www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

गोर्खा भर्ती रहर कि बाध्यता -



- मदनबहादुर बस्नेत 
विदेशी भूमिको सुरक्षार्थ हजारौंको संख्यामा नेपाली युवाहरु लाहुरे हुने क्रम बर्षोनी बढ्दो छ । माघ महिनामा देशका विभिन्न रिक्रुट भर्ती शिविरमा ब्रिटिस गोर्खा र भारतीय गोर्खा आर्मीका लागि खुल्ने प्रारम्भिक छनौटका लागि अहिलेको निम्ति आफ्नो रगतपसिना बगाउन तम्सिएका युवाहरुको यो विदेशी वर्दीको मोह रहर होइन, बाध्यता हो । मुलुकमा व्याप्त बेरोजगारी, हत्या, हिसां, आतंक र अशान्तिका कारण काम, माम र दामको वन्दोवस्त गर्ने निर्विकल्प उपाय बनेको छ- भारतीय र ब्रिटिस गोर्खा आर्मीको भर्ती । 



विदेशी सेनामा भर्ती भएर अर्काका लागि गोली थाप्न तयार हुनु निश्चय पनि राम्रो होइन तर हिजो बन्दुक बोकेर गाउँमा त्राहीमाम मच्चाउनेहरु नै सरकारमा पुगिसकेपछि पनि गाउँमा बढ्दै गएको हत्या, आतंक, ब्रि्रदो आर्थिक, सामाजिक एवं शैक्षिक स्थिति र सरकार चलाउने ठूला नेताहरुको स्वार्थी चरित्रबाट विरक्तिएका युवाहरुमा लाहुरे बन्ने मोह पहिलेको तुलनामा कैयौं गुणा बढेको छ । वैदेशिक रोजगारीको लागि लाखौं रुपैयाँको जोखिम उठाउनु पर्ने, दलाललाई गुहार्नु भन्दा आकर्ष तलब, भत्ता र पेन्सन समेत बिना लगानी प्राप्त गर्न सकिने हुनाले विदेशी वर्दीको मोहले आम नेपाली युवाहरुलाई तानिरहेको छ । 
देशको सेवा गर्न पाइएन, ज्यान जोगाउन र जीविका चलाउन बाध्य भएर लाहुरे बन्नु परेको बताउने अधिकांश युवाहरु छाति नपाउन अर्धनग्न शरिरमा लामवद्ध भएर विदेशी सैन्य अधिकृतका सामु उभिएकी रिकुट शिविरको दारुण दृश्यले देश चलाउने र राष्ट्रवादीको राग अलाप्ने कसैलाई पनि ग्लानी भएको छैन । गोर्खा भर्ती केन्द्र बन्द गर, भनी आफू सत्तामा नपुग्दासम्म क्रान्तिकारी भाषण गर्ने एमाले, जनयुद्ध शुरु गर्नु अघि सरकार सामु प्रस्तुत ४० सुत्रीय मागमा गोर्खा भर्ती बन्द गर्नुपर्ने बुँदा समावेश गर्ने माओवादीलगायतका घटकहरु अहिले सरकारमा छन् र पनि यो प्रक्रिया निर्वाध रुपमा संचालन हुँदैछ । आफूलाई राष्ट्रवादी देखाउँदा विरोध गर्ने तर सत्तासिन हुँदा गुपचुप बस्ने यस्तो द्वैध राजनीतिक जालसाझीका कारण नेपाली युवाहरुमा विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छ । 
इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको युद्धका क्रममा गोर्खालीहरुको पराक्रम र रणकौशलबाट प्रभावित भएर नै सन् १८१५ मे देखि नै युद्धबन्दीहरुलाई बेलायतीहरुले आफ्नो सेनामा भर्ती गरेका थिए । नेपाली युवाहरुलाई रोजगारी दिन र उनीहरुमा व्याप्त गरिवीलाई घटाउन यस्ता भर्ती केन्द्रहरु खोलिएका थिएनन् र होइनन् पनि । युद्धको प|mन्ट लाइनमा लड्न र मानवीय ढालको रुपमा प्रयोग गर्न आवश्यक मानव शक्तिको पर्ूर्तिको लागिमात्र थियो र छ- गोखा भर्ती । नेपालीलाई युद्धको क्रममा अग्रपंक्तिमा राखेर आफ्नो सेना जोगाउने जालसाझी विदेशीहरुले विगतदेखि वर्तमानसम्म निर्वाध रुपमा गरिरहेका छन् । देशमा विद्यमान वेरोजगारी समस्या, नेपाली सेना र प्रहरीमा थोरै कोटा हुनु, हत्या, हिंसा, अशान्ति, लोडसेडिङ, अभाव र राजनीतिक अस्थिरताको कारण गोर्खा भर्तीका नाममा नेपाली युवाहरुलाई भारतीय र वेलायतीहरुले आफ्नो सामरिक स्वार्थ अनुरुप खरिददारी गरिरहेका छन् । 
अंग्रेज शासकले भारत भर पर्ूण्ातः कब्जा नगरेको तत्कालीन अवस्थामा गोर्खा सैनिकले मराठा युद्ध, भरतपुर युद्ध र सिख युद्धमा प्रत्यक्ष सहभागिता जनाएका थिए । सन् १८५७ को सैनिक व्रि्रोह दबाउने क्रममा दर्ुइ सयभन्दा बढी गोर्खा र्टर्की र बर्माको युद्ध, वक्सर ब्रि्रोह, मलाया र फकल्याण्डको युद्धहरुमा नेपाली युवाहरु प|mन्ट लाइनमा रहेर लडे र अर्काकालागि आफ्नो जीवन कर्ुवान गरे । यसरी युद्ध प्रयोजनका निमित्त नेपाली युवालाई भर्ती गर्ने बेलायत र भारतको विगत देखिको पर्यन्त अनेकन युद्धहरुमा होमिन बाध्य पारिएका छन् । कश्मिरको लर्डाई र कारगीलको युद्धदेखि स्थानीय स्तरका व्रि्रोहहरु दबाउन भारतले र इराक, साइप्रस, अफगानीस्तान, बु्रनाई, बोस्निया, कोसोभो, केन्यालगायतका देशहरुमा बेलायतले गोर्खा सैनिकहरुलाई खटाइरहेको छ । त्यसरी भारतीय र बेलायती झण्डामुनी घाइते र अपाङ्ग भइसकेका छन् र असंख्यले मृत्युवरण गरिसकेका छन् । तर अफसोच ! हाम्रा नेताहरु गाँस, वास र कपासका लागि विदेशी बर्दी पहिरिन पर्ने स्थितिको विकल्प सुझाउनुको साटो रेमिट्यान्स ककोफोनी मै रमाइरहेका छन् । लाहुरेको जिन्दगी-बाँचे धनको थुप्रो, मरे हाडको थुप्रो भनेर बाँच्नका खातिर बिदेशी सेनामा भर्ती भएर आफ्नो जिन्दगी नै बन्धकीमा राख्नु पर्ने बाध्यता अब अझै कहिले सम्म -

No comments: