![]() |
प्रेमचन्द्र कुलुङ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ९८५११४४०७४ pcs_mail7@yahoo.com |
म, मेरो, हामी र हाम्रा पहिचानका धरोहरहरू भाषा, संस्कृति, भेषभुषा, चालचलन, रीतिरिवाज तथा मूल्यमान्यता हन् । यी सम्पूर्ण पक्षहरु एक आपसमा नितान्त अन्तर्सम्बन्धित छन् । समृद्ध संस्कृति, भेषभुषा, चालचलन, रीतिरिवाज तथा मूल्यमान्यताहरुको समग्र स्वरुप नै समृद्ध समाज हो । भाषा समाजमा व्याप्त सम्पूर्ण चालचलन, रीतिरिवाज, मूल्यमान्यता, क्रियाकलापका साथै विश्वासको आपसी सञ्चारको माध्यम हो । भाषिक विकासस“ग परिस्कृत समाजको पहिचान जोडिएको हुन्छ । जस्तै अंग्रेजी, फ्रेन्च, चाईनिज, जापानिज जस्ता विकसित भाषाहरुले ती राष्ट्रका उच्च समृद्धिलाई प्रस्ट्याउ“दछन् । र् साम्राज्यवाद’ को अवधारणा सामान्यरुपमा आर्थिक तथा राजनीतिक क्षेत्रहरुमा बढी प्रयोग गरिएको पाइन्छ र्। साम्राज्यवाद’को अर्थ कुनै पनि एउटा पक्षले अर्को पक्षमाथि एकछत्र आधिपत्य वा प्रभाव जमाउनु हो । कुनै शक्तिशाली राष्ट्रले राजनैतिक÷आर्थिक÷सँंस्कृतिक रुपमा अन्य राष्ट्रलाई आºनो आधिपत्य वा प्रभावमा राख्नु राजनैतिक÷आर्थिक÷सांस्कृतिक साम्राज्यवाद हो ।
कुनै एक भाषाले अन्य बहुसंख्यक समुदायमाथि जवरजस्त प्रभुत्व जमाउनुु भाषिक साम्राज्यवाद हो । जो विकसित र प्रभावशाली समाज वा राष्ट्रहरुको अन्य विकासशील बहुभाषी समाज वा राष्ट्रहरुमा भएका एकलौटी भाषिक आधिपत्यस“ग सम्बन्धित छ । विश्व परिवेशमा अंग्रेजी भाषाको प्रयोगले अन्य भाषाहरुमा, नेपालमा खस÷नेपाली भाषाले अन्य बहुसंख्यक समुदायमाथि जमाएको प्रभुत्व आदि भाषिक साम्राज्यवादको ज्वलन्त उदाहरणहरु हुन् ।
भाषिक साम्राज्यवादको सिद्धान्त सन् १९९० को सुरुबाट चर्चामा आएको पाइन्छ । यसको सशक्त प्रयोग १९९२ मा रोवर्ट फिलिपसन प्रख्यात कितावको प्रकाशनपछि भएको हो ।
फिलिपसनको अनुसार भाषिक साम्राज्यवाद अन्य सामाजिक साम्राज्यवादहरु जस्तै आर्थिक साम्राज्यवाद, राजनैतिक साम्राज्यवाद, सांकृतिक साम्राज्यवाद आदिका लागि पहिलो आधार हो । अर्थात विश्वमा भाषिक साम्राज्यवादको विस्तारपछि मात्र राजनैतिक तथा अन्य साम्राज्यवादहरु अस्तिŒवमा आउन सक्दछ । भाषा कुनै पनि व्यक्ति तथा राष्ट्रको शक्ति, सम्मान, आदर्श तथा प्रतिष्ठाको विषय हो । भाषा व्यक्ति तथा राष्ट्रको पहिचान हो । व्यक्तिले प्रयोग गर्ने भाषाले उसको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक आदि अवस्थाहरुका पहिचान गराउ“दछन् । माक्र्सवादी धारणानुसार भाषिक साम्राज्यवादी सोचले भाषाहरूमँ विभेदको सिर्जना गर्दछ । विकसित तथा प्रभावशाली भाषीहरूले बहुसंख्यक समाजमा आºनो भाषा प्रयोग गर्न बाध्य बनाउ“छन् । जस्तै नेपालमा नेपाली भाषा बोल्न वा प्रयोग गर्नु पर्ने बाध्यता भाषिक साम्राज्यवादको उदाहरण हो । जसको फलस्वरुप नेपालमा बोलिने धेरै भाषाहरु लोप हुने अवस्थामा पुगिसकेका छन् ।
विगतको एउटा भाषा – एउटा देश नीति आज पनि नेपाली मातृभाषी÷शाषक वर्गहरुका लागि उत्तिकै प्रिय छ । यो नेपालको भाषिक विविधताको ठीक विपरित छ । भाषिक विविधता नेपाल सरकारको लागि त्राशको विषय बनेको छ । विविधतालाई विखण्डनको परिभाषा दिएर सय भन्दा बढी भाषाहरू खस÷नेपाली भाषा लाद्नु भाषिक साम्राज्यवादको पराकाष्ट हो । भाषाविज्ञानको शब्दमा यस्तो नीतिले नेपाली भाषालाई बहुसंख्यक भाषाहरुको हत्याराभाषा मात्र बनाउने छ । भाषास“गै धर्म, संस्कृति, परम्परा, रहनसहन, रीतिरिवज, चालचलन आदि पक्षहरू प्रत्यक्ष जोडिएको हुन्छ । यस्ता विविधता बोकेको नेपाली समाजमा सम्पूर्ण भाषाहरूलाई उपयुक्त सम्बोधन गरेर नेपाललाई समृद्ध बनाउन सकिन्छ । बगै“चामा थरिथरिका फूलहरूले जसरी हराभरा पार्दछ, त्यही हो भाषा पनि ।
विद्वान् बोडेटले भनेका छन्,– एउटै देशमा केही वर्गका मानिसहरू सम्पूर्ण शैक्षिक तथा वैज्ञानिक प्राविधिहरूको उपलब्धता हुनु, तर अर्कोतर्फ ठूलो संख्यामा रहेका जनताहरू एउटा अक्षर÷वर्ण विना बा“च्नुले सामाजिक शान्ति केवल मृगतृष्णा मात्र सावित हुन्छ । शान्तिपूर्ण एवं न्यायिक समाजको लागि भाषिक विकासमा न्यायोचित व्यवस्था हुन जरुरी छ । विभेदपूर्ण भाषिक नीतिले समाजलाई सही मार्गदर्शन गर्न सक्दैन ।
नेपालको इतिहासलाई हेर्ने हो भने, चाल्र्सस म्याकडोउगलले उल्लेख गरेनुसार, पृथ्वीनारायण शाहको नेपाल एकीकरण भन्दा अघि नेपालमा विभिन्न भाषाहरूका न्यायोचित विकास भएको पाइन्छ । त्यसै समयतिर किराती भाषाहरु जस्तै कुलुङ, थुलुुङ, चाम्लिङ, बान्तावा, ... आदिका साथै मगर, गुरुङ, नेवार, ... जस्ता भाषाहरू धेरै विकसित थिए भन्ने तथ्य पनि पाइन्छ । अर्याल र जोशी भन्छन्, “गोर्खाभाषा (नेपाली) अहिलेसम्म फैलिसकेको छैन । असभ्य, ज¨ली भाषीहरु जस्तै नेवार, मगर, गुरु¨, लिम्बू, सुनुवार, दनुवार र थारु आदि जस्ता भाषाहरु अहिलेसम्म पनि प्रयोग ह“ुदै आइरहेका छन् । जबसम्म गोर्खाभाषा (नेपाली) ले अन्य असभ्य, ज¨ली भाषाहरू पछाडि पार्दैन, त्यतिखेरसम्म नेपाली भाषाको न त विकास नै हुन सक्छ, न त मुख्य भाषा नै बन्न सक्छ ।”
नेपाल एकीकरणपछि एउटा देश–एउटा भाषाको परिकल्पना गरी खस÷नेपाली भाषा सबैका लागि बाध्यकारी बनाइयो । यस नीतिको अवलम्बन राणा शासनकाल (१०४ वर्ष), प्रजातन्त्रप्राप्ति (वि.सं. २००७ साल) हु“दै निर्दलीय पञ्चायती शासन व्यवस्था (२०१७ देखि २०४६ साल)े आदिले पनि निरन्तर गरिनै रहे । यसरी लगभग तीन शताब्दी लामो घोरपेलानमा परेका बहुसंख्यक भाषाहरूमध्ये केही भाषाहरू पूर्ण रुपमा लोप भई सक्यो र केही लोप हुने क्रममा अझै पनि छन् । यो भाषिक साम्राज्यवादको ज्वलन्त उदाहरण हो । २०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थाको म्याण्डेट अनुसार २०४७ सालमा जारी गरिएको नेपालको संविधानमा सर्वप्रथम देवनागरी लिपि भएको नेपाली भाषालाई नेपालको राष्ट्रभाषा तथा कार्यलयिय भाषाको रुपमा साथै विभिन्न समुदायहरुमा बोलिने अन्य सम्पूर्ण भाषाहरुलाई राष्ट्रिय भाषाको रुपमा उल्लेख गरिएको पाइन्छ । यसलाई अन्तरिम संविधान २०६३ मा पनि निरन्तरता दिइएको पाइन्छ ।
अहिले मात्रृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्था संविधानमा उल्लेख भए तापनि अझसम्म पूर्ण रुपमा अवलम्वन गरिएको पाइ“दैन । हाल संघीय राज्यसंरचनाको चर्काे बहसस“गै भाषिक मुद्दा पनि ब्यापक रुपमा उठिरहेका छन् । यसले केही भाषिक विकासको जिजीविषा अवश्य बोकेको पाइन्छ तथापि भाषिक विकासका लागि भाषालाई शैक्षिक पाठ्यक्रममा सीमित नगराई त्यसलाई कामकाजको भाषा तथा कार्यलयीय भाषाको रुपमा समेत स्थान दिइनुपर्दछ, प्रयोगमा ल्याइनु पर्दछ । यदि त्यसो नगरिएमा संस्कृत भाषाकै हाल त नहोला ? अर्थात संस्कृत विश्वविद्यालयमा संस्कृत भाषामै शिक्षा दिने व्यवस्था रहेको छ तर संस्कृत भाषा कार्यलयीय कामकाजमा प्रयोग नह“ुदा संस्कृत भाषालाई बचाइराख्न नसकिएको यथार्थ ज्य“ूदो छ । त्यस्तै हो भने अन्य मातृभाषाहरु पनि संस्कृत जस्तै लोपोन्मुख अनि लोप भएर जाने त होइन ? आशा गरौ“, आउ“दै गरेको नेपालको गणतान्त्रिक नया“ संविधानमा सबै भाषाहरुको न्यायोचित व्यवस्था र ती भाषाहरूको विकासका निम्ति सही भाषानीति ल्याई पहलगामी कदम चालिएमा उक्त कदम भाषिक विकासमा कोशेढु¨ा सावित हुने सुनिश्चित छ ।
शिक्षाविद तथा भाषाविद डेभिड क्रिस्टलले भने जस्तै कुनै भाषा लोप भएर जानुको अर्थ त्यो भाषाभाषीहरूको अन्त्य मात्र नभई तिनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक तथा सम्पूर्ण सभ्यता नै समग्र हराउनु हो । यी सम्पूर्ण पक्षहरु लोप हु“दा ती भाषाभाषीहरुस“ग भएका विविध सकारात्मक पक्षहरूको स्वतः अवसान हुन पुग्दछ र यसले समाजमा कैयौ“ नकारात्मक प्रभाव पार्दछ । माहुरीको लोप ह“ुदा जसरी वातावरणीय पारिस्थितिक पद्धतिमा ठूलो असर पर्दछ, त्यो भन्दा विकराल सामाजिक समस्या भाषिक लोपले निम्त्याउ“दछ किनभने विरुवाहरुका आपसी समागमको एक महत्वपूर्ण माध्यम माहुरीे हो भने सामाजिक अन्र्तक्रियाको एकमात्र माध्यम भाषा हो । माहुरी विना नया“ फलफूल, विरुवा आदिको सम्भव हुन्न, त्यस्तै भाषा बिना मानवीय भावना, मूल्यमान्यता, इच्छाआकांक्षा तथा आवश्यकताहरुका आपसमा सटासाट तथा परिपुर्ति हु“दैन । सबै भाषाहरुले समाजमा बराबर, उतिकै महŒव र भूमिका राख्दछन् । भाषाहरुले बढी–घटीको महŒव राख्दैनन् । त्यसैले त भनेका छन् ः –
कुनै पनि भाषाले अरुको भाषाको वास्तविक स्वरुप देखाउन सक्दैन, यसर्थ प्रत्येक भाषाको आºनो छुट्टै संसार÷पहिचान हुन्छ ।
जव एकात्मक संस्कृतिले संसारभरि जरा गाड्छ, अन्य हजारा“ै मानव भाषाहरु लोप हुन थाल्दछन् ।
अतः भाषा विना मानव सभ्यताको परिकल्पना गर्नु केवल आइस्ल्याण्डमा सर्पको कल्पना गर्नु जस्तै हो । त्यसैले भाषिक विकासका लागि साम्राज्यवादी सोंचबाट मुक्त भएर सम्पूर्ण भाषाहरुको समुचित विकासका लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
1 comment:
vssik samrajya bad ko barema balla thaha paiyo.....
Post a Comment