www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

जातीय पहिचानका लागि भाषा जोगाउनुपर्ने– वैरागी काइँला


ललितपुर, ९ असार । प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काइँलाले जातीय पहिचान संरक्षणका लागि भाषा र संस्कृति बचाउनुपर्ने बताउनुभएको छ ।


नेपालका विभिन्न १० तामाङ साहित्यिक संस्थाहरूको संयुक्त आयोजनामा आजबाट सुरु भएको तामाङ साहित्यिक सम्मेलनको उद्घाटन गर्दै उहाँले मुलुक सङ्घीयतामा जाने तरखरमा रहेका बेला आफ्नो साँस्कृतिक सम्पदा जोगाउनका लागि भए पनि भाषा संरक्षण महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।
विगत २० वर्षको अवधिमा तामाङ भाषामा आएको क्रान्ति अन्य कुनै पनि भाषामा नआएको उल्लेख गर्दै उहाँले तामाङ भाषा बचाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सो अवसरमा उहाँले तामाङ साहित्यको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने कृष्णमान लामा बोम्जन, मोक्तान भाइ, जिडी लामा, शङ्खबुद्ध लामा मिक्चन, लालबहादुर वाइबा र चन्द्रकुमार मोक्तानलाई सम्मान गर्नुभयो ।
दुईदिने सो सम्मेलनमा विभिन्न व्यक्तित्वहरूले तामाङ भाषा, संस्कृति र साहित्यका विधामा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल हुने बताइएको छ । रासस

No comments: