ध्रुव घोताने गुरुङ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ९८४९६२२६५३ dhurbaeng@gmail.com |
विश्वमा खासगरी तीन प्रकारका मानवजातिहरू प्रचलनमा रहेको पाइन्छन् । आर्यन, मङ्गोल, निग्रो र ककेसियन, मङ्गोलियन भोट बर्मेली, ड्राभिडियन र प्रोटो–अस्ट्रोल्योइट गरी चार भाषिक वर्णका मानिसहरू वसोवास गर्दै आएका छन् । जसमध्ये मंगोल मूलको मंगोलियन भोट वर्मेली भाषा परिवारअन्तर्गत राई, लिम्बु, तामाङ, शेर्पा, थकाली, मगर, लगायत आदिवासी जनजातिहरू आजभन्दा करिव ५ लाख तीस हजार वर्ष अगाडि चीनको राजधानी (पेइच्ङि) हाल बेईजिङको दक्षिण–पश्चिम भागको चौ खौ तेन भन्ने जंगलको लोंगकु पहाडको गुफामा वस्ने मान्छे जसलाई (जाभामेन) भनिन्थ्यो । उसैको सन्तानहरू फैलिएर आफ्नो आहाराको निमित्त शिकार खेल्दै चोमोलुङ्मा पहाडको गुफा तिब्बतको छार्का भोट लार्के भन्ज्याङ हँुदै मान सरोवर हिमाल पार गरेर नेपाल प्रवेश गरेको कुरा प्राचीन किराँत मुन्धुम इतिहासमा भेटिन्छ ।
हामी तमू (गुरुङ) हरू चो–नासाको प्येता ल्हुताअनुसार पश्चिमी मंगोलियाको सातकुण्डहरूको ताल जसलाई तीन पहाडहरूको चुचुराले घेरिएको सा–नासा, तोदो–नासा, सी–नासाको विभिन्न क्षेत्रहरूवाट दक्षिणी चीनको भू–भाग हुँदै जग्गा अवादि र न्यानो खोज्ने क्रममा पहिलो शताब्दीभन्दा अगाडि मुस्ताङ आएर बसेका थिए । हामीहरू प्रकृति पूजारी वोन्पो धर्मको अनुयायी थियाँै । त्यस समयमा तिब्बतमा स्रोङचङ गम्पोको राज्य स्थापना भएको थिएन । (थकाली २०१०) तमुहरू चीनको हुण जातिबाट छुिट्टएर आएको हो । (शर्मा २०३९) नेपालको अन्नपुर्ण हिमश्रृङखला र माछापुच्छ«े आसपासबाट न्यानो र शिकारको सिलसिलामा एउटा मृग खेदाएर लैजाने क्रममा एउटा स्थानमा आइपुग्दा मृग मारेर त्यसै स्थानमा पोली पकाई खाए जुन स्थानलाई कोहोला सोन्थार भनिन्छ । त्यस स्थानमा कुनै वीउ विजन छरेर गएपछि ३÷४ महिनाको अन्तरालमा राम्ररी सप्रेर आएको देखेर उक्त स्थान मानववस्ती बसाल्नको लागि उपयोगी ठहराई वसोवास गर्न थाले । जुन स्थान कास्की जिल्लाको नामार्जुङ देउराली गा. वि. स. ३१०० मिटर उचाईमा पश्चिम लमजुङ नजिक अवस्थित रहेको छ । तमू राष्ट्रिय परिषद् र वेलायती अनुसन्धान विद्हरूको टोलीले त्यस स्थानमा तीन वटा महत्वपूर्ण प्राचीन ऐतिहासिक भग्नावशेष पत्ता लगाएको थियो ।
क) पुरानो भत्केको भवन
ख) दैनिक प्रयोग गर्ने परम्परागत पोशाक र भान्सामा प्रयोग हुने सामानहरू
ग) पुरानो ढुङ्गाको जाँतो आदि वस्तुहरूले तमू जातिहरू त्यस स्थानमा पहिलो शताब्दीभन्दा अगाडि वसोवास रहेको उल्लेख पेयेता – ल्हुतामा पनि उल्लेख गरिएको छ । (डा. ओम गुरुङ, २०११) समयको अन्तरालसँगै त्यहाँबाट परिवारहरूको सङ्ख्या बढेकाले अन्य क्षेत्रमा छरिएर मनाङ, गोरखा, लमजुङ्ग, कास्की, तनहँु, स्याङ्जा र पर्वतमा फैलिएर बस्न थाले ।
तमू र गुरुङ शब्द नामकरण भएको बारे
‘तमू’ शब्दमा ‘त’ भन्नु बन्चरो वा वज्र हो र ‘मू’आकाश हो । ‘तमू’को अर्थ आकाशमा गर्जिने बज्र ¬(चट्याङ) हो । ‘तमू’ जाति नौ महागुरूहरू र सात माताको सन्तानहरू भएकाले गुरुबाट गुरुं भनी गुरुको रूपमा चन्द्रविन्दु थपी ‘गुरुं’ (गुरुङ) भएको भनाई छ । नेपालको तान्त्रिक बोन लामाहरू जो आफ्नो शक्ति प्राप्ति होस् भनी तुम्मो मातालाई पूजा गर्छन । उनैको छोरा गुरु ह्रिमरछे वुद्ध प्रकट भयो । उसैको सन्तानलाई तुम्मोबाट अपभ्रंश भई कालान्तरमा तमू (गुरुङ¬) भनिएको हो । (तमू ह्यूल छाेंज धीँ जिल्ला कार्य समिति, गोरखा–टेक ब.गुरुङ¬¬¬¬¬¬¬) तमूहरूको घना वस्तीहरूलाई व्यवस्थापन गर्दै धर्म–संस्कृति, आर्थिक, सामाजिक र राजनैतिक अवस्थालाई व्यवस्थापन गर्न तमूहरूको समूहबाट राजाको रूपमा घले (क्ले) ले १६ औं शताब्दीसम्म शासन सञ्चालन गर्दै आएको पाइन्छ । प्रशासनिक हिसाबले नौ क्षेत्रमा विभाजन गरी शासन सञ्चालन गरेको थियो । प्रशासन संचालन गर्नको लागि गाँउ प्रमुखहरू मुखिया, जिम्मावाल, खेगी (तमु पुरोहित) र चिवा (बुद्धिजिवी) हुन्थें । उनीहरूद्वारा राज्यमा शान्ति सुरक्षा, न्याय, निसाफ, विकास निर्माणका कार्यहरू गर्नका लागि प्रमुख प्रशासनका रूपमा नाल सभामा हप्तौं तथा प्रन्धौ दिनसम्म छलफल गरी योजना तर्जुमा गरी कार्यन्वयन गर्थे । आफ्नो रीतिरिवाज तथा सामाजिक, आर्थिक, शैक्षिक स्थिति संचालन गर्नको लागि क्ले धी (गाँउ मुलियाको घर) कोहिइबु धी (गुरु घर) रोधी (सांस्कृतिक घर) र छोज धी (नालसभा) आदि प्रचलनमा थिए । (डा. गुरुङ २०११)तमू संस्कृति |
घनपोखरा हातपार्न क्युवुख्याल र सवख्याल लामा वंश, पुरुख्याल लामिछाने वंश र कौरख्याल घोताने वंश (गुरुङ २०४१) हरूको प्रयोग गरी राज्य हत्याए । यसरी तमू राज्यहरू विदेशी साम्राज्यवादीहरूको हातमा पारी तमू राज्यको सार्वभौम सत्ता र शक्तिलाई राज्य एकीकरणको नाममा अधिकरण गरेका थिए । त्यसबेला ब्राह्मण र शाह मिलेर तमूहरूलाई षड्यान्त्रपूर्वक जालसाजि गराई सार्वजनिक स्थानीय शासनमा समान रूपमा अवसर दिने र शाहवंशी राजालाई राजाको रूपमा स्वीकार्नु पर्ने कुरा गरे । वि. स. १५५९ मा गोरखाका १८ जना घले र तमू उमरावलाई हिन्दु धर्ममा जबर्जस्त परिणत गराए । त्यस्तै वि. स. १५९४ को फागुन ९ गते राजपरिषद्का पण्डित भोजराजले तमूुहरूलाई गोत्र भिराए जतिबेला कास्कीकोटमा जगतीखानराजा थिए । (पिग्नेदी १९७७) आजसम्म हामीमाझ कपोलकल्पित भ्रमहरू फैलाइए । मंगोलहरू विशेषत ऋषिमुनिहरूको सन्तान नभएको समूह तमूहरूलाई आठ जना ऋषिमुनिहरूका नाम अनुसार क्र्रमश विश्वामित्र, जबम्दग्नी, भारद्धाज, गौतमी, अत्री, वशिष्ठ, कश्यप र अगत्स्यका आधारमा मंगोल नश्लका तमूहरूलाई गोत्र बाँडेका थिए । वि. स. १५५९ मा घले राजालाई तमूहरूबीच झगडा लगाई शक्ति क्षीण बनाएपछि दाम्लोले बाँधी मन्दिर पु¥याई भोग दिएको थियो ।
वि. स. १८५४ मा मुलूकी ऐन जारी भयो जसले समाजलाई ठूलो विभाजनको भुमरीमा फसायो । तागाधारी (क्षेत्री ब्राह्मण) मतवली, पानि नचल्ने छोई छिटो हाल्नुपर्ने, छोईछिटो हाल्नुनपर्ने आदि चलन स्थपित भयो । वि. स. १८८५ को ताम्रापत्रमा सबै तमूहरू वरावर हुन भनेर भारदारी फैसला गरेका थिए । त्यसपछि समयको अन्तरालसँगै तमूहरूलाई चार जात र सोह्र जातिमा विभाजन गरी तमूहरूलाई एक हुन दिएन, साथै ताम्रपत्रको सहायताले तमूहरूको पराम्परागत रूपमा गाई गोरुको मासु खाँदै आएको तमू
हरूलाई गिर्वाणयुद्धविक्रम शाहको पालादेखि राँगा भैसी खान बाध्य पारियो । आफ्नो पुरोहितलाई (लामा, पच्यूँ र क्लेप्प्री) पुज्न छोडाएर ब्राह्मण पुरोहितको खुट्टा ढोग्न राजेन्द्रविक्रम शाहको पालादेखि अझ कडाइका साथ गर्न लगाइयो ।
धर्म संस्कृति र चालचलन
तमूहरू सुरूमा वोन धर्मको अनुयायी थिए । समयको अन्तरालसँगै वोन लामा, पच्यूँ लामा र क्लेप्री लामाहरूको प्रयोग गरियो । आज हामी वुद्ध धर्मको अनुयायी भएका छौं । वोन धर्म प्रकृति पूजक कन्फ्युसियस्ले चीनमा चलाएका थिए । नेपालका तान्त्रिक वोन लामाहरू जो आफ्नो दैवी शक्ति प्राप्ति होस् भनी तुम्मो मातालाई पूजा गर्दथें । तूम्मो माता तिब्बतकी प्रथम स्त्री हुन् उहाँको गर्भबाट सन्तानको रूपमा एक छोरो जन्मियो जो गुरु ह्रिमरछे वुद्धको रूपमा प्रकट भएपछि तमूहरूले बुद्ध धर्म मानेको विश्वास गरिएको छ । तूम्मो माताको सन्तान भएको कारण तूम्मोबाट अप्रभंश भई तमू भएको कुराको ठोस प्रमाण वोन लामाहरूको रहिआएको छ ।
तमूहरूले मान्ने विभिन्न देवताहरूमा फाइलु (मनकाल), लु (नागदेवता) सिमु (प्रकृति देवता¬) र तूम्मो देवी (दैविशक्ति प्राप्त देवी) जो हतियार विनाको देवी आदिको पूजाआज वर्षको दुई पटक गर्ने चलन रहेको छ । प्रत्येक तमूको घर अगाडि पाँच प्रकारको रङ् भएको झण्डा राख्ने गरिन्छ, यो वैशाख पूर्णिमाको वुद्ध जयन्ती र पौष १५ गते ल्हो फेरिएपछि फेरिने चलन छ जसलाई लुङ्ता वा लुङदार भनिन्छ । ‘लुङ’हावा, ‘ता’ घोडा आदिले पुकारिन्छ, यो ५ रङले निलो, सेतो, हरियो, रातो र पहेँलो क्रमश आकाश, बादल, वनजंगल, अग्नि र पृथ्वीको गर्भ भाग हो भनी नामकरण गरेको छ । त्यसको साथै यसलाई क्रमश वुद्धको कपाल, दाँत, वुद्धको तेज, रगत र उसले लगाउने कपडा (चिवर¬) आदिले पनि पुकारिन्छ । यस प्रकारको झण्डा अमेरिकी नागरिक हेनरी स्टिल वालकोटले सन् १८८५ मा बनाएका थिए । तमूहरूको चाडपर्वमा वैशाख पूर्णिमा, तमू ल्होछार (पौष १५) आदि हुन् भने नाचहरूमा घाटु र सोरठी मुख्य हुन् । घाटुनाच वैशाख पूर्णीमाको समयमा (अप्रिल– मेई) र सोरठी नाच दशै तिहार विचमा नाचिन्छ । यो नाच कुनै राजारानीको कथामा आधारित भएर नाच्ने चलन छ । छ्याडु अर्को प्रकारको नाच हो जुन मृत व्यक्तिको वर्खान्तमा नाचिन्छ । पुटपुटे नाच छोराछोरी जन्मेको छैटौँ दिनमा हर्साेल्लासको रूपमा नाचिन्छ । ट्होटे नाच समाजलाई भूत प्रेतको भयबाट जोगाउन विभिन्न प्रकारको वहूरूपी पहिरन लगाएर चर्को रूपमा बजागाजाको साथ नाचिन्छ । यो विशेषत चैत्र महिना अन्तिम मंगलबारका नाच्ने चलन छ । तमूहरूको संस्कारमा अझै पनि उधौली र उभौली पूजा गरी नयाँ अन्न भित्र्याउने चलन छ ।
तमूहरूमा जन्मदेखि मृत्युुसंस्कारमा फसिफिवा (जन्म¬) कैन्कोवा (खाना खुवाउने) क्राकबा (कपाल काट्ने), पुटपुटे नाच (बच्चा जन्मेको छैटीमा), ङ्गेक्रवा (विवाह) सिम्हितेह्रने (मृत्यु) र पये – अन्तिम मृत्यु संस्कार आदि हुन् । खानेकुराको परिकारमा पनि यसको आफ्नै प्रकारको रहेको छ । ढिडो नारिपा ( अन्नको रस) कैन खु (पकाएको खाना) आदि हुन् ।
तमूहरूको ल्होसार भन्नाले नयाँ वर्ष भनिन्छ । जम्मा ल्होहरू १२ वटा हुन्छन्, प्रत्येक वर्षको पौष १४ गते वेलुकासम्म एउटा ल्हो को समाप्त भई पौष १५ गते विहान अर्काे ल्हो सूरू हुन्छ ल्हो फेरिने हुनाले ल्होसार रहन गएको हो । कुनै व्यक्तिको जन्म मृत्यु हूँदा जुन ल्हो चलेको हुन्छ उ त्यस अन्तरगत पर्छ । प्रत्येक ल्हो पौष १५ बाट सुरू भई अर्को पौष १४ गते राति सम्म एउटै ल्हो हुन्छ । ल्होहरू क्रमश मुसा ( घ्यु ल्हो ), मृग (फो ल्हो ), कुकुर ( खि ल्हो ), चरा (च्ह्या ल्हो ), वाँदर (प्र ल्हो ) भेडा (ल्हु ल्हो ), घोडा ( ता ल्हो ), सर्प ( सप्रि ल्हो ), गरुड (मुप्रि ल्हो ), विरालो ( हि ल्हो ) वाघ ( तो ल्हो ) र गाई ( ल्वो ) हुन् । वुद्धले सबभन्दा पहिले जीवजन्तुमध्ये यिनीहरूलाई दिइएको धर्माेपदेश मिथक रहेको छ । ल्होछारमा पुरानो ल्होलाई विधिपूर्वक लामा गुरूहरूद्वारा विदाई गरी नयाँ ल्होको सफल कामना सहित विधिपूर्वक गुम्बाहरूमा भित्र्यााइन्छ ।
आज वुद्धलिपि विश्वको पुरानो लिपि वनेको छ, जुन पाकिस्तानको पेशेवार शहरमा तीनपत्रे माटाको भाँडामा गुफाभित्र भेटिएको गान्धारी लिपि हो । यो पहिलो शताब्दीसम्म प्रचलनमा रहेको र चिनियाँ भाषा, तिब्बती, संस्कृत र पालि भाषा भन्दा ५०० वर्ष पुरानो रहेको विभिन्न विद्धानहरूको तर्क छ । तमू समाजमा आएको लिपि चाहि खेमा लिपि हो । यसको महान् सृष्टिग्रन्थ क्येर्लोमा उल्लेख भएअनुसार १२ ल्हो, ९ महागुरु ७ माङ्गी र एक पितृ गरी उनन्तीस व्यन्जन वर्ण सातमाङ्गी र एक मता गरी आठ स्वर रहेको छ । यस लिपिलाई २०५२ सालमा काठमण्डौंमा सम्पन्न तमू छोज धिको ऐतिहासिक प्रथम राष्टिय महाधिवेशन र पोखरामा सम्पन्न दोश्रो महाधिवेशनले पास गरेको हो ।
महिलाहरूले लगाउने पोशाकहरू — चोली (ब्लाउज), नुई (साडि जस्तो), फोगि (कम्मरमा बाँध्ने कपडा), टिकी (मखमलको सानो टुक्रा), क्रमु (कटनको टाउको बाँध्ने कपडा )
पुरुषहरूले लगाउने पराम्परागत पोशाकहरू — भोटो (चोली जस्तै), कास (सेतो आयातकार कपडा) फोगी (कम्मरमा वाँध्ने वेल्ट) र कुले (टोपी) तमूहरूको पुख्र्याेैली स्थानहरूको नामहरूः चिलीनास (सिकलेस), कुन (घान्दू्रक), घोङ्सो (थाक), पोह्जो (भुजुङ¬), कोइमले (घलेगाँउ) आदि स्थानहरूमा तमूहरूको परापूर्वकालमा सघन बस्तीहरू रहेको थियो ।
धार्मिक पूजारीहरूमा पच्यूँ, क्लेप्प्री र वोनलामाहरूद्धारा सामाजिक रीतिरिवाजहरू सम्पन्न गर्ने गरेको थियो । विशेषत शुभ अशुभ कार्यहरूको विभाजन यसप्रकार थियो । पच्युँलामाले विरामी मानिसलाई झारफुक गरेर निको पार्ने र मृत व्यक्तिलाई नराम्रो पे्रतात्मावाट जोगाउने वा छुटाउने आदि । क्लेप्प्रीले मृत व्यक्तिको आत्माको शुद्धीकरण गरी स्वर्ग पठाउने प्रमुख कार्य थियो । बोन लामाले व्यक्ति परिवार समाज तथा राष्ट्रको स्वस्ति शान्ति र समृद्धिको कामना गरी सबैको भलाई गर्ने कार्य चलन चल्तीमा थियो ।
विवाह र मृत्यु संस्कार
विवाहमा विशेषत चोरी विवाहभन्दा मागी विवाहको बढी प्रचलन रहेको छ । आफ्नो तमू राज्य अस्तित्वमा रहँदा अन्य जाति तथा वर्गसँग रहनसहन र स्तर नमिल्ने भएकाले आफ्नो घरको सम्पत्ति आफ्नैमा परोस, आफन्तभित्रमा आफन्तै मान्छे सासु ससुरा र बूहारी हुँदा चेलिबेटीको हेलाहोचो नहोस् भनेर मामाको छोरीलाई मगनी विवाहवारी चलेको यथार्थ हो । तमू परिवार एकल परिवारमा नभई सामूहिक परिवारमा बढी रुचि रहनाले यस्तो हुन गएको हो । त्यस वाहेकको चोरी विवाह पनि प्रचलनमा छ, तर अन्तरजातीय विवाहलाई आजसम्म र।म्रो मानेको छैन । आजको युगमा छोराछोरीको ईच्छामा अन्तरजातीय विवाह उन्मुख भए तापनि आफ्नो आमावुवा तथा मान्यजनहरूबाट तिरस्कृत तथा हीनता बोधका साथै वुढेसकाल पुगेका आमावुवाको चित्त दुखाउन नहुने कुराले बढी भूमिका खेलेको पाइन्छ । विवाह गर्दा पहिले घर भित्र्याइन्छ त्यसपछि विवाह गरिन्छ । चोरी विवाहमा चल्दोमिल्दो कुटुम्बको केटा पक्षको मान्छेले रोटी र कठुवा रक्सीको पोङ्ग लगेर तपाँईहरूको छोरीचेली हामीसँग छ भनेर चोरी लगेको तीन दिन भित्रमा चोरको जरिवाना बुझाउने चलन छ । रोटी, रक्सी, पोङ्ग सहित केही पैसा पनि राख्ने चलन चलेको छ । फुपूको छोरी रोजी–रोजी मामाको छोरी खोजी– खोजी भन्ने चलन छ ।विवाह गर्दा लामा वोलाई एक सय आठ बत्तीहरू वालेर विधिपूर्वक गरिन्छ । वेहुलावेहुलीको ग्रह शान्ति सहित कपडाहरूमा पनि फुकफाक गरेर लगाइदिने चलन छ । घरमा लुङ्ता गाड्ने पनि गरिन्छ । विवाहमा वेहुली पक्षले मावली पक्षलाई खसी दिने चलन छ । उक्त खसीको मोल मावलीहरू मिलेर गरेपछि नगदको रूपमा भान्जीलाई दिने गरिन्छ । केही समयपछि पाइला फर्काउन वेहुलावेहुली ससुराली आउने चलन छ । विवाह गर्दा सबभन्दा पहिले ल्हो मिलेमा मात्र गर्ने चलन रहेको छ । विवाह र मरिमरउमा जतिवेला पनि मावलीको उपस्थितिलाई अनिवार्य मानिन्छ । त्यसैले तमू परिवारमा मावलीलाई सबभन्दा महत्वपूर्ण अंग मानिन्छ । विवाहमा बेहुलापट्टिको मान्छेले फलामको तीरमा रातो कपडाको ध्वजाले उखुको बोट साथ लिएर अगाडि हिड्छ । पोङ्ग्मा सालको पातको उल्टो छोपेर रातो ध्वजाले पोङ्गको घाँटीमा बाँधेर दहीको ठेकी, केरा, रोटी, एक माना चामाल, चार पैसा दाम राखेर घरको ढोकाको दुईपट्टि वत्ती बालेर पूजा गर्छन् । आ–आफ्नो सरजाम तीन पटकसम्म साटासाट गरेपछि सम्धी–सम्धिनीहरूले प्रसादको रूपमा ग्रहण गर्न सम्धीको घरभित्र पस्छ । वेहुली लिएर आउँदा घरका चेलीबेटीहरूले ढोकामा छेकेर पैसा र कपडा माग्ने चलन छ । उनीहरूलाई दिने वाचा भैसकेपछि वेहुली भित्र्यााइन्छ । घरभित्र जाने क्रममा सात ठाउँमा सात पाइलाको अन्तरमा चामालको थुप्रो माथि वत्ती वालेको हुन्छ र अन्त्यमा सासुससुरालाई ढोग गरिसकेपछि वुवा आमाले सेतो वा पहेलो टीका लगाइदिने चलन छ । हाम्रो मंगोल समुदायमा सिंदुरको सट्टा दुवो र ढुङ्गा हातमा राखिदिने चलन भए तापनि हिन्दु समाजको अतिक्रमणको कारण आजकाल सिन्दुर लगाउने चलन रहेको छ ।
मृत्यु संस्कार
तमूहरूमा आफ्नो वुवाआमाको लाशलाई दागवत्ती दिने कार्य छोराछोरीले नभई लामा गुरुहरूले विधिपूर्वक दागवत्ती दिने चलन छ । तमूजातिहरूमा (ब्ह्रर्दाे–स्योइ) –यो शरीर त्यागेर अर्काे शरीर प्राप्त नगरून्जेलको मध्यकालीन अवस्थालाई भनिन्छ । जसअनुसार मानव शरीरबाट प्राण जाने द्वार अर्को जन्म लिन जाने जन्मस्थान दश वटा वताइएको छ ।प्राण जाने द्वार अर्को अर्को जन्म
जन्म हुने स्थान हुने स्थान
क) नाभिबाट काम धातु देवलोक
ख) दुई आँखाको बीच भृकुटी रूप धातु देवलोक
ग) तालुत्रबाट अरूप धातु देवलोक
घ) नाकबाट गन्र्धव लोक
ङ) कानबाट किन्नर लोक
च) आँखाबाट मनुष्य लोक
छ) मुखबाट प्रेत लोक
ज) मुत्रद्वारबाट पशु लोक
झ) मलद्वारबाट नरकलोक
ञ¬) टुप्पीबाट मोक्ष प्राप्त गर्ने लोक
यसरी मोक्ष प्राप्त होस् भनी टुप्पी निकाली फोवा झिक्छ । फोवा गर्दा उपरोक्त दशवटा प्राण जाने द्वारहरू मध्ये क्रमैसँग नोै द्वार बन्द गरी अन्तिम वा दशाँैमा पर्ने टुप्पीबाट एउटा द्धार खोली मृतआत्मालाई मोक्षको बाटोमा पु¥याइन्छ । मृत व्यक्तिलाई जलाउन अघि गुम्बामा तीन पटक घुमाई गुम्बाभित्र राखिन्छ । विधिपूर्व पूजा गरी वाहिर चलाउन अगाडि घाटमा लामा गुरुहरूले चरु पोलेर खाल्डो खनी जलाइन्छ र टुप्पी वा टाउकाको खरानी अस्तुको रूपमा मृतकको परिवारको घरमा ल्याई रूखमा बाँधेर राखिन्छ । त्यसलाई कामको दिन अस्तु जलाउन ज्वाइँचेला तथा भान्जालाई लगाइन्छ । दाजुभाइहरूले चार दिनको दिनमा स्याकसुङ्ग गरेपछि नूनतेल चलाउने चलन छ तर किरिया बस्ने परिवार सदस्यहरूले चौध दिनमा मात्र नूनतेल चलाउने चलन छ । नेपालभरिको तमू जातिहरूको मृत्यु संस्कारलाई चौध दिनसम्म नूनतेल बार्ने चलनलाई सातसम्म मात्र बनाउन उपयुक्त ठानी देशभरी तमू छोजधीले पत्राचार तथा सुझाब संकलन कार्यक्रमसमेत गरेको थियो । यस सांस्कारिक प्रचलनसँगै छोरीचेलीको सासुससुरा श्रीमान् बितेको भएमा मावलीले सम्पूर्ण परिवारलाई एकसरो कपडा फेराई चोख्याउने चलन छ । मृत व्यक्ति मरेको चौध दिनमा एक सय आठ बत्ती बालिन्छ, भने फेरि उनन्चास दिनमा र एक वर्षपुगेको दिनमा पनि पूनः बत्ति बालिने चलन छ । क्रमशः चौध दिनको कामलाई अग्याँै भनिन्छ भने ४९ दिनको ४९ को बत्ति बाल्ने भनिन्छ । अग्यौँको दिन पनि छुट्टै प्रकारको लुङ्गता राख्ने चलन छ । यस प्रकारको संस्कार रहेको तमू जातिहरूलाई राज्य विहिन, पहिचान विहिन बनाइएपछि देशको विभिन्न क्षेत्रमा आवादि गर्दै जाने क्रममा मनाङ गाँउको थोराङपास डाँडा काटेर गए । आफ्नो शक्ति छिन्न–भिन्न बनाएपछि घले राजाको लड्ने कुरा भएन र अन्त्यमा तमूहरू नलड्ने अडान लिएपछि – पृथ्वीनारायण शाहको रणनीति भनेको सत्रुलाई सीधै नमारेर युद्धमा होमिदिने, सेनामा लडाएर स्वर्थपुर्ति गर्ने महत्वकाङ्क्षा अनुरुप¬) तमू परिवारको समूहबाट चार जनालाई कर्णेलको पद दिई ताम्रपत्र र लालमोहर दिलाए । त्यही लालमोहर नम्बरबाट मनाङ्मा जग्गा पास, विदेश पासपोर्ट, नागरिकता दिने चलन चलाए । त्यसै समयको अन्तरालमा राज्य एकीकरणभन्दा पनि अधिकरणका नाममा पूर्वमा २२ राज्यहरूमध्ये माझ किरात, वल्लो र पल्लो किरात शक्तिशाली भएको र फलाम काट्न फलाम चाहिएजस्तै गरी पश्चिमका सोझा–साझा गरुङ्ग र मगरलाई सेना वनाएर किरात राज्य आक्रमण गर्न लगाए । जबकि हामीबीच हुदै नभएको शत्रु तथा दुस्मन बनाएर लडाए । सँगसँगै आज हामी तमूहरूको धर्म–संस्कृति भाषाहरू सबै राजाले जुन धर्म मान्यो सेनाले सोही मान्नुपर्ने बनाएर पहिचान विहीन धर्म–संस्कृति र भाषाको ज्ञानलाई जरैदेखि निर्मूल पारी हिन्दुकरण गरिदिए । मगरहरूलाई पनि उनीहरूको साँस्कृतिक, धार्मिक, राजनीतिक आदि सम्पूर्ण रूपमा शून्य वनाइदिए । यति सम्म कि आर्यन र मंगोलमा मगरहरूको थर आगन्तुक जातिहरूले प्रचलनमा ल्याए । मगरहरूको थर मात्र पनि १३१७ फेला परेका छन् (पृष्ठ १५, मंगोल अस्तित्वको खोज) तमूहरुको पुर्खौली भूमि पश्चिम गण्डकी अञ्चल भए तापनि देशको विभिन्न क्षेत्रमा छरिन बाध्य भए । त्यस्तै केही मात्रामा तामाङहरू पनि पाइन्छ ।ं
बहादुर शाहको शासन कालमा सबै जातिहरूको ताम्रपत्र र लालमोहरहरू फिर्ता मागे । सबै जातिलाई बाध्य पारी बुझाउन लगाइयो । तर तमू परिवारका चतुर मानिने खगेन्द्रजङ्गले वुझाएन ।जसले गर्दा राजाले कर्नेलको नेतृत्वमा ५०० फौजका साथमा खगेन्द्रजंगलाई गिरफ्तार गरी मृत्युदण्ड दिने घोषणा गरे । तर फौन मनाङ पुग्नअघि नै उनी चीन प्रस्थान गरी दशवर्ष बिताए । सबैजातजातिहरूको लालमोहर जलाई नष्ट गरेकाले देशमा क्रान्तिको प्रारम्भ भयो । दशवर्ष पछि खगेन्द्रजंगलाई नेपाल आउन निमन्त्रणा गरियो जसलाई उनले धोका हो, भनेर अन्त्यमा निमन्त्रण स्वीकार गर्न कर लाग्यो । (चो घोण्डे वंशवली २०६८) त्यसवेलादेखि नेपालको शासकहरूले नेपालका मंगोल नश्लका जातिहरुको चिनियाँ, जापानी, कोरियन र वर्मेलीहरूसँग सम्बन्धविच्छेद नगराए हाम्रो लागि खतरा हुन्छ, भन्ने शासकहरूले बुझे । यी जातिहरूको जनसंख्य देशभित्र बढे हाम्रो लागि खतरा हुने र शासन टिकाउन नसकिने भएकाले छानी–छानी पहाडे जनजातिका युवाहरूलाई सिध्याउन षडयन्त्रपूर्वक गोरखा भर्तीलाई गतिलो अस्त्रका रूपमा लिई तत्काल विदेशी अंगेज साम्राज्यवादीहरूलाई खुशी पार्न भाडाको सिपाही बनाई वेचेपछि नेपालमा आफ्नो परिवार र सीमित जाति विशेषलाई आर्थिक, सामाजिक, साँस्कृतिक , राजनीतिक, धार्मिक शैक्षिक क्षेत्रमा हस्तक्षेप गर्दै हामीलाई आफ्लो आदिम भूमिमा शरणार्थी बनाए । आज आएर आर्थिक, सामाजिक, साँस्कृतिक , राजनीतिक, धार्मिक, मनवअधिकार, प्रेस स्वतन्त्रता आदिमा एकलौटी शासन जमाएर अर्काे तरिकाले हामीलाई सिध्याउन खोजेका छन् । यसरी देशभित्र र बाहिर हुँदै नभएको शत्रु, दुश्मन बनाएर हामी–हामी (मंगोल नश्ल)लाई लडाई रहेको छ । (गोरखा सैनिक आवाज, २०६९)
नेपाल सरकारको कर्नेल हस्तबीर तमू जागिरबाट अवकाश प्राप्त भई काठमाण्डौ छोडी रुम्जाटारमा वसाइँ सरे । त्यसै समयमा उनको दुई भाइ छोराहरू जन्मिए जेठा गंगाराम तमू (साधु) र उनका भाइ रावाखोलामा बसोवास गर्न थाले गंगाराम तमू (साधुले) १२ वर्ष वनमा तपस्या गरिसकेपछि घर फर्के । उसलाई त्यस स्थानमा बस्न मन नलागेपछि रावाखोलाको भित्रिया गाँउमा गई मेघी लामाको घरमा धुनी लगाएर वसे । केही दिनपछि आफ्नो तपस्या पूरा भएको ठानी चुल्ठा लट्टा, दाह्री, साधु भेषभुषा सबै धार्मिक स्थलमा सेलाएर मेघी लामाको घरमा आई उनैको छोरीसित विवाह गरे । त्यसपश्चात उनका चार सन्तानको जन्म भयो ।
क) जेठा — चामू तमू
ख) माहिला — मानसिङ तम्ुा
ग) साँहिला — रैनासिंह तमू
घ) कान्छा — कर्णवीर तमू हुन् ।
हामी एउटै पूर्खाको सन्तान (चो घोण्डे) रगतसँगको नाता देशका जुनसुकै स्थान क्षेत्रहरूमा छरिएर रहनु भए तापनि हामीबीच चिनजान छैन । संयोगले भेटघाट भए तापनि (नालीबेली) सबै कुरा सोधखोज हुँदैन यस कुरालाई मध्यनजर गर्दै देशका विभिन्न क्षेत्रमा छरिएर रहनुहुने दाजुभाइ तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइहरूलाई आफ्नो रगतसँगैको नातालाई पहिचान गरी सही सूचना प्रदान गर्नको लागि विगत एक दशक लामो खोजअनुसन्धाले विं सं २०६८ मा निम्न ब्यक्तिहरूको सक्रिय सहभागितामा चो घोण्डे वंशावाली निर्माणमा हाम्रो पूज्यनीय आदरणीय महानुभावहरु जसले हामीलाई र हाम्रा पुस्तालाई वंशावली अध्ययन सम्बन्धी निरन्तर खोजी कार्यमा सहज तुल्याउन हुने महानुभावहरु ः–
१) श्री कृष्णबहादुर तमू
२ं) श्री टेकबहादुर तमू
३) श्री दिलबहादुर तमू
४) श्री योगेन्दबहादुर तमू
५) श्री सुरेश कुमार तमू
यस वंशावली सम्बन्धी पुस्तक आफ्नै आर्थिक सहयोगमा निशुल्क वितरण गर्नु हुने श्रद्धेय वडावाावु श्री कृष्णबहादुर तमू चो घोण्डे वंशको ध्रुवताराको रूपमा हुनुहुन्छ । हामीले पूर्वाअञ्चल क्षेत्रका प्राय सबै जिल्लाहरूमा र सम्भव भएसम्मको वंशावली टिपोट गरिएका छन् । जसमा छुटपुट भएमा हाँगाको नाम नम्बर उपलब्ध गराउँदै दोश्रो प्रकाशनमा नेपालको पश्चिम क्षेत्र लगायतका देशभरिबाट छुटेका विवरण पठाइदिन हुन सम्पूर्ण सज्जन बुद्धिजिवी दजुभाइ, मामामावलीहरूमा विनम्र अनुरोध गर्दै यो वंशावली आज गंगारामदेखि एघार पुस्तासम्म आएको छ । खासगरी गंगाराम साधुको भाइ र कर्नेल हस्तवीर तमूको पुर्खाैली सन्तानहरूको सम्पूर्ण पुर्खाहरुको यथार्थ विवरण आएमा मात्र यो वंशावली पूर्णता पाउँछ नत्र अपुरो रहन्छ ।
सम्पर्क ठेगाना
सुरेश घाताने गुरुङ सुरुङ्गा–४, झापा मो. ९८४२७५४४१९
कृष्णबहादुर गुरुङ — धरमपुर –४, झापा
टेकबहादुर गुरुङ — गोलधाप – ९, झापा
दिलबहादुर गुरुङ — धरमपुर –५, झापा
सम्पादन मण्डल
बंशज खोज समिति
च्वो घोण्डे परिवार,
झापा, नेपाल ।
References
1.
Chemjong
Iman Sing,1967:History and Culture of Kirant People,Kathmandu
2.
Bista
Dor Bahadur,1967:People of Nepal,Ratnapustak Bhandar,Kathmandu
3.
Chane,
Mary Des :1996: Ethnography in the janajati yug : lesson from reading Rodhi and
other Tamu writings in nepali histry and society vol. 1
4.
Gurung
B.C. 2003 : Bon in the Himalaya, Kathmandu.
5.
Gurung,Dhan
Man,2009,A study Report on Kohl Sopre Toho,submitted to Tamu Hyul Chhonj- dhin
Gurung Rastriya parisad.Kathmandu
6.
Gurung
g.m.2064:sambidan savakoNirwachan ra Rajtantra ko auchitya,in tamuwan vol. 1
7.
Gurung
G.m,1995Report from a Chepang village(society,culture andecology)Kathmandu
8.
Gurung
homa Thakali(Tamu):2010,Tamu Gurung Gatko Utpati ra Dharma-sanskriti,lalitpur
9.
Gutung
Harka 2004Tamu Jati Ek Manthan in Jangati serofero,Nepal adibasi Janjati Utthan
Pratisthan jawalakhel
10. Gurung jag
man,2034:gurung Jati tatha Sanskrit,Kaski
11. Gurung jag
Man,2064:Gurung ko Nalsava,in Tamuwan vol.1
12. Gurung jag
man,2041:Nepal ko Ekikaranma gurungharuko Bhumika,Buddha Arghaun sadan Pokhara
13. Gurung Lhenge
Narayan,2010,Tamu samudaya ko Parsab Chitra,Adibasi janajati Utthan Pratisthan
Jawalakhel
14. Gurung Raj
kumar,2066:Ghatu nach,Kathmandu based on M.Phil.Thesis
15. Hodgson,Brian
H:1972:Essay on the language,literature and Religion of Nepal and Tibet,new
Dehli Manju sri publishing House
16. Macfarlane,Alan,1976:Resources
and population:A study of Gurungs of Nepal Cambridge:New York university press
17. Morris C.J.
1933:The Gurkhas:an Ethnology,Vivekanaada nagar delhi BR publishing
corporations
18. Sharma Janak
Lal,2039:Hamro samaj(Ek Adhyan),Kathmandu
19. Sharma,P.R,1978:Nepal-
Hindu –Tribal Interface,Contribution to Neplase Studies 6:1,1-15,CNAS Tribhuvan
University
20. Subedi Shikhar Nath,1991:Thar Gotra parwarawali
21. Gurung Ganesh
Man:The Gurung Culture:Preservation and promotion through Indigenous
Priests,Pore ta Vol.3,2068
22. Gurung Gopal:In
Quest of Mongol Entity and Doctorate(ph
D) on MNO
23. Gurkha Sainik
Awaj 2069: Baishak and Jestha
24. Suresh kumar
Gurung:Cho Ghondey Bansaj Khoj Samiti,Jhapa
25. Tek Bahadur
Gurung:Tamu Hyul Chhoja Dhin Jilla karya samiti Gorkha,2068
No comments:
Post a Comment