www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

किरात संस्कृति पृथ्बीमा नै उत्कष्ट संस्कृति हो ..........

Kulung Women in their Ritual Dress

Kirat Kulung Sangh

किरात संस्कृति पृथ्बीमा नै उत्कष्ट संस्कृति हो । प्रकृतिमा आधारित यो संस्कृति उत्कृष्ट हुंदा हुंदै पनि आयतित धर्म संस्कृतिको अतिक्रमणले यस संस्कृतिलाई असर पु¥याईरहेको छ । विश्वको पहिलो यो संस्कृति सत्य, तथ्य, मानबता र विज्ञानमा आधारित छ । किरात संस्कृतिमा मानब जीवनसंग प्रत्यक्ष संबन्ध रहेको प्रकृतिलाई मानिन्छ र समग्र मानववीच समआदरको व्यवहार रहन्छ । यस धर्म संस्कारमा ठूलो–सानो, पुरुष–महिलाबीच तथा जातिय भदेभाब छैन । सबैलाई समान रुपमा हेरिन्छ । म राम्रो अर्का नराम्रो, शैतान भन्ने किरात धर्म संस्कृतिमा छैन । भगवान, परमेश्वरको नाममा बनावटी, काल्पनिक कुरालाई मानिदैन । भगवान, परमेश्वरले सबै कुरा दिन्छ भन्ने अन्धविश्वास पनि मान्दैन, कर्ममा विश्वास गर्दछ । प्रकृतिमा आधारित, सिजन अनुसारको विधिविधान गरिन्छ । प्रकृतिको संरक्षण गर्ने र यसको उपयोग गर्ने, आफू वांचौं र अरुलाई पनि वचाउं, भेदभाव रहित तथा समानताको व्यवहार, सत्य, तथ्यमा विश्वास नै किरात धर्म संस्कृतिको मर्म हो । 

भनिन्छ विश्वमा ५ हजारभन्दा बढी युद्ध धर्मको नाममा भएको छ । क्रिश्चियन, मुश्लिम, हिन्दूहरुबीच झगडा, लडाई अहिले पनि भैरहेको छ । जेरुसेलम, इजिप्ट (कायरो), भारत, पाकिस्थान, अफगानिस्थान, इरान, इराक आदि देशहरुमा भएका झगडा, लडाई यसका उदाहरणहरु हुन् । तर किरात धर्म संस्कृतिको नाममा यस्ता बिबाद, लडाई भएको उदाहरण पाइदैन । बिज्ञानमा आधारित, राम्रो, सभ्य संस्कृति भएका कारण नै अडाई सय बर्षसम्म हिन्दू लाद्दा, पैसाको खोला बगाई, प्रलोभनमा बिदेशी धर्म प्रचार प्रसार गर्दा पनि यो बांचेको छ । अन्य धर्मको जस्तो प्रचार प्रसार नगरि नै यो रहेको छ । राम्रो भएकाले नै यो लोप नभएको हो । प्रकृति र मानवको घनिष्ट सम्बन्ध भएकाले प्रकृतिलाई पूजा गर्ने, संरक्षण गर्ने, र समग्र मानवलाई समान ब्यवहार यो धर्मको ज्यादै राम्रो पक्ष हो । यति महत्वपूर्ण, राम्रो हुंदाहुंदै पनि हामीमा अध्ययन, बुझाईको कमी रहेको अवस्था छ । यस धर्म संस्कृतिबारे युवापिडीलाई बुझाउन नसकेका आदि कारणले गर्दा यो ओझेलमा परेको छ । 
कस्तुरीले आफूभित्र रहेको विना थाहा नपाए झैं किरातिहरुले पनि आफ्नो गुणलाई थाहा नपाई अन्यत्र भौतारिएको अवस्था छ । जसले गर्दा राम्रो कुरालाई छाडेर बाहिरबाट आयतित शक्ति, पैसा, प्रलोभन र प्रचार प्रसारको भरमा चलेका वनावटी धर्मको पछि लाग्न थोलेका छौं । यसले हाम्रो परिवार, समाजमा बिबाद, बिखण्डन ल्याउन शुरुआत भैसकेको छ भने अन्तराष्ट्रिय क्षेत्रमा घटिरहेका लडाइ हामीवीच पनि चांडै निम्तिने संभावना देखिन्छ । तथाकथित धर्मको नाममा बाहिरिय संस्कृति अवलम्बन गर्नाले आमा–बुबावीच, छोरा–छोरीवीच विबाद र बिखण्डन देखिन थालेका छन् । परिवार भिन्ना भिन्नै वस्न थालेका, परिवार सदस्यहरुको जन्म, विहेबारी, मृत्यु आदि घटनाहरुमा बिवाद हुने गरेको अवस्थाहरु प्रत्यक्ष देखिन थालेको छ । यसले भोलीका दिनमा यो उसको, यो मेरो भनी युद्ध नै निम्तिने छ । 
यहां गरीबी, अशिक्षा को मारमा परेका सोझा साझा समुदायलाई धर्मको नाममा झुक्याउने कामहरु भैरहेको छ । परमेश्वरले यो दिन्छ, त्यो दिन्छ भनेर । मिलेर बसेका समुदायमा फूट पैदा गरिदैछ । यदि कुनै पनि राम्रो कुरा छ भने मान्छेले त्यसै अवलम्बन गर्दछ । त्यसको प्रचार गरिरहनु पर्दैन । नराम्रो भएमा नै बढी प्रचार प्रसार र बलजफति लादिन्छ । आज क्रिश्चियन धर्मको नाममा त्यहि गरिदैछ । सत्य कुरा नगरी, ढांट र झुटको खेती गरिदैछ । परिवारमा बिखण्डन ल्याउदैछ । 
मानिसमा परिबर्तन चेतना र कर्मले ल्याउने हो । भगवान (परमेश्वर) भाकेर आउने होइन । हामीमा गरीबी, अभाब आउनुमा राज्यको बिभेदकारी नीतिका कारण हो । अशिक्षाको कारण हो । किरात संस्कृतिका कारण होइन । समाजका शिक्षित, सचेत ब्यक्तिहरुको क्रिश्चियनमा नलागेकाहरुको पनि प्रगति भएको छ । त्यसैले अनावशयक अन्धविश्वासमा नफसौं । परंपरागत रुपमा समुदाय, समाजमा मिलेर बसेको समुदायबीच फूट पैदा गर्ने प्रति सचेत रहौं र तिनीहरुको प्रतिकार गरौं ।

No comments: