www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं


डा. गोविन्दराज भट्टराई
 
यतिखेर नेपाली भाषाको चर्चाले हामी साराको ध्यान तानेको छ। केही समयदेखि नेपाली भाषाको विषयले निकै छलफल, संवाद उत्पन्न गरेको छ। नेपाली विषयका अझ संस्कृत मूलका गुरुहरूले नेपाली भाषाका शब्दकोश, व्याकरण र पाठयपुस्तकको वृत्तमा आˆनो उपस्थिति र आधिकारिकतालाई निरन्तरता दिई सुदृढ गराइरहेका छन्। नेपाली भाषाले यसरी हाम्रा विज्ञको ध्यान तान्नु ठूलो खुशीको कुरा हो।
त्यसो त मलाई यो वृत्तसित कुनै सम्बन्ध छैन किनभने गुरुवर्गको दृष्टिमा म एक 'मार्जिनल' हुँÙ किनारिएको नागरिक। त्यो केन्द्रमा मेरो भूमिका छैन। उहाँहरूको वृत्तमा अंग्रेजी, हिन्दी, उर्दू, फारसी, तिब्बती वा यस्ता कुनै देशज वा विदेशी भाषामा खेल्नेको उपस्थिति वर्जित देखिएको छ। त्यसकारणले यी भाषिक चर्चामा मैले ध्यान दिनु हुन्छ कि हुन्न म भन्न सक्तिनँ तर विगतका कैयौं वर्षदेखि भाषाविज्ञान विषय नै पठनपाठन गर्दै आएको र यही विषयमा विद्यावारिधि समेत गरेकाले म आफूलाई मनमनै भाषावैज्ञानिक हुँ भन्ने आडम्बर लुकाएर हिंडिरहेको थिएँ तर भाषा विषयको निर्णयमा हामी जस्तालाई गुरुवर्गले उपेक्षामा पारेकाले यतिखेर आˆनै योग्यतामा मलाई सन्देह हुनु स्वाभाविक हो। त्यसो त म जस्ता अरू पनि छन्, त्यहाँ अंग्रेजी, हिन्दी, उर्दू, फारसी, अन्य विदेशी भाषा, अनेकौं स्वदेशी भाषाका विज्ञ हुँ भन्ने कसैले प्रवेश पाएका छैनन्।
भाषाको प्रयोगका सम्बन्धमा चर्चा उठ्ता भनेको सुनियो- व्याकरण र कोशका विषयमा हामीले निर्णय गर्ने हो र प्रयोक्ताको इच्छा अनुसार हामी बदलिन सक्तैनौं। त्यस्तो सुनेर म डराएँ किनभने म निणर्ायक स्थानमा छैन, केवल भाषा प्रयोक्ता मात्र हुँ। म ह्रस्व, दीर्घ र तत्सम, तद्भवमा झुण्डिने समय लेखनमै लगाउन चाहन्छु तर प्रश्न उठ्छ, के प्रयोक्ताका दिन गएकै हुन् ? शासितको कुनै अधिकार नरहेको शासनसत्ता जस्तो स्थिति छ नेपाली भाषाको।
उहाँहरूको तर्क आरम्भ हुन्छ- नेपाली भाषाको तद्भवीकरणको महान् अभियानमा हामी समर्पित छौं। २०३४ सालमा यस्तो प्रयोजन पुस्तिका निस्कियो, त्यसका आधारमा व्याकरण बन्यो, यति सालमा कोश लेखियो, फेरि यति सालमा यस्तो भयो, हामी त्रिभुवन विश्वविद्यालयको त्यही परम्परा अनुकूल गर्दैछौं। अनि शब्दहरू टिपेर उदाहरण दिन थाल्नु हुन्छ ः यसरी पीठो, मीठो संस्कृत मूलबाट बदलिँदै आएका तद्भव हुन्। तद्भव अर्थात् त्यसबाट बनेका हुन्Ù बनेर नेपालीमा पसेका हुन्। अब नेपालीमा पसेपछि तिनीहरूको पुरानो उच्चारण खुस्काउनु पर्छ - पीठो, मीठो भन्न पाइंदैनÙ पिठो, मिठो गर्नुपर्छ आदि इत्यादि।
मनमा अनेक प्रश्न थिए - तपाईंहरू नेपाली उच्चारणको निणर्ायक, मानक तोक्ने को हुनुहुन्छ ? कुनै यन्त्रले प्रयोगशालाले भनेको कुरो हो ? होइन भने शब्दको उच्चारण र लेख्य परम्पराको बीचमा संसारका कुनै भाषामा कतै संगति छैन। उच्चारण स्थान अनुसार व्यक्ति अनुसार फरक हुन्छ भने लेख्य रूप एउटा स्थिर मानक हो।
दोस्रो कुरा, २०३४ सालमा जुन अभियान आरम्भ गरियो, के त्यो ठीक थियो, त्यसमाथि पुनर्विचार हुनु पर्दैन थियो ? त्यो पुनर्विचार गर्न नमिल्ने सदाका लागि बन्द गरिएको 'च्याप्टर' हो र ? कत्रा-कत्रा नियम, कानून बदलिए संविधान फेरियो, विश्वका 'कन्भेन्सन'हरू फेरिन्छन् तर हाम्रो तद्भवीकरण अभियानको औचित्य र यसको वैज्ञानिक आधारबारे हामीले सोच्न नपाउने कसरी हुन्छ ? यो मान्यता गलत लाग्छ।
म त ठान्दछु, प्रत्येक शब्दमा भाषाको इतिहास हुन्छ। त्यसलाई बेलाबेला ताछ्तै खुर्किंदै नवीकरण गर्न थाल्यौं भने त्यसको उत्पत्ति हराउँछ र नचिनिने हुन्छ। नेपालीमा ह्रस्व छैन, दीर्घ छैन, श, ष, स अथवा ण छैन भनी शब्द स्वरूप भत्काउनु अत्यन्तै ठूलो अवैज्ञानिक अभियान हो। तद्भवीकरण भाषाको एउटा स्वरूपलाई बलात् अर्काेमा बदल्ने प्रयत्न थियो। स्वभावैले जे हुन्छ, समयले गरोस् तर नियमको साँचो निर्माण गरेर त्यसलाई ठेल्नु हुँदैन।
शब्द मूलतः स्वरूप नै हो। त्यो परम्परा हो, कन्भेन्सन या बानी। बारम्बार त्यसलाई भत्काउनु हुन्न। तीनहजार वर्ष अघिदेखि चलेको ग्रीकको ग्लौकोमा अंग्रेजीमा पनि उही हिज्जे सुरक्षित राखेर बसेको छ। यस्ता शब्द पचास हजार होलान्। उनीहरूका उच्चारण फरक छन्। ल्याटिनको ष्लिनगबि अंग्रेजीमा पनि त्यही सुरक्षित छ। प|mेन्चको गिदचष्अबतभ त्यही नै सुरक्षित राखिएको छ। अरबीका, फारसीका त्यस्ता उदाहरण असंख्य होलान्। यस्ता सयौं होइन, हजारौं उदाहरण छन्। क्लासिकल भाषाबाट लिइएका केही शब्द बदले पनि अधिकांश सुरक्षित राखिएका हुन्छन्।
त्यसकारण लिखित परम्परा स्थापित भइसकेको भाषामा लेख्य रूप केन्द्रीय तत्त्व हुन्छÙ औच्चार्यको हिसाब हुँदैन। यादृच्छिक रूपले उच्चारणको निर्णय गर्ने र त्यस निर्णय अनुसार लेख्य परिवर्तित गर्दै जाने प्रक्रिया अत्यन्तै अवैज्ञानिक लाग्छ। त्यसैले यतिबेला एक त तद्भवीकरणको परियोजनालाई सदाका लागि अन्त्य गर्नु पर्छ किनभने संस्कृत -तत्सम) नै औपचारिक भाषाको, शिष्ट बोलीको, लेख्य साहित्यको अनन्त भण्डार र सुन्दर गहना हो। त्यसबाट ग्रहण गरेरै नेपाली भाषा सम्पन्न हुन्छ। संस्कृतबाट उधारो लिने काम अनन्तकालसम्म रहिरहनेछ। बंगाली, आसामी, गुजराती, हिन्दीको उच्चता त्यसैले निर्मित छ।
संस्कृत मूलका शब्दहरू नेपालीमा प्रवेश हुने बित्तिकै लोकको उच्चारणलाई आधार मानेर नेपालीकरण गर्न खोज्दा संस्कृतको व्युत्पत्ति नाश हुने र नेपाली पनि कथ्य भाषातिर बढी झुक्ने सम्भावना छ। यसलाई जोगाउनु पर्दछ अर्थात् उच्चारण विज्ञानले भन्छ- स्थापित भइसकेको मार्गलाई पछयाउनु राम्रो हुन्छ किनभने भाषा सुधारका नाममा जुन अभियान चाल्ने प्रयत्न छ, यसको आधार नै अवैज्ञानिक छ। उच्चारणको आधार होइन, लेख्यको आधार मानक हुन्छ। -बरु लेख्यरूप नभएका भाषामा शुरुमा निर्णय गर्न औच्चार्य ध्वनि केन्द्रमा हुन्छ)। अनेक भेदका उच्चारण त्यसका वरिपरि हुन्छन्। अंग्रेजी भाषाको औच्चार्य मानक किंग्स इंगलिशलाई मानिन्छ। जब कि त्यसको सही उच्चारणकर्ताहरू सम्पूर्ण अंगे्रजीभाषीमा तीन प्रतिशत मात्र रहेका छन् तर ती शब्दको लेख्य रूपमा अधिकांशले गल्ती गर्दैनन् किनभने लिखित रूप भनेको सबैको सम्झौताले स्वीकारेको आकृति मात्र हो। यतिखेर नेपालीको सुधार अभियान यस मान्यताको ठीक विपरीत छ। नेपालीमा लेख्य रूप स्थापित भइसकेको छ। यसैलाई नै सुदृढ बनाउनु पर्दछ। निरन्तर परिवर्तन गर्नाले प्रयोक्ता अल्मलिने र भाषाको मौलिक रूप पनि अस्थिर हुने डर हुन्छ। त्योभन्दा ठूलो डर त्यसबेला उत्पन्न हुन्छ, जब लाखौं प्रयोक्ताको मनोविज्ञान एकातिर, सातजना गुरु अर्कातिर उभिने स्थिति आउँछ। प|mान्सेली शब्दमा अन्त्यको कुनै पनि व्यञ्जन उच्चारण हुँदैन तर त्यसो भनेर उनीहरूले ती हटाएका छैनन्। अंगे्रजीमा पनि अबlm, उबlm, उकam आदिमा एउटा व्यञ्जन वर्ण अनावश्यक छ, त्रगभगभ, तजचयगनज जस्ता शब्दमा दुइटा वर्ण अनावश्यक छन् तर पनि शताब्दीऔंदेखि ती त्यहीं छन्। ती अनावश्यक अथवा अनुच्चारित छन् भनेर कसैले कहिल्यै तिनीहरूको सुधार गर्ने वा उठाउने प्रस्ताव ल्याएन, ल्याउने छैन। नेपालीमा चाहिँ हाम्रा गुरुवर्गले ठीक यस्तै तर्क प्रस्तुत गरेर यी शब्दहरू यसरी उत्पादन हुन्छन् वा हुँदैनन् भन्ने पूर्णरूपेण यादृच्छिक तर्क राखेर सुधार गर्ने तत्परता देखाए। त्यसले गर्दा नेपाली भाषामा अनेक भ्रान्ति उत्पन्न भएका छन्। भाषा वैज्ञानिक दृष्टिकोणले यिनीहरूको निराकरण गर्नु आवश्यक छÙ गर्न सकिन्छ।
म यति बोल्ने थिइन होला किनभने नेपाली 'भाषा' नपढेको भए म टाढै रहन्थें हुँला तर गर्दै लाँदा गुरुवर्गका कर्मले मेरो पेशामा धक्का लाग्ने स्थिति आयो र आज यति बोल्न उठेको हुँ। कति कुरा अघिल्लो रचनामा पनि बोलेको थिएँ। आज केही थप्न चाहन्छु। कुराको मर्म के हो भने नेपालमा शिशु कक्षादेखि स्नातकोत्तर तहसम्मै अंगे्रजी भाषा साहित्यको पठनपाठन हुन्छ। एकथरी विद्यालयले त यसलाई पूरै माध्यम बनाएका छन्। अंग्रेजी विषयको पाठ्यक्रममा तलदेखि माथिसम्मै उच्चारणविज्ञान ९एजयलभतष्अक० लाई ठूलो महत्त्व र पाठ्यभार दिइन्छ। स्नातकोत्तर तहमा पनि १०० पूणर्ांक छ। डेनिअल जोन्सदेखि यताका अनेक प्रोनाउन्सिङ डिक्श्नरीको प्रयोग हुन्थ्योÙ यतिखेर प्रत्येक शब्दको उच्चारण सुनाउने अनलाइन सेवालगायत अनेक इलेक्ट्रोनिक डिभाइसहरू विश्वभरि उपलब्ध छन्। उनीहरू आज अंग्रेजीभित्र परेका प|mान्सेली शब्द कसरी उच्चारण हुन्छन्, जर्मन, रूसी कसरी हुन्छन् सबै बुझ्न पनि सक्छन्। त्यसैगरी विश्वकै स्थाननामकोश बनेका छन्।
वर्णको नाम र ती मिलेर बन्ने शब्दको आकार र उच्चारणमा कुनै सम्बन्ध छैन। त्यसैले शब्द भनेको आकारले पढिने 'दृश्य' पाठ हो भन्ने सबैलाई थाहा छ। कुनै पनि भाषाले लेख्य वर्ण र औचार्य ध्वनिबीच 'वैज्ञानिक' सम्बन्ध खोज्दैनÙ दुवैका आ-आˆना परम्परा हुन्छन्Ù ती परम्परा मानेर मानिसले भाषा सिक्छन्, प्रयोग गर्छन्।
अघि बेलायतीहरूले विश्वविजय गर्दा अन्य भाषाका कतिपय शब्दलाई जस्तो मन लाग्यो, त्यस्तो उच्चारण गर्ने गरेका थिए। अर्काका संवेदनालाई थिचेका थिए तर ३०० वर्ष अघि उनीहरूले बिगारेका बर्मा आज म्यान्मा भयो, पेकिङ बेजिङ, क्याल्कटा कोलकाता, बम्बै मुम्बई, म्याड्रास चेन्नई आदि।
अब त अरूका शब्दलाई बिगार्नु हुँदैनÙ त्यसो गर्न पाइँदैन। आˆनो भाषामा त्यसको ध्वनि भएसम्म मिलाएर बोल्नु, लेख्नु पर्दछ किनभने आज उपनिवेशवादी धारणाको वा त्यस्तो अभ्यासको अन्त्य भएको छ। हाम्रो शब्दलाई कसैले बिगारेर प्रस्तुत गरेको देख्ता कस्तो दुःख लाग्छ Û समतुल्य ध्वनि नभएका खण्डमा मात्र निकट समतुल्यको खोजी हुन्छ। त्यस्तामा कसैलाई दुःख लाग्दैन। देवनागरी लिपि र ध्वनि व्यवस्था संसारकै उन्नतमध्ये गनिन्छ। यसमा नअटाउने ध्वनि व्यवस्था कमै होला।
अर्काको भूगोललाई, संस्कृतिलाई, भाषालाई विकृत पार्न आजका सचेत मानिस डराउँछन्, होशियारीले प्रयोग गर्छन्। नेपालीले पनि यो सजगता अँगाल्नुपर्छ।
अंग्रेजीमा 'स' र 'श' को फरकले 'इ' र 'ई' को फरकले 'उ' र 'ऊ' को फरकले शब्दको अर्थमा आकाश पातालको फरक पर्दछ। जस्तै कबखभ सेभ -बचाउनु) कजबखभ शेभ -दारी काट्नु), कष्ल सिन -पाप) कअभलभ सीन -दृश्य), उगिि पुल -तान्नू) उयय पिूल -दह, पोखरी), नचष्ल गि्रन -ङच्िच गर्नु), नचभभल ग्रीन -हरित) अझ सिट ९कष्त० बस्नु, सीट ९कभबत० आसन, शिट ९कजष्त० फोहर, शीट ९कजभभत० पत्र आदि। यस्ता उदाहरणले एउटा कोश नै बन्दछ। हामी विद्यालय प्रणालीमा अर्थात् पाठयक्रममा सिकाइए अनुसार उच्चारण गर्न सिकाउँछौं। नेपाली गुरुवर्गले कक्षा एकदेखि बीएसम्म १०० पूणर्ांकको नेपाली पढाउँछन्Ù हामी अंग्रेजी पढाउनेहरू पनि कक्षा एकदेखि बीएसम्मै १०० पूणर्ांककै अंग्रेजी पढाउँछौं। यस परिवर्तनको अभियानमा एक दर्जन नेपाली गुरुहरू विजय जुलूश गर्दै उडेका छन्Ù खोई त्यहाँ एक जना अंग्रेजी विज्ञको प्रतिनिधित्व ? भाषा यसरी सुरक्षित हुँदैन। राजनीतिमा जस्तो भाषामा, भाषाका निर्णयमा पनि बोल्न दिनुपर्छ कुरो सुन्नुपर्छ। धेरै नेपाली विद्वान्ले उच्चारण विज्ञानमा विद्यावारिधि गर्नुभएको छ तर कसैले उच्चारण अनुसार लेख्य स्थापित गरौं भन्नु भएको छैन। लेख्य अनुसार उच्चारण गर्न नजाने पनि, नसके पनि पाठकको मनोविज्ञानमा ह्रस्वदीर्घको भेद र तिनमा हुने अर्थ भेद स्वयम् स्थापित हुन्छ-लङ लिभ र लङ लीभ फरक हुन् भन्ने छुट्टन्िछ र उसले तिनलाई यिलन ष्खिभ र यिलन भिबखभ भनेर बुझ्दछ। भाषा कानले पढ्छ, अझ धेरै चाहिं आँखैले पढ्छ, यी सबै परम्पराले सिकाउँछन्। हाम्रा गुरुहरू यतिखेर आँखाले पढ्ने भाषा मेट्न खोज्दैछन्। अर्थात् आँखालाई भूमिकामुक्त गर्न खोज्दैछन्। जुन कुरा असम्भव छ किनभने उच्चारण अस्थिर छ, व्यक्तिपिच्छे फरक, स्थानपिच्छे र समयपिच्छे फरक भइरहन्छ तर लेख्य रूप एक स्थिर परम्परा होÙ लामो समयसम्म त्यो नबदलिई रहिरहन्छ। त्यसैले विश्वका भाषाले लेख्यलाई मानक बनाएका हुन्।
नेपाली भाषामा अंग्रेजी प्रयोग अनेक प्रकारले बढ्दो छ। हामीले नेपालीमा ल्याउँदा ती शब्दको उच्चारण नबिगारी मौलिक स्वरूपÙ लेख्य र औच्चार्य परम्परा बुझ्नु पर्छÙ बुझ्ने प्रयत्न गर्नु पर्दछ, हाम्रा कोश र व्याकरणले त्यही सिकाउनु पर्दछ। अंग्रेजीमा तष्यल, कष्यल आदिले पनि 'श' उच्चारण निकाल्दछन्। लबतष्यल 'नेशन' भए झैँ ाष्अतष्यल 'फिक्शन', 'पनिशमन्ट' उगलष्कhmभलत आदि पनि छुटयाएर लेख्नु पर्दछ। नत्र पीस जोन -एभबअभ श्यलभ)लाई पिस जोन -उष्कक शयलभ) बोलियो भने अनर्थ हुन्छ। पीस -शान्ति) र पिस पिसाब फेर्नु कत्रो फरक छ। ायय पिmूल 'मूर्ख' र ागिि फुल 'भरी' यस्ता शब्दहरूका उदाहरण धेरै छन्। हाम्रो नयाँ पुस्ताले यो भेद सिकेर आएको छ, सिकिरहेको छÙ नेपालीमा त्यो ज्ञानलाई, अभ्यासलाई सुरक्षित गरेनौं भने त्यस ज्ञानको र ती भाषादातृमुलुककै अपमान हुन जान्छ।
नेपालीमा ल्याउँदा अंग्रेजीका 'श' र 'स' 'उ' र 'ऊ' 'इ' र 'ई' का बीचको अन्तरलाई सम्मानपूर्वक सुरक्षित गरौं, त्यस भेदलाई लिपिमा पनि सुरक्षित गरौं। वर्तमान शिक्षामा जे सिकाउँदैछौं, व्यवहारमा त्यो अभ्यास हुनुपर्दछ।
आˆनो उपन्यास -सुकरातको डायरी) प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेका बेला मैले देखें, त्यहाँ प्रयुक्त २०० जति अंग्रेजी शब्दहरूको हुर्मत भएको छ र तिनलाई आगन्तुकको नियमले मूच्र्छा पारिएको छ। मैले सम्मानपूर्वक बोलाएका विदेशी पाहुना -शब्द) को यादृच्छिक पाराले परिचय बदलिएको पाएँ, त्यो परिचय मलाई अस्वाभाविक लाग्यो वषार्ंैदेखि जुन कुरा सिकाइरहेको छु, त्यसको विपरीत कसरी जाऊँ भनी एक-एक गरेर ती बदल्न लगाएँ - पोलिश ९एयष्किज०, प|mेश ९ाचभकज०, स्पेशल ९कउभअष्ब०ि, सूप ९कयगउ०, स्पीड ९कउभभम०, बीन्ज ९दभबलक०, ओल्ड म्यान एण्ड द सी, सी बीच ९कभब दभबअज०, शेल्टन ९क्जभतियल०, बीट मुभमण्ट ९द्यभबत mयखझभलत०, शल ९कजबध०ि, डीप टोन ९मभभउ तयलभ०, थीम ९तजझभ०, ब्लूज ९द्यगिभक०, फिनिशिङ ९ाष्लष्कजष्लन० आदि। उपन्यासभरिका २०० जति शब्दलाई यसरी उद्धार गरें। म गर्ने थिइन होला तर प्रा. श्रीधरप्रसाद लोहनी र प्रा. रामेश्वर अधिकारीले परिश्रमपूर्वक तयार पार्नु भएको एकता कम्पि्रहेन्सिभ इंगलिश नेपाली डिक्शनरी प्रेमले किनी ल्याएँ। हेर्दा थाहा भयो आधा शताब्दीदेखि अंग्रेजी पढ्दै पढाउँदै आउनु भएका विशिष्ट नेपाली विद्वान्ले अंगे्रजीको त्यो स्वरूपलाई कतै नबिगारी यथावत् बचाएर सम्मानपूर्वक राख्नु भएको छ। म अत्यन्तै प्रसन्न भएँ, मैले बुझेको पनि त्यही थियो। नेपाली गुरुका नयाँ नियमले किन त्यो स्थापित नियम भत्कायो बुझ्न नसकिरहेको थिएँ, पछि बुझें।
अनि मलाई चिन्ता लाग्यो-नयाँ नेपाली व्याकरणको नियमले अरू भाषालाई पनि यसै गरी दाँदे लगायो कि Û हाम्रा छिमेकी के गर्दैछन् हेर्न मन लाग्यो अनि अरविंदकुमार र कुसुम कुमारकृत समांतर -हिन्दी) कोश -१९९०) पल्टाएर हेरें। नेपालीभन्दा अझै पुरानो, करीब ४० करोड प्रयोक्ता भएको हिन्दीमा संस्कृतका वाणी, संकेत, हिज्जे यथावत् सुरक्षित छन्Ù उनीहरूलाई बदल्नु परेन। हाम्रा गुरुहरूले चालीस वर्षभित्र तीनपल्ट भाषा बदले, नेपाली जस्तो एउटा ससानो भाषाको सातवटा स्कूल खोले र प्रत्येकले यादृच्छिक निर्णय गर्दै साहित्य स्रष्टाहरूलाई, भाषा प्रयोक्तालाई ठूलो रनभूल्लमा पारे। यस्ता निर्णयमा भाषावैज्ञानिकको हस्तक्षेप हुनुपथ्र्यो, भएन, यस्ता निर्णयमा विश्वको प्रचलन के छ, त्यो बुझेर गर्नुपथ्र्याे तर त्यो भएन। कोशकार र व्याकरण लेखकले नेपाली भाषालाई युद्ध मैदान बनाएर छाडे। प्रयोक्ताहरू खूब डराएका छन्। यसरी नेपाली भाषालाई स्थिरीकरणमा लानुको सट्टा सदा अस्थिर पार्ने काम भए झैँ लाग्छ। हजारौं वर्षको अंग्रेजीमा विश्वभरि एउटै शब्दकोश चल्छ, हाम्रो के भएको होला सातवटा पल्टाएर हेर्नू, प्रत्येक कोश, प्रत्येक व्याकरण बेग्लै छ। हिन्दीमा आल्टरनेट नंबर, इलेक्ट्रोन, कैमोथेरापी, गाइनेकोलाजी, टायलेट शोप, टिक मार्क, परफोरेशन, पर्सनल हाइजीन, ˆयूज, पि|mज, क्याश, कोटेशन जस्ता अनगिन्ति शब्द सापट आएका छन् तर हिन्दी प्रयोक्ता विद्वान्हरूले तिनीहरूको मौलिक उच्चारणलाई सकेसम्म देवनागरी संकेतले स्थापित गरेका छन्। नेशनल बुक ट्रष्टको यो स्तरीय प्रकाशन हेरेको भए हाम्रो पनि मानक हुन सक्थ्यो होला।
हामीले मात्र भिन्न पथ रोज्यौं। यसले गर्दा नेपाल र भारतमा लेखिने नेपाली फरक पर्दै गयो र नेपाली साहित्य भारतीय भूमिका पाठकलाई बुझ्न कठिन हुने स्थिति बढ्दैछ। उताको यता नबुझनिे हुनेछ एकातिर, नेपाली वाङ्मय विश्वव्यापी बेग लिएर उड्दैछ अर्कातिर, यसलाई नेपालमा सीमित गर्ने प्रयत्न बढ्दैछ। यस प्रयत्नले नेपाली भाषाको विकासलाई अवरुद्ध गर्दछÙ यसले धेरै-धेरै अपवाद थप्तै जानेछ। ससाना भाषा,भाषिका भेदमा टुक्रिएर विलयन हुने डरलाग्दो स्थिति छ। यसबेला हामी धेरैबीच स्थिर भइसकेको मान्यता, प्रचलन, अभ्यास हुन सके राम्रो हुन्थ्यो होला।
भाषालाई बारम्बार चलाइरहनु भनेको कमजोर मुलुकमा प्रजातन्त्र दिंदै खोस्दै, संविधान फेर्दै गर्नु जस्तै होÙ लेख्यलाई यादृच्छिक कथ्यतिर लान खोज्नु भनेको पनि विश्वले मानेको भाषाविज्ञानको परम्परालाई थन्क्याएर व्याकरण बोल्नु हो।
 

No comments: