थिए बलभद्र कुँवर जो त्यस बेला २५ वर्षका पनि पुगेका थिएनन् 'उनले बहादुरीका साथ लडे ' उनका बहादुरीका बारेमा स्कुलमा जे पढाइयो हामीले त्यही जान्यौं लडाइँ जितेर र्फकनु, पछि नहट्नु, बरु लड्दालड्दै मर्नु लडाइँको नियम हो सायद त्यस्ता सैनिक वा सेनापतिलाई बहादुर भनिन्छ पछि हट्नै परे पनि जुन देशले लड्न पठायो त्यही देशमा आफूलाई दाखिला गराउनु तर मैदान छोडेर अन्तै नभाग्नु मैदान छाडेर भाग्नेलाई  भगौडा भनिन्छ तर ती कँुवर काजीले लडाइँको मैदान मात्र छाडेर हिँडेनन् देशै छोडेर हिँडे मुलुकबाट नै पलायन भए पन्जाबका रणजित सिंहको सेनामा भर्ती भए लडाइँकै क्रममा उतै कतै अफगानिस्ताको सिमानातिर अन्तिम श्वास फेरे तर त्यो मुलुकका लागि थिएन सैन्य बलका भरमा सिमाना विस्तार जोगाउनुपर्ने त्यस समयमा मुलुकका लागि लडे पनि आखिरीमा उनी अर्काको फौजमा पुगेका थिए इतिहास लेखनमा आलोचनात्मक चेतको अभावका कारण वा शक्तिशालीले निर्माण गरेको ज्ञान वा परिभाषा नै हाम्रो पनि परिभाषा बन्ने गरेको कारण होला बलभद्र हाम्रा विभूति बनेकै छन्  

तीव्रतर हिसाबले साम्राज्य विस्तारमा रहेको बि्रटिसले उनलाई बहादुर भन्यो आफूले बहादुर सेनापतिलाई हराउन सफल भएको गाथा लेख्यो हुन उसले अरू पनि पराजित वा हराइएकाहरुलाई पनि बहादुर भन्यो नै तर त्यसैबखतको लडाइँमा पाल्पासम्म चढाइ गरिसकेको अंग्रेज फौजलाई खेदेर सीमा कटाउने सेनापतिलाई उनीहरूले बहादुर ठानेनन् देसको सीमा रक्षा गर्ने ती सेनापतिका बारेमा हामीलाई स्कुलमा पनि पढाइएन उजिर -वजिर ?) सिं थापा -मगर) गुमनाम रहे  

कुनै लडाइँ नै नलडी जनरल भएका भीमसेन थापाले १८१६ मा सुगौली सन्धि सकारेपछि सकिएको त्यस अंग्रेज-नेपाल युद्धको वृत्तान्त वा अपवृत्तान्त हामीले बेलायतीहरूको लेखोटबाट पायौं आफ्ना शत्रु सेनाका मुखियाहरूले लेखेको औपनिवेषिक वृत्तान्तहरूमा हामीले आफ्नो इतिहासको अनुहार खोज्यौं  

यसरी सुगौली सन्धिभन्दा पहिले नै लाहोर -पन्जाब) मा गएर भाडाका सेनाका रूपमा अरूका देसका सीमा रक्षा वा साम्राज्य विस्तारका लागि मर्ने परम्परा अर्थात् लाहुरे परम्परा उनै हाम्रा 'विभूति' काजी बलभद्रले सुरु गरेका थिए त्यस यता हाम्रा 'वीर'गोर्खालीहरू मूलतः अंग्रेजका लागि लडी नै रहे, आजपर्यन्त दुई महासमरमा तिनै अंगेजका तर्फबाट आफूलाई होमे अंग्रेजका लागि अनेक युद्ध जितिदिए आफू भने सधैं हारिरहे  

शासकहरू, जित्नेहरू ठूला मान्छेहरूको वृत्तान्तलाई मात्र हामीले इतिहास ठानिरह्यौं सायद आम तथा साधारण मानिसको इतिहास पनि हुन्छ भन्ने कुराको हेक्का नै नभएझैं एकाध अपवादबाहेक हाम्रा अधिकांश इतिहासकारहरू तिनै वृत्तान्तहरूको पुनर्मुद्रण गरी नै रहे  

एउटा संयोग तिनै गोर्खा भर्तीका निवृत्तहरूलाई एउटा पीडा बल्भिmएछ कि गोर्खालीहरूको इतिहास सधैं अंग्रेजले लेखेको मात्र किन पढिन्छ, पढाइन्छ ? उनीहरूलाई आफू जस्तैले लेखेका आफूजस्तै मान्छेको इतिहास पढ्न नपाउँदा आफ्नो विगत वर्तमानबीचको कडी स्थापना गर्न नसक्नुको पीडा भएछ आफ्नाबारेमा भएका भ्रमपूर्ण अफवाहहरू चिर्न नपाउँदाको पीडा भएछ बि्रटिस साम्राज्यले 'मान्छेको मासु खाने रक्तपिपासु हत्यारा मेसिन' को रूपमा प्रचार गरिरहँदा पनि टुलुटुलु हेरी बस्नुको पीडा असह्य भएछ  

त्यो पीडा दुई दशकदेखि भूतपूर्व गोर्खाहरूको अधिकारका लागि लडिरहेका भूपू गोर्खा पदमबहादुर मार्फत ब्यक्त भएछ लेखन सारथि बनेछन् झलक सुवेदी, परिणामस्वरूप एउटा लोकरुचिको किताब 'बि्रटिस साम्राज्यका नेपाली मोहरा गोर्खा भर्तीको नालीबेली' प्रकाशित भएको हिमाल किताबले छापेको उक्त किताब यसरी साम्राज्यवादीका उपनिवेष विस्तारमा 'मोहरा' बनाइएकाहरूको नै उत्तर औपनिवेषिक चिन्तनको उपज बनेको लेखकको दाबी अनुसार यो पुस्तक 'लाहुरे, लाहुरेनी तिनका सन्तानले बेहोरेका दुःख, तिरस्कार अपमानका घाउहरू' को वृत्तान्त हो यसर्थ पनि अनुमान गर्न सकिन्छ कि तिनै गोर्खाहरू, तिनका सन्तानहरू तत्कालीन समय समाजमा रुचि हुनेहरूले अब यो इतिहास एउटा उत्कण्ठासहित पढ्नेछन्  

गोर्खा भर्तीको नालिबेली भनिएको यस किताब किन पनि रुचिकर लाग्दछ भने यो इतिहास लेखनको परम्परागत ढर्राबाट मुक्त लेखकले विधा-भञ्जन गरेका छन् रे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला यसै भन्दै हुनुहुन्थ्यो पुस्तकको लोकापर्णको बेलामा पदमबहादुर स्वयम् तथा अन्य केही भूपू गोर्खाहरू लडाइँमा मरेका लोग्नेका पेन्सनमा आश्रति लाहुरेकी विधवाहरू मार्फत उनीहरूकै जीवन वृत्तान्त लेखेका छन् झलक सुवेदीले थोरै भए पनि लाहुरेको सन्तानको मनोदशालाई पनि उधिन्न भ्याएका छन् उनले समाजशास्त्रीहरूले भन्ने गरेको जस्तो ब्यक्ति फगत उसको जीवनमात्र बाँच्दैन बरु समाज समय पनि बाँच्दछ अर्थात् ब्यक्तिको जीवन अध्ययन मार्फत हामी बाँचेको समाज समय पनि बुझ्न सक्दछौं लेखकका रूपमा सुवेदी यस प्रयासमा केही हदसम्म सफल छन् त्यसो भए यसलाई सामाजिक इतिहास लेखनको पृथक् शैली भन्न सकिएला कि ? यो लोकपि्रय इतिहास हो इतिहासवेत्ता प्रत्युस वन्तको ठहर  

खरो प्राज्ञिक लेखन शैलीको अभ्यासमा कमी भएका कारण सायद, अनि इतिहासप्रतिको दृष्टिकोण अपेक्षाकृत रूपमा परिस्कृत पारी नसकेका कारण सायद, वन्तले भनेझैं यसलाई लोकपि्रय इतिहासभन्दा माथि उठ्न नदिएको पो हो कि ! जे होस्, कुनै दिन पुस्तक समीक्षा गरिएछ भने यसका सवल दुर्वल पक्षहरूको चर्चा विस्तारमा गरौंला अरूहरूले अहिले पनि गरिरहेकै छन् तर यस पुस्तक यतिबेला सन्दर्भमा आएको कारणचाहिँ जनताको पनि इतिहास सम्भव भन्ने कुरालाई सद्धोरहण छलफल गर्नका लागि हो  

इतिहास भाटगिरी होइन, चाहे त्यो राजामहाराजाको होस् कि कुनै दल वा नेता/ब्यक्ति विशेषको होस् इतिहासले आम मान्छेहरूको संघर्षको कथा बनोस्, तिनको ब्याख्या विश्लेषण गरोस् आजको उपलब्धिका लागि हिजो तिनले गरेका योगदानका मूल्याङ्कन गरोस् तिनका उपयुक्त अध्ययनले नै हामी बाँचेको जगत्मा परिवर्तन सम्भव थियो, हुनेछ भन्ने सिकाओस् तर विडम्बना हाम्रा सन्दर्भमा त्यसो हुन सकिरहेको छैन प्रयासहरू सुषुप्त अवस्थामा मात्र छन् आफ्ना नागरिकलाई इतिहासको शिक्षा किन कस्तो दिने भन्ने राज्यले महत्त्वकासाथ निर्णय गर्नुपर्ने कुरा हो हाम्रो राज्य यस प्रश्नमा निकै बोधो  

पञ्चायतकालका शासकहरू यस मामिलामा केही सिपालु थिए त्यतिबेला सामाजिक शिक्षा पढेकाहरू आज पनि त्यो महसुस गर्लान् सायद त्यतिबेला शासकको विचारलाई राज्यको विचारका रूपमा स्थापित गर्न सामाजिक शिक्षामा खास ध्यान दिएका थिए जुन आज अभाव हाम्रोजस्तो लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने चुनौती अझै विद्यमान रहेको मुलुकका लागि यो झन् अपरिहार्य जस्तै हुन आउँछ

वंशावली, तिथि मिति घट्नाक्रम कण्ठ पारेर तिनका पुनरावृत्त अपब्याख्याका भरमा इतिहासकार भइरहन सकिँदैन भन्ने कुरा अब भनिरहनुपर्ने विषय रहेन नै समाजशास्त्री इतिहासकारहरूको नयाँ पुस्तासँग आग्रह अपेक्षा गरौं कि उनीहरू 'अग्रज'को बिँडो थामेर मात्र नबसुन्, आलोचनात्मक चेतसहित समाज बुझ्ने व्याख्या गर्नेतिर लागुन्

अन्त्यमा झलक सुवेदीको उपरोक्त गोर्खा भर्तीको नालिबेलीमा एउटा निष्कर्ष निकालिएको कि गोर्खा भर्ती नेपाली निधारमा एउटा 'कलङ्क' हो एउटा 'कालो धब्बा' हो प्रत्यक्ष-अप्रत्यक्ष सिफारिस गरिएको कि यो परम्परा बन्द हुनुपर्दछ एउटी लाहुरेकी सन्तान कला कोयुले भूपू गोर्खाहरूको आन्दोलनको संक्षिप्त समीक्षा गर्दै लेखेकी थिइन, '...कतिपयले हचुवाका भरमा गोर्खा सैनिक भर्ती रोक्नुपर्दछ भनेर आवाज निकाल्ने गरेका छन् तर गज्जबको विडम्बना के  

भने सरकारको नीतिले नै वैदेशिक रोजगारीमा जोड दिने गरेको युवाहरूलाई सुलभ ऋण भन्दै बोझ बोकाएर खाडी मुलुकको बालुवामा पसिना बगाउन पठाउने नीति देशकै योजनाभित्र पर्दछ तर तुलनात्मक रूपले सुलभ सुरक्षित बेलायती-भारती सरकारको सुविधा पाउने भर्ती केन्द्र बन्द गराउने विचार राष्ट्रको आन्तरिक सत्यसँग मेल नखाने तथा खोक्रो आदर्शद्वारा निर्देशित काँचो विचार मात्र हो ' छलफल अझै जारी

प्रकाशित मिति: २०६९ असार ३० ०९:४७ (The Kantipur National Daily)

No comments: